Best Online News From Nepal

Tag: राजनिती

नेपाल मेट्न यतिसम्म हुँदा पनि नेपाली मौन

नेपाल मेट्न यतिसम्म हुँदा पनि नेपाली मौन

राजनिती
 देवप्रकाश त्रिपाठी माओवादीका नाममा एक समय देशमा आँधी–बेहरी चल्दा प्रधानमन्त्रीजस्तो गरिमामय पदीय जिम्मेवारी हात पार्न सफल प्रचण्ड र बाबुराम भट्टराईहरू नेपालले विकास र समृद्धि हासिल गर्न नसक्नुको मुख्य कारण हाम्रो देशको धर्म, संस्कृति र परम्परा हो भन्ने गर्दछन् । इसाई मसिनरीद्वारा सञ्चालित गोर्खाको एक विद्यालयको उत्पादन बाबुराम भट्टराईले त नेपाल पछाडि पर्नुको मुख्य कारण नै सनातन हिन्दू धर्म, परम्परा र संस्कृति भएको घोषणा पटक–पटक गर्दै आएका छन् । त्यसैले के कुनै देशको मौलिक धर्म, परम्परा र संस्कृति नै देश पछाडि पर्नुको कारण बन्ने गर्छ त ? के आफ्नो धर्म–संस्कृति परित्याग गर्दैमा, विदेशी धर्म–संस्कृति अपनाउँदैमा वा धर्मनिरपेक्षतासहितको सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति अवलम्बन गर्दैमा कुनै मुलुक विकसित र समृद्ध बन्न सक्छ त, भन्नेजस्ता प्रश्नहरूमा गम्भीरतापूर्वक विचार–विमर्श गर्न
प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

राष्ट्रिय
छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरले जानकारी दिएको छ। आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए। कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले भेटघाट गरे। शुक्रबार स्वास्थ्य परीक्षणको रिपोर्ट हेरेर चिकित्सकले डिस्चार्ज गरेका हुन्। ओलीको उपचारको नेतृत्व डा. अरुण सायमीले गरेका थिए। चिकित्सकको टोलीमा निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सन्तकुमार दास सहभागी थिए। प्रधानमन्त्री ओली अहिले केहीबेरमै टिचिङ अस्पतालबाट बालुवार फर्किन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
जरोकिलो महाअभियानको संकल्प दिवस २०७५

जरोकिलो महाअभियानको संकल्प दिवस २०७५

Uncategorized
तीन वर्ष पहिले, आजकै तिथिमा, विधिपूर्वक संकल्प लिई सार्वजनिक आह्वान गरिएको जरो किलो महाअभियानको संकल्प दिवस आज नेपालमा मेचीदेखि महाकालीसम्म अनेकौँ स्थानमा एवं संसारका अनेक देशहरुमा समेत मनाइँदै छ । तत्कालीन लक्ष्य: विधमान संक्रमणकालको ब्यवस्थापन गर्ने|मध्यकालीन लक्ष्य: नेपाल लाई बिकसित भनिएका देशको समकक्षी तुल्याउने|दीर्घकालीन लक्ष्य: नेपाल लाई ज्ञानको वैश्विक केन्द्र तुल्याउने|विधि : विशिष्ट नेतृत्व, सामुहिक कर्तित्व र संस्थागत स्वामित्व आधारशिला चतुष्टय: विज्ञानको बुद्धि ! प्रविधिको प्रगती !! धर्मको विवेक ! सहृदयताको सम्बन्ध !! मात्रात्मक र गुणात्मक दुवैथरी उपलब्धिसँगै हाम्रो जिम्मेवारी पनि बढेको छ । आउँदो समयमा हाम्रो कर्तव्यको विस्तार निकै तीव्र गतिमा हुनेछ । उपर्युक्त विस्तारका लागि स्वक्रियात्मक पद्धतिबाट अगाडि बढ्नका लागि साधनाको दिव्य अवसर यो संकल्प दिवसले दिएको छ । जरो किलो महा
कांग्रेसमा विवाद विवाद, केन्दीय समितिको स्थगित बैठक आज

