Best Online News From Nepal

Tag: मुख्य समाचार

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, अझै तीन दिन अस्पतालमै राखिने

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, अझै तीन दिन अस्पतालमै राखिने

Uncategorized
काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रम ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकहरुले प्रेस नोट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले अस्पतालमै कम्तिमा दुई-तीन दिन राखेर ‘आराम’ गराइने बताए । उनका अनुसार प्रम ओलीको अवस्था सुधारोन्मुख र स्थिर रहेको छ। प्रेस नोट जारी गर्दै चिकित्सकहरुले छातीमा संक्रमणले श्वास फेर्न समस्या हुनुका साथै रगतमा सुगरको मात्रा बढेकाले बिहान साढे ४ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा भर्ना गरिएको बताएका छन् । चिकित्सकहरुले प्रम ओलीको मिर्गौला प्रत्यारोपण गरिएकाले साधारण रुघाखोकी लाग्दा पनि इन्फेक्सन हुने भएकाले निगरानीमा राख