Best Online News From Nepal

Tag: अन्तराष्ट्रिय

दार्जिलिङ मोडेल किन फेल भयो?

दार्जिलिङ मोडेल किन फेल भयो?

Uncategorized
महेन्द्र पी लामा  शुक्रवार, असार २, २०७४ दार्जिलिङमा फेरि गोर्खाल्यान्डको आन्दोलन सुरु भयो । सन् १९८० को दशकमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलएफ) ले भीषण आन्दोलन सुरु गरेको थियो । लगभग तीन वर्षको आन्दोलनपछि सन् १९८८ मा भारत सरकार, पश्चिम बंगाल सरकार र जीएनएलएफबीचको त्रिपक्षीय सम्झौतापछि दार्जिलिङलाई एउटा स्वायत्त विकास संस्था 'दार्जिलिङ गोर्खा पार्वतीय परिषद्' दिइयो । त्यसपछि आन्दोलन समाप्तिको घोषणा गरियो । जीएनएलएफले लगभग दुई दशक नै परिषद् चलायो । केही गतिलो विकास भएन । दार्जिलिङका संस्थाहरू एकएक गरी भत्काइए । अंग्रेजले बनाएका र छोडेर गएका विकास र प्रशासनिक प्रणालीसँगसँगै भारत स्वतन्त्र भएपछि लागू गराइएका नियम-कानुन सबै उजाड भएर गए । आन्दोलन सकेर पनि हत्या-हिंसा सकेन । अनेकौं मान्छेहरू हत्याका सिकार भए, प्रायः सबै पहाडवासी र गोर्खाहरू नै । बंगाल सरकारले सम्पूर्ण विकासको अभिभ
  एशियाको सबै भन्दा लामो पुलको उद्घाटन   ब्रमपुत्र नदि माथि

  एशियाको सबै भन्दा लामो पुलको उद्घाटन   ब्रमपुत्र नदि माथि

Uncategorized
  भारतिय प्रधानमन्त्री श्री  नरेन्द्र मोदिले आज   एशिया को सबै भन्दा लामो पुल ‘ढोला-सादिया ब्रह्मपुत्र पुल’ को उद्घाटन  गरेका छन। छिमेकी मुलुक भारतले चीनको सीमानामा भारत देशको सबैभन्दा लामो पुल जुन पुल एसिया कै लामो पुल बनाएको छ। अरुणाञ्‍चल प्रदेशको बीचमा रहेको ब्रम्हपुत्र नदीमा बनाइएको ढोला-सादिया पुलको शुक्रबार  उद्‌घाटन भएको हो। चीनको सीमानामा बनाइएको उक्त पुललाई भारतले रणनीनिक रुपमा हेरेको बताइएको छ। उक्त पुल बनाउन धेरै समय लागेको थियो। समाचार एजेन्सी पीटीआइका अनुसार यो पुलको लम्बाइ ९.१५ किलोमिटर र चौडाइ १२.९ मीटर रहेको छ। तर दुवै तिर बनेको सम्पर्क सडकलाई जोड्‍ने हो भने कुल २८.५ किलोमीटर रहेको छ। यो पुल ब्रम्हपुत्र नदीबाट निक्लिने लोहित नदीमाथि बनाइएको छ जुन आसामको ढोला र रुणाञ्‍चलको सादियालाई जोड्‍ने गर्दछ। पब्लिक प्राइभेट पार्टनरसीप पीपीपी अनुसार सन् २०११ मा सुरु गरिए
अमेरिकाले  हाल सम्म कै ठुलो  परमाणु बम हमला अफगानिस्तानको   ISIS को अखडामा  गरेको छ।

अमेरिकाले हाल सम्म कै ठुलो परमाणु बम हमला अफगानिस्तानको ISIS को अखडामा गरेको छ।

Uncategorized
काठमाडौ, अमेरिका ले  हाल सम्म कै भिषण परमाणु बम हमला ISIS माथि गरेको छ। अफगानिस्तान मा ISIS माथि  अमेरिका ले हाल सम्म कै सबै भन्दा ठुलो आक्रमण गरेको हो। यो आक्रमण अमेरिका ले अफगानिस्तान को नागरहार प्रांत को ISIS को क्याम्पमा   गरेको हो ।  21 हजार पाउंड  बजन रहेको बम  अमेरिकाले खसालेको हो। यो  जानकारी अमेरिका को  डिफेंस डिपार्टमेंट पेंटागनले दियको छ

भारतको पद्मश्री पदकबाट माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला सम्मानित

Uncategorized
मनोज कुमार उपाध्याय, दिल्लि- भारत     माइती नेपालकी अध्यक्ष #अनुराधा कोइरालालाई भारतीय #राष्ट्रपति #प्रणव #मुखर्जीले #पद्मश्री पदकबाट सम्मानित गर्नुभएको हो  ।  नयाँ दिल्लीमा बिहीबार भएको कार्यक्रममा उहाँलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पद्मश्री पदकबाट #सम्मानित गर्नुभएको हो । महिला बेचबिखन रोकथाम तथा उद्धारका क्षेत्रमा गरेको उल्लेख्य योगदानको कदर गर्दै भारतले उहाँलाई पद्मश्री पदकबाट सम्मानित गरेको हो । नागरिकलाई भारत सरकाले प्रदान गर्ने चौथो बरियताको यो पदक पाउने अनुराधा कोइराला  यसवर्षका लागि एक मात्र विदेशी नागरिक हुनुहुन्छ ।
पृथ्वीनारायण शाहको सालिक अब भारतको राजधानी दिल्लिको मुख्य चोकमा