कांग्रेसमा विवाद विवाद, केन्दीय समितिको स्थगित बैठक आज

Uncategorized
काठमाडौं, ९ भदौ – बिधान मस्यौदा समिति गठनका लागि बोलाएको नेपाली कांग्रेस केन्द्रीय समितिको शुक्रबार बोलाएको बैठक बिवाद भएपछि स्थगित  भएको छ ।  अघिल्लो केन्द्रीय समितिको बैठकको निर्णय कार्यन्वयन गर्ने हो भने अबको २२ दिन भित्र महासमितिको बैठक  बोलाउनु पर्ने हुन्छ । गत बैशाख १६ गते बसेको केन्द्रीय कार्य समितिको  बैठकले भदौ मसान्त भित्रै महासमिति भेला आयोजना गर्ने निर्णय गरेको थियो । तर महासमिति भेलामा पेश गरिने संशोधित विधानको मस्यौदा तयार गर्ने मस्यौदा समिति गठनको बिषयलाई लिएर बिबाद भएपछि केन्द्रीय कार्य समिति बैठक स्थगित भएको हो । बिहान ११ बजे बोलाइएको बैठकमा असन्तुष्ट नेता रामचन्द्र पौडेलले सहमति विपरित मस्यौदा समितिमा केन्द्रीय कार्यसमितिबाट ११ जनालाई राखिएको र असार पहिलो साता हेटौंडामा भएको सभापति बेलाको सहमति बिपरित जिल्ला सभापतिहरुलाई सहभागी नगराईएको भन्दै आपत्ति जनाएका थिए । जिल्ला
पदम गिरीको चुनौती, विराटनगरबाट भारतीय सम्पर्क कार्यालय हटि रहँदा यो लम्पसारवाद हो की राष्ट्रवाद हो ?

पदम गिरीको चुनौती, विराटनगरबाट भारतीय सम्पर्क कार्यालय हटि रहँदा यो लम्पसारवाद हो की राष्ट्रवाद हो ?

Uncategorized
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका सांसद पदम गिरीले अब नेपाललाई गरिब र भिखारीको राष्ट्रबाट समृद्ध राष्ट्र बनाउनुपर्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे शुक्रबार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै उनले अब तीब्र आर्थिक विकासमा लम्किनुपर्ने उल्लेख गरेका छन् । सांसद गिरीले कांग्रेसप्रति कटाक्ष गर्दै निजीकरणका नाममा कलकारखाना बेचेर खाएको पनि आरोप लगाए । ‘बहुदलपछि निजीकरणका नाममा कलकारखाना बेचेर खाए, राजनीतिक परिवर्तनकै लागि लामो समय खर्चियौँ’, उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा जे जस्ता कुरा उठेका छन्, ती कुरा जायज छन् । अब गरिब र भिखारीहरुको राष्ट्र होइन, मागी खानेको राष्ट्र होइन भन्ने बनाउनुपर्छ, जनताले पनि भरोसा गरेका छन् ।’ डबल अंकको आर्थिक वृद्धि गर्ने कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै उनले महत्वाकांक्षी भयो भन्नेहरुलाई बुझेर मात्रै टिप्पणी गर्न आग्रह गरे । ‘रा
ने बि संघ कास्कीमा थापा

