Best Online News From Nepal

Tag: पर्यटन

चिनियाँ बस मा नेपाली दृश्य :

चिनियाँ बस मा नेपाली दृश्य :

Uncategorized
चिनको गोन्जाउ शहरका सि टि बस हरुमा नेपाल झल्कने र चीनिया नागरिक्लाइ नेपाल घुम्न आकर्षण गर्ने खालका विभिन्न चित्र नेपाल चिनाउने भनाइ सहित छापिएको छ। चीनिया पर्यटक हरुलाइ नेपाल भ्रमण गर्न उत्साहित गर्ने उदेश्यले नेपाली महा वाणिाज्य दूतावास ले यो कार्य सुरु गरेको हो । नेपाल झल्काउने मनोरम हिमाल तथा पहाडका दृश्य सहित गौतम बुद्ध , कुमारी , लुम्बिनी , स्व्यम्भु लगायतका चित्र चिनका मुख्य भागमा गुड्ने बस हरु मा छाडिएका छन । नेपाल चिनाउने महत्त्वपुर्ण भनाइहरु बिशेस्त बुद्ध जन्मिएको भुमी नेपाल लाइ बढी प्राथमिकता का साथ लेखिएको छ । यश कार्यले गर्दा नेपाल भ्रमण गर्ने चिनिया पर्यट्कमा वृद्धि हुने र बुद्ध सम्बन्धि फैलिएका भ्रमहरु पनि निर्मुल हुने बिश्वास लिएको छ। गोन्जाउका महा वाणिाज्य दुत रबि भट्टराईको अगुवाइ मा उक्त कार्य सुरु भएको हो । Source : Bk Nabin ( राजा )
दुक्तान गाउँ प्रर्वधनात्मक म्युजिक भिडियाे काे विमाेचन

दुक्तान गाउँ प्रर्वधनात्मक म्युजिक भिडियाे काे विमाेचन

Uncategorized
मंसिर २४ गते सोमबार, पर्वत जिल्लाको ऐतिहासिक साँस्कृतिक तथा पर्यटकीय गाँउबाट चिनिएको दुक्तान गाँउमा निर्माण भएको दुक्तान गाँउ प्रर्वधनात्मक म्युजिक भिडियो मंसिर २१ गते राती एक समारोहको वीच विमोचन गरिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा आएका दुक्तान गाँउमा स्थायी घर भई पोखरा, काठमाडौं तथा देशका विभिन्न स्थानमा बसोवास गर्ने तथा स्थानीय गाँउलेहरुको उपस्थितिमा गीतको विमोचन गरिएको थियो । गीतको महाशिला गाँउपालिका वडा नं. ५ का वडा सदस्य याम बहादुर गुरुङ, बौद्ध युवा क्लब, दुक्तानका अध्य्क्ष युवराज गुरुङ(सन्तु), स्थानीय बुद्धीजिवी भिम प्रसाद गुरुङ र सुनिल थापा ले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । गीतले दुक्तान गाँउको साँस्कृतिक पहिचानलाई अझ बलियो बनाउनुको साथै गाँउलाई अझ बढी पर्यटकीय स्थल बनाउन महत्वपुर्ण भुमिका खेल्न सहयोग गर्ने भन्दै गीतलाई सवै सामु पुर्याउन आवश्यक रहेको र
तामाङ संस्कार र गोसाइकुण्ड को ईतिहास

