देवप्रकाश त्रिपाठी
माओवादीका नाममा एक समय देशमा आँधी–बेहरी चल्दा प्रधानमन्त्रीजस्तो गरिमामय पदीय जिम्मेवारी हात पार्न सफल प्रचण्ड र बाबुराम भट्टराईहरू नेपालले विकास र समृद्धि हासिल गर्न नसक्नुको मुख्य कारण हाम्रो देशको धर्म, संस्कृति र परम्परा हो भन्ने गर्दछन् । इसाई मसिनरीद्वारा सञ्चालित गोर्खाको एक विद्यालयको उत्पादन बाबुराम भट्टराईले त नेपाल पछाडि पर्नुको मुख्य कारण नै सनातन हिन्दू धर्म, परम्परा र संस्कृति भएको घोषणा पटक–पटक गर्दै आएका छन् । त्यसैले के कुनै देशको मौलिक धर्म, परम्परा र संस्कृति नै देश पछाडि पर्नुको कारण बन्ने गर्छ त ? के आफ्नो धर्म–संस्कृति परित्याग गर्दैमा, विदेशी धर्म–संस्कृति अपनाउँदैमा वा धर्मनिरपेक्षतासहितको सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति अवलम्बन गर्दैमा कुनै मुलुक विकसित र समृद्ध बन्न सक्छ त, भन्नेजस्ता प्रश्नहरूमा गम्भीरतापूर्वक विचार–विमर्श गर्न
बैतडी : नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको सुरुवात भएसँगै जात्राको रौनक सुरु भएको हो। कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ।
कात्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डीस्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ।
दार्चुलामा रहेको नेपालकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्दछ। त्रिपुरासुन्दरी भगवत
नेपाली चलचित्र क्षेत्रका महान व्यक्तित्व तथा माइतीघ चलचित्रका सहनिर्देशक गहेन्द्र प्रसाद धिमालको मृत्युको खबरले स्तब्ध बानायाको छ, मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारणाको कामना गर्दछौ!
नेपाल चलचित्र प्राविधिक संघका सल्लाहकार, समाजसेवी, फिल्म एण्ड एडफिल्मसका अध्यक्ष विशिष्ठ चलचित्र प्राविधिक श्री गेहेन्द्र धिमालकाे श्रद्धाञ्जली । भावपुर्ण श्रद्धाञ्जली !
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
काभे्रपलाञ्चोक, १९ कात्तिक : सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको जग हालिरहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकासको जग पूरा हुन लागको बताउनुभयो । अव विकासको प्रगति पनि देखन पाईन्छ । बाँस्कोटाले विकासको मुख्य हकदार स्थानीय तह विकासको महान् अभियानमा दत्तचित्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिदैं “आफ्नो ठाउँमा के के गर्नुपर्ने हो, छलफल गरी स्थानीय सरकारसँग समन्वय गरी सहयोग गर्नुस्”, भन्नुभयो ।
सङ्घीय सरकारले प्रदेश हुँदै स्थानीय तहमा विकासका बजेट पठाउने तथा स्थानीय तहका आन्तरिक बजेटबाट संयुक्तरुपमा विकास काम हुन्छ, उहाँले भन्नभुयो, “विद्युत् उत्पादन, विमानस्थल, पानी जहाज, मोनो र मेट्रो रे
डा. विदुर चौलागाईँले एकपटक लेखेका थिए- हिन्दु नारी तीजमा एकदिन निराहार व्रत बस्दा विभिन्न कारणहरु देखाउँदै हिन्दु धर्मको नकारात्मक पक्ष भनी विश्लेषण गरिन्छ तर मुसलमानहरुको महिना दिनसम्म चल्ने रमदान या इद वा अन्य कुनै जातजातीको यस्तै पर्वका बारेमा कहिल्यै कुनै प्रश्न किन उठाइँदैन ।यसको उत्तर सजिलो छ, किनकि अरु धर्ममाथि प्रश्न उठाइयो भने त्यस धर्मका धर्मावलम्बीहरुले प्रतिकार गर्छन् तर हिन्दू माथि जति आक्रमण गरे पनि कुनै प्रतिरोध हुँदैन।
अरु धर्मावलम्बीको विरोध गर्ने उद्देश्यमा यो लेख केन्द्रित छैन, न अरुले प्राप्त गरेको सुविधामा डाह उत्पन्न भएर नै लेखिएको हो। सबैले राज्यबाट समान अवसर प्राप्त गर्नु पर्दछ, जो नेपाल र नेपालीका आधिकारिक हुन् । खाली हिन्दुहरुको पर्वहरु माथिको आक्रमण रोकियोस् भन्ने मात्र आशय हो ।
नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बखत क्रिसमसका
Govinda Upadhyaya..
ऋषि वेदव्यासले लेखेको नेपाल !!
स्कन्द पुराण अन्तर्गतको हिमवतखण्डको सङ्कलन नेपालका राष्ट्रसन्त योगी नरहरिनाथको नेतृत्वमा देशभरीका करिव ८६ संस्कृतका विद्वानहरूले वि.स. २००४ देखि आरम्भ गरेका थिए | वि.स. २०१३ सालमा यो वनारसको श्रीराम प्रेस बुरानलावाट छापिएको थियो |
हिमवत्खण्डलाई "नेपाल महात्म्य" पनि भनिन्छ | किनभने एसमा नेपाल र नेपालको उत्पत्ति, नेपालका राजबंशहरू र यहाँका तीर्थस्थलहरू र तिनको उत्पत्तिका विषयहरू प्रकाश पारिएको छ |
हिमवत्खण्डमा १८९ अध्याय र १२५१२ श्लोकहरू छन् | बनारसबाट प्रकाशित गरिएको यो किताव काठमाडौँ उपत्यकाका विभिन्न हस्तलिखित प्रतिहरूबाट मिलान गरेर तयार पारिएको थियो | नेवारी, मैथिली, देवनागरी र तमिल लिपिमा यो पुस्तक उपलब्ध थियो |
नेपाल महात्म्यका हस्तलिखित प्राचीन पुस्तकहरू कि नेपालमा र कि भारतको तमिलनाडु राज्यमा मात्र प्राप्त भएको जानकारी मैले वेभस