ने बि संघ कास्कीमा थापा

Uncategorized
पोखरा, बैशाख ७ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्त थियो । करिब ९ बर्षको विवाद र डेढबर्षको नेतृत्व रिक्तता अन्त्य भएको छ । शुक्रबार नेविसंघ केन्द्रले नयाँ सभापति नियुक्त गरेपछि नेविसंघ कास्कीको लामो समयको अवरोध सकिएको हो । नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई कास्की नेविसंघको सभापति चयन गरेका हुन् । संगठन विस्तार गरी ३ महिनाभित्रै जिल्ला अधिबेशन गर्नुपर्ने जिम्मेवारी सहितको नियुक्ती पत्र शुक्रबार पठाईएको हो । ‘बर्षौंदेखिको विवाद र रिक्तताले कास्कीको सांगठानिक गतिबिधी कमजोर भैरहेको थियो, अध्यक्ष महरले भने–रिक्त पदपुर्ति गरेर संगठनलाई चुस्त बनाउन सभापति चयन गरिएको हो ।’ जिल्ला र केन्द्रिय नेताहरुको सुझावका आधारमा थापालाई सभापति बनाएको महरले बताएका छन् । नवनियुक्त सभापति थापा यसअघि नै कास्की नेविसंघको कार्यवाहक सभाप
उपसभामुख बिरुद्ध नेविसंघ  सडकमा

उपसभामुख बिरुद्ध नेविसंघ सडकमा

Uncategorized
प्रदेश उपसभामुखको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्तिको विरोधमा नेबि सघको प्रदर्शन प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा उनको गृह जिल्ला नुवाकोटमा प्रदर्शन भएको छ । तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरुले शनिवार साँझ ढुँगेवजार देखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेतृत्व एबम संवोधन गर्दे नेपाली काँग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले प्रदेशको उपसभामुखले समाजमा जातीय द्वन्द बढाउने र समाजमा विकृति फैलाउने कार्य
स्थानीय तह काँग्रेस कास्कीको प्रशिक्षण

स्थानीय तह काँग्रेस कास्कीको प्रशिक्षण

Uncategorized
  पोखरा, २६ फागुन । स्थानीय तह नेपाली काँग्रेस कास्कीले पोखरामा शनिवार प्रशिक्षण गरेको छ । कार्यक्रममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, जिल्ला कार्य समिति र वडा इकाइ सभापतिहरु गरी एक सय बढिको सभागिता रहेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधान र कानुनमा स्थानीय तहका जनप्रतिनिधिहरुको काम, कर्तव्य, अधिकार, अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले स्थानीय तहका जनप्रतिनिधि र पार्टी संगठनवीचको समन्वय, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदिशचन्द्र पोखरेलले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा प्रशिक्षण दिएका थिए । स्थानीय तह नेपाली काँग्रेस कास्कीका सभापति युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सहसंयोजक रामराज लामिछानेले संचालन गरेका थिए ।
हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को उपाधि कवितालाई

हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को उपाधि कवितालाई

Uncategorized
पोखरा, २3 फागुन होटल पोखरा ग्रान्डमा आइतबार सम्पन्न हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को उपाधि १९ वर्षीया कविता पौडेलले जितेकी छन् । पोखरा बिरौटाकी १९ वर्षीया कविता नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बिएचएम दोश्रो बर्षकी छात्रा हुन् । उनले २५ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि सहित नगद २५ हजार रुपैया र दुबई भ्रमणको अवसर प्राप्त गरेकी छन् । हस्पिटालिटी सेक्टरमा सेवारत युवा युवती दुवै भाग लिन पाउने सो प्रतियोगितामा २१ वर्षीय विश्वदीप थापाले मोस्ट ट्यालेण्टेड उपाधि सहित फस्र्ट रनरअप बने । पोखरा छोरेपाटनका थापा पोखरा लिंकन कलेजका बिएचएम तेस्रो वर्षका विद्यार्थी हुन् ।   बुटवलकी प्रतिष्पर्धी रुबीरानामगर सेकेण्ड रनरअप बनिन् । १९ वर्षकी उनी वेस्टर्न मेगा कलेज बिएचएम दोस्रो वर्षकी छात्रा हुन् । लेकसाईडका २० वर्षीय उज्वल बहादुर कार्की थर्ड रनरअप बने । उनी पोखरा टेक्नीकल स्कुल (सिटिईभ
पार्टी एकता गर्न एमाले र माओवादी सहमत, बालुवाटारमा भयो सातबुँदे सहमति

पार्टी एकता गर्न एमाले र माओवादी सहमत, बालुवाटारमा भयो सातबुँदे सहमति

Uncategorized
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।