तामाङ संस्कार र गोसाइकुण्ड को ईतिहास

Uncategorized
  डा. कृष्णकुमार तामाङ___  रसुवा जिल्लामा अवस्थित गोसाई कुण्ड समुन्द्र सतहदेखि ४३८० मिटरको उचाइमा रहेको छ । यो ताल वरिपरि ठूलाठूला पहाडी चट्टानले घेरिएको छ । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । यो आन्तरिक पर्यटनमध्ये अत्यन्त व्यस्त पर्यटकीय स्थल हो ।   सनातन धर्मका आराध्यदेव पशुपतिनाथसँग जोडिएका प्रसंगहरूमा बौद्ध र हिन्दुहरूको शास्त्रीय धार्मिक पुस्तकहरूमा नामकरणको विविधता भए तापनि प्रकृति र धर्मको संरक्षक भगवान् शिवजीलाई भोलेनाथ, महादेव तथा बौद्ध धर्मावलम्बीहरूबाट गुरु बज्र आदि बहुनामबाट सम्बोधन गरेको पाइन्छ । नेपालको बौद्ध धर्मावलम्बीहरूमा पनि गोसाइँकुण्डप्रति धार्मिक आस्था र श्रद्धा पाइनुले हाम्रो राष्ट्रि«यता र सौहाद्र्रता झन् घनिष्ट भावनात्मक रहेको पुष्टि हुन्छ । नेपालको मध्य क्षेत्रअन्तर्गत रसुवा जिल्लाको हिमाली क्षेत्रमा रहेको गोसाइँकुण्डको उत्पत्ति र विशेष
पर्यटन प्रवद्र्धनमा ‘साङ्ग्रीला भिलेज रिसोर्ट’ : यस वर्ष पनि ‘आउँ है पोखरा’

पर्यटन प्रवद्र्धनमा ‘साङ्ग्रीला भिलेज रिसोर्ट’ : यस वर्ष पनि ‘आउँ है पोखरा’

Uncategorized
पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ । पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिमको प्रचारात्मक अभियान सञ्चालन गर्दै आएको छ । सामूहिक प्रयासको खाँचो रिसोर्टले गतसाता राजधानीका ६० भन्दा बढी ट्राभल एजेन्सीका प्रतिनिधिलाई पोखरामा लगेर पर्यटन क्षेत्रको अभिवृद्धिका लागि सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइसकेको थियो । “सरकारको मात्र मुख ताकेर पर्यटक आउँदैनन् रिसोर्टका कार्यकारी निर्देशक प्रवीणबहादुर पाण्डेले भने” “अब काठमाडौँमा माग होइन, देशलाई नै गन्तव्यस्थलको रुपमा विकास गर्ने गरी पर्यटन विकास गर्न सकिएमा मात्र देशको सन्तुलित विकास हुनसक्छ ।” अब सीमित पर्यटकीयस्थलको मात्र प्रचार गरेर न
सगरमाथाको चुचुरोसम्म डोरी पुर्याउनेलाई ५० हजार

सगरमाथाको चुचुरोसम्म डोरी पुर्याउनेलाई ५० हजार

Uncategorized
सरकारले सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म बाटो बनाउने नौजना शेर्पाहरुलाई सम्मान गर्ने भएको छ। विषम परिस्थितिका विच सगमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने शेर्पालाई सम्मान गर्दै नेपाल माउन्टेनियरिङ एसोसिएसनको सहयोगमा प्रतिव्यक्ति नगद ५० हजार दिने भएको हो। आगमि मे २९ तरिकका दिन नवौं ससरमाथा दिवसको उपलक्ष्यमा पर्यटन बोर्डमा एक कार्यक्रम गरी शेर्पाहरुलाई सम्मान गर्ने लागिएको संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव प्रेम कुमार राइले बताए।
सगरमाथामा आरोहीको ओइरो

सगरमाथामा आरोहीको ओइरो

Uncategorized
दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकैगाउँ जम्मा हुँदा फेदी (आधार शिविर)बाट चुचुरो आवागमनमा आरोहीको भिड लागेको छ ।यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यतातिर लम्केका आरोही अहिले आधार शिविरबाट दिनहुँ उकालो लागिरहेका छन् । चुचुरो पुग्ने ‘लालसा’ र पुगेपछि फर्कने हतारोका कारण बाटो जाम हुन थालेको छ । यसको ताजा उदाहरणमा गएको ६ दिनको आरोहण गतिविधि हेर्दा प्रष्ट हुन्छ । गत बुधबार (वैशाख २९) देखि सोमबार (जेठ ३) भित्र विभिन्न देशका ८८ आरोहीले सगरमाथा शिखरमा विजयी झन्डा फहराएका छन् । यसमा विदेशीभन्दा नेपालीको संख्या धेरै छ । सबैले दक्षिणपूर्वी मोहोडा (नेपाली भेग)बाट आरोहण गरेका हुन् । –  नागरिक दैनिकबाट
उकासिँदै पवर्तीय पर्यटनको नतिजा, दरिलो बन्दै समृद्धिको आधार