पृथ्वीनारायण शाहको सालिक अब भारतको राजधानी दिल्लिको मुख्य चोकमा

Uncategorized
  श्रीकृष्ण धिमाल/ काठमाडौ, नेपाल राष्ट्रका एकताका प्रतिक बडा महाराजाधिराज पृथ्वीनारायण शाहको सालिक अब  भारतको राजधानी दिल्लिको मुख्य चोकमा निर्माण गर्ने लागियको जानकारि  प्राप्त भयको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता, भारतको राज्यसभाका पूर्व सांसद एवं वरिष्ठ पत्रकार श्री तरुण विजयले नेपालको राष्ट्रिय एकताका नायक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई सम्पूर्ण भारतवर्षकै नायक एवं हिन्दू सम्राटका रुपमा मानेर नेपालका साथसाथै भारतमा समेत सम्मान गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले भारतको राजधानी नयाँ दिल्लीमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको भव्य शालिक एवं पार्क (स्मारकस्थल) बनाउन प्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भारतीय विद्यालयहरुका इतिहासमा श्री ५ बडामहाराजाधिराजपृथ्वीनारायण शाहको जीवनी पठनपाठन हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो
लन्डन  ओल्ड बेलीमा एड्भोकेसी फोरमको आर्थिक अनियमितता सार्वजनिक

लन्डन ओल्ड बेलीमा एड्भोकेसी फोरमको आर्थिक अनियमितता सार्वजनिक

Uncategorized
भाद्र २६, २०७३- बेलायतमा कर्णेल कुमार लामाविरुद्ध यातना सम्बन्धि मुद्दा हाल्न प्रमुख सहयोगी बनेको एड्भोकेसी फोरमले इयूको यातनाकै प्रोजेक्टमा आर्थिक अनियमितता गरेको तथ्य सार्वजनिक भएको छ । फोरमले करिब ५ करोड ६५ लाख रुपैयाँ अनियमितता गरेको प्रमाण लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट ओल्ड बेलीमा अभियोजन पक्षका वकिलले प्रस्तुत गरेका हुन् । लेखापरीक्षणमा विश्वमै नाम कमाएको प्राइस वाटरहाउस कुपर्स (पीडब्लुसी) ले गरेको अडिट रिपोर्ट लामाको मुद्दा सुनुवाइका क्रममा न्यायधीश जस्टिस स्वीनी र प्रतिवादी वकिल म्याथू बटको सहमतिमा वादी वकिल डंकन पेनी (क्यूसी) ले गत २० जुलाइ, ०१६ मा जुरी समक्ष प्रस्तुत गरेका हुन् । फोरमलाई यातनाको रोकथाम परियोजना (प्रिभेन्सन अफ टर्चर) का लागि युरोपेली आयोगले उपलब्ध गराएको सहयोगमध्ये पीडब्लुसीको लेखापरीक्षणमा ४ लाख ७१ हजार १ सय ३२ युरो (करिब ५ करोड ६५ लाख रुपैयाँ) हिनामिना गरि
मुकाला आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

मुकाला आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

Uncategorized
यमनको दक्षिण क्षेत्रमा अवस्थित मुकाला सहरमा इस्लामिक स्टेट (आईएस) समूहद्वारा गराइएको आक्रमणमा परी मृत्यु हुने यमनी प्रहरीको सङ्खया ३७ पुगेको स्थानीय अस्पताल स्रोतले आइतबार बताएको छ । करिब दुई लाख मानिस बसोबास गर्दै आएको मुकालमा हालैका दिनमा गरिएको यो दोस्रो आतङ्ककारी हमला हो । मुकालामा अलकायदा समूहले आश्रयस्थल बनाउँदै आएकोमा सेनाले गएको महिनामा यसलाई सरकारको नियन्त्रणमा ल्याएको थियो । विस्फोटक पदार्थसहितको पेटीलगाई प्रहरीको लाइनमा बसी गराइएको उक्त घटनामा ६० जना अन्य नागरिक घाइते भएका छन् । आक्रमणका बेला हाद्रामावटका सुरक्षा प्रमुख मुवारक अल अवथानीसमेत उपस्थित रहेको उक्त ठाउँमा आक्रमण भए पनि उहाँलाई भने कुनै चोट नलागेको प्रहरी अधिकारीले बताएका छन् । रासस
अपराधी खोज्न हिँडेका प्रहरी निरीक्षक आफैँ पक्राउ

अपराधी खोज्न हिँडेका प्रहरी निरीक्षक आफैँ पक्राउ

Uncategorized
भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ परेका छन् । पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । सानागाउँ डोटी र अछामको सीमा क्षेत्र हो । ‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ परेका हