पाकिस्तानलाई सफलता
Uncategorized
भाद्र २४, २०७३- सार्जिल खान र खालिद लतिफले ओल्ड ट्रयाफोर्डमा इंग्ल्यान्डका बलरलाई चारैतर्फ प्रहार गरेपछि पाकिस्तानले बुधबार राति एकमात्र ट्वान्टी–२० खेलमा ९ विकेटको जित हात पार्दै भ्रमण टुंगाएको छ।
बायाँ हाते सार्जिलले ५९ रन बनाएपछि इंग्ल्यान्डले दिएको १ सय ३६ रनको लक्ष्य पाकिस्तानले ३१ बल अगाडि १ सय ३९ रन बनाएर पूरा गर्यो। ३६ बल खेलेका सार्जिलले ७ चौका र ३ छक्का प्रहार गरे। उनले लतिफसँग पहिलो विकेटका रूपमा ६९ बलमा १ सय ७ रन जोडे।
लतिफले ७ चौका र ३ छक्का मदतले नटआउट ५९ रन बनाए। इंग्ल्यान्डले त्यही टोली उतारेको थियो, जसलाई वेस्ट–इन्डिजले अन्तिम ओभरको रोमाञ्चक खेलमा पराजित गरी अप्रिलमा कोलकातामा विश्व ट्वान्टी–२० क्रिकेट जितेको थियो। यस नतिजापछि सरफराज अहमदले ट्वान्टी–२० कप्तानका रूपमा पाकिस्तानलाई पहिलो खेलमै विजयी दिलाएका छन्। यी दुईबीचको टेस्ट शृंखला २–२ को बराबरीमा रोकिएको थियो भने एकद