उकासिँदै पवर्तीय पर्यटनको नतिजा, दरिलो बन्दै समृद्धिको आधार

Uncategorized
पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनले आशातित नतिजा दिन थालेको छ । भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कदैँ गरेको सन्दर्भमा हिमाल आरोहणको उत्साहजनक नतिजाले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका हुन् । यो मौसम पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । प्राकृतिक विपत्तिको सामना बेहोरेको साहसिक पर्वतीय पर्यटन अहिले निकै उत्साहजनक देखिएको छ । पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूह (टीम)का १ हजार ४ सय ३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् । त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वाटा टिम आरोहणका लागि गएका छन् । सन् २०१५ मा १ सय ३ टिमका १ हजार ४ सय ९६ आरोहीले आरोहण अनुमति लिएका थिए । हिमाल आरोहणबाट २९ करो
पर्यटकमा कमी आउँदा घट्यो भक्तपूरको राजस्व

पर्यटकमा कमी आउँदा घट्यो भक्तपूरको राजस्व

Uncategorized
गत वर्ष वैशाख १२ गते गएको भूकम्पका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा भक्तपुर नगरपालिकाको रु २१ करोड बढी राजस्व घटेको छ । पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि नगरपालिकाले पर्यटन शुल्कबापत लिँदै आएको राजस्वमा कमी आएको हो । विसं २०७१ मा गैरसार्क मुलुकबाट एक लाख ५५ हजार ९३७ जना पर्यटक तथा चीनसहित सार्क राष्ट्रबाट एक लाख ४५ हजार ७५ जना भक्तपुर नगरको सम्पदा अवलोकन गर्न आएका नगरपालिकास्थित पर्यटन सूचना केन्द्र खौमाका प्रमुख दामोदर सुवालले जानकारी दिनुभयो । भूकम्पका कारण २०७२ सालमा गैरसार्क मुलुकबाट ५३ हजार ३१४ जना तथा चीनसहित सार्क राष्ट्रबाट २४ हजार ६६ जना पर्यटकले मात्रै यहाँका विभिन्न सम्पदाको अवलोकन गरेका थिए । नगरपालिकाले पर्यटक शुल्कबापत २०७२ मा गैरसार्क मुलुकबाट आएका पर्यटकबाट रु सात करोड ९९ लाख ७१ हजार तथा चीनसहित सार्क राष्ट्रबाट आएका पर्यटकबाट रु एक करोड २० लाख ३३ हजार राजस्व सङ्
नेपाल भित्र लुकेको अर्को स्वर्ग, पर्यटकका लागि रुकुमको कमलताल

नेपाल भित्र लुकेको अर्को स्वर्ग, पर्यटकका लागि रुकुमको कमलताल

Uncategorized
रुकुम  । बाक्लो जंगल, जंगलकै बिचमा ताल । त्यहीबाट आखैअघि देखिने धौलागिरी र काञ्जिरवा हिमसृङ्लाका हिमालहरु । पहिलोपल्ट जाने जो कोहीलाई पनि लाग्दो हो–दिनभर तालको सौन्दर्यसंगै रमाईरहु । त्यसैले  त दैनिक जसो तालमा घुमघामको लागि एक दर्जनबढि आन्तरिक पर्यटकहरु आउने गर्छन । रुकुम जिल्लाको रुकुमकोट गाविसमा पर्ने कमलताललाई नेपाल पर्यटन वोर्डले गन्तव्यको सुचिमा समेत राखेको छ । दुर्लभ जडिबुटि कमल पाईने राप्तीको एकमात्र कमलताल पर्यटकीय महत्वका हिसाबले पनि निकै महत्वपूर्ण छ । यो तालसंगै रुकुमको सबैभन्दा ठूलो देउराली गुफा रहेकाले र वरपर आधादर्जन मठमन्दिर समेत रहेकाले पनि पर्यटकहरुको रोजाईमा छ । हिमसृङ्खलाका रमाइला दृश्यहरु  धार्मिक तथा पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण मानिएको कमलतालमा करिब १५ जातका जलपन्छिहरुले डुबुल्कि मारिरहेको हेर्दा पर्यटहरुलाई मन्त्रमुग्ध पार्छ । वरीपरीका दर्जनबढि गाउको मनमोहकता प