Best Online News From Nepal

यक्ष र युधिष्ठिरबीचको संवाद- (सनातन धर्मको निचोड)

यक्ष र युधिष्ठिरबीचको संवाद-
(सनातन धर्मको निचोड)
**************************
यक्ष– जीवनको उद्देश्य के हो ?
युधिष्ठिर – जीवनको उद्देश्य जीवमा भएको चेतन तत्वलाई जान्नु हो र जिबन/मरणको चक्रबाट छुटकारा पाउनु हो । जिबन/मरणको चक्रबाट छुटकारा पाउनु नै मोक्ष हो |

यक्ष– जन्मको कारण के हो ?
युधिष्ठिर – अतृप्त वासना, कामना र कर्मफल नै जन्मको कारण हो।

यक्ष– जन्म र मरणको बन्धनबाट को मुक्त छ ?
युधिष्ठिर – जसले स्वयंलाई अर्थात त्यस आत्मालाई जान्यो त्यो जन्म/मरणको बन्धनबाट मुक्त छ ।

यक्ष– वासना र जन्मबीच के सम्बन्ध छ ?
युधिष्ठिर – जस्तो वासना त्यस्तै जन्म। यदि वासना पशु जस्तो छ भने पशु योनिमा जन्म। यदि वासना मनुष्य जस्तो छ भने मनुष्य योनिमा जन्म।

यक्ष– संसारमा दुःख किन छ ?
युधिष्ठिर – लालच, स्वार्थ, भय संसारको दुःखको कारण हो ।

यक्ष–त्यसो भए ईश्वरले दुःखको रचना किन गरे ?
युधिष्ठिर – ईश्वरले संसारको रचना गरे भने मनुष्यले आफ्नो विचार र कर्मले दुःख/सुखको रचना गरे ।

यक्ष– ईश्वर के हो ? उसको रुप कस्तो छ ? उ स्त्री हो कि पुरुष?
युधिष्ठिर – हे यक्ष! कारणको बिना कार्य हुन सक्दैन। यो संसार(कारण) नै इश्वरको अस्तित्व (कार्य) को प्रमाण हो । तिमी छौ त्यसैले उनि पनि छन् | त्यस महान कारणलाई नै अध्यात्ममा ईश्वर भनिञ्छ। उ न स्त्री हो न पुरुष।

यक्ष– उसको स्वरूप कस्तो छ ?
युधिष्ठिर – इश्वरको स्वरुप सत्(अनादि,कहिल्यै नाश नहुने ) -चित्(पुर्ण ज्ञान भएको) -आनन्द छ , उ निराकार नै सबै रुपमा आफुले आफुलाई नै व्यक्त गर्दछ |

यक्ष– निराकार इश्वरले स्वयं के गर्दछ ?
युधिष्ठिर – ईश्वरले संसारको रचना, पालन र संहार गर्दछ।

यक्ष– यदि ईश्वरले संसारको रचना गरे भने स्वयम् इश्वरको रचना कसले गर्यो ?
युधिष्ठिर – ईश्वर अजन्मा अमृत र अकारण हुनुहुञ्छ |

यक्ष– भाग्य भनेको के हो ?
युधिष्ठिर – हरेक क्रिया, हरेक कार्यको एक परिणाम हुन्छ । परिणाम राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ। यो परिणाम नै भाग्य हो । आजको प्रयत्न भोलिको भाग्य हो ।

यक्ष– सुख र शान्तिको रहस्य के हो ?
युधिष्ठिर – सत्य, सदाचार, प्रेम र क्षमा सुखको कारण हो । असत्य, अनाचार, घृणा र क्रोधको त्याग नै शान्तिको मार्ग हो।

यक्ष– चित्तमाथि नियंत्रण कसरी संभव छ ?
युधिष्ठिर – इच्छा, कामना चित्तमा उद्वेग उत्पन्न गर्दछ, इच्छामाथिको विजय नै चित्तमाथिको पनि विजय हो।

यक्ष– सच्चा प्रेम भनेको के हो?
युधिष्ठिर – स्वयंलाई सबैमा देख्नु नै सच्चा प्रेम हो । स्वयंलाई सर्ब-ब्यापी देख्नु नै सच्चा प्रेम हो। स्वयंलाई सबैको साथमा एक देख्नु नै सच्चा प्रेम हो ।

यक्ष– त्यसो भए मनुष्यले सबैसंग प्रेम किन गर्दैन?
युधिष्ठिर – जसले स्वयंलाई सबैमा देख्दैन त्यसले सबैसंग प्रेम गर्न सक्दैन |

यक्ष– आशक्ति भनेको के हो ?
युधिष्ठिर – प्रेममा हुने माग, अपेक्षा, अधिकार नै आशक्ति हो।

यक्ष– बुद्धिमान को हो?
युधिष्ठिर – जोसंग विवेक(सहि र गलत छुत्याउन सक्नु) छ त्यो नै बुद्दिमान हो ।

यक्ष– नशा भनेको के हो?
युधिष्ठिर – आशक्ति नै नशा हो।

यक्ष– चोर को हो ?
युधिष्ठिर – इन्द्रियको आकर्षण, जो इन्द्रियलाई हर लिन्छन त्यहि नै चोर हो।

यक्ष– जागा रहेर पनि सुतेका को को हुन् ?
युधिष्ठिर – जो आत्मालाई जान्दैनन्, तिनिहरु नै जागा भएर पनि सुतेका सरह हुन्।

यक्ष– कमलको पातमा रहेको जल जस्तै अस्थायी के हो ?
युधिष्ठिर – यौवन, धन र जीवन।

यक्ष– नरक भनेको के हो ?
युधिष्ठिर – इन्द्रियको दासता नै नरक हो।

यक्ष– मुक्ति भनेको के हो ?
युधिष्ठिर – अनाशक्ति नै मुक्ति हो।

यक्ष– दुर्भाग्यको कारण के हो?
युधिष्ठिर – मद र अहंकार।

यक्ष– सौभाग्यको कारण के हो?
युधिष्ठिर – सत्संग र सबै प्रति मैत्रीभाव नै सौभाग्यको कारण हो।

यक्ष– सबै दुःखको नाश कसले गर्न सक्छ?
युधिष्ठिर – जो सब छोड़न तैयार छ उसैले सबै दुखको नाश गर्न सक्छ।

यक्ष– मृत्युपर्यंत यातना कसले दिन्छ?
युधिष्ठिर – गुप्तरूपले गरिएको अपराध।

यक्ष– दिन-रात कुन कुराको विचार गर्नु पर्दछ?
युधिष्ठिर – सांसारिक सुखको क्षण-भंगुरताको बिषयमा।

यक्ष– संसारलाई कसले जित्छ?
युधिष्ठिर – जसमा सत्य र श्रद्धा हुञ्छ।

यक्ष– भयबाट मुक्ति कसरी संभव छ?
युधिष्ठिर – वैराग्यबाट ।

यक्ष– मुक्त के भनेको हो?
युधिष्ठिर – जुन अज्ञानबाट पर छ।

यक्ष– अज्ञान भनेको के हो ?
युधिष्ठिर – आत्मज्ञानको अभाव नै अज्ञान हो ।

यक्ष– दुःखबाट मुक्त को छन् ?
युधिष्ठिर – जो कहिले पनि क्रोध गर्दैन।

यक्ष– त्यो के हो जुन अस्तित्वमा छ पनि छैन पनि ?
युधिष्ठिर – माया।

यक्ष– माया भनेको के हो ?
युधिष्ठिर – नाम र रूपधारी नाशवान जगत नै माया हो।

यक्ष– मनुष्यको साथ कसले दिञ्छ?
युधिष्ठिर– धैर्यले नै मनुष्यको साथ दिञ्छ|

यक्ष– यशलाभको एकमात्र उपाय के हो?
युधिष्ठिर – दान.

यक्ष– हवाभन्दा छिटो के चल्दछ?
युधिष्ठिर – मन.

यक्ष– विदेश जानेवालाको साथी को हो ?
युधिष्ठिर – बिध्या

यक्ष– के त्याग गरेर मनुष्य सबैको प्रिय हुन जान्छन?
युधिष्ठिर – अहम्भावबाट उत्पन्न गर्वको त्यागबाट नै मनुष्य सबैको प्रिय हुन जाञ्छ |

यक्ष– कुन चिज हराउनाले दुख हुदैन?
युधिष्ठिर – क्रोध.

यक्ष– कुन चिज हराउनाले मनुष्य धनि बन्छन?
युधिष्ठिर – लोभ.

यक्ष– ब्राम्हण हुनु कुन कुरामा निर्भर गर्दछ? जन्म, बिध्या, या शीतल स्वभावमा ?
युधिष्ठिर – शीतल स्वभाव.

यक्ष– कुन एकमात्र उपाय छ जसले जिबन सुखी हुन जान्छ ?
युधिष्ठिर – राम्रो स्वभाव नै सुखी हुने उपाए हो |

यक्ष– सर्वोत्तम लाभ के हो ?
युधिष्ठिर – आरोग्य.

यक्ष– धर्मभन्दा ठुलो संसारमा अरु के हो ?
युधिष्ठिर – दया.

यक्ष–कस्ता व्यक्तिहरूसंग गरिएको मित्रता कहिल्यै पनि पुरानो हुदैन?
युधिष्ठिर – सज्जनसंग गरिएको मित्रता कहिल्यै पनि पुरानो हुदैन|

यक्ष– यस जगतमा सबैभन्दा ठुलो आश्चर्य के हो ?
युधिष्ठिर – हरेक दिन हजारौ मानिस मर्छन तैपनि सबै सोच्छन कि म त अझै धेरै बाच्छु | यो बुझ्दैन कि त्यो मरेको लाशले पनि म अझै केहि बाच्छु भनेर नै सोचेको थियो, यो भन्दा ठुलो आश्चर्य अरु के हुन सक्ला |

Vallabha Chaitanya Das

हरे कृष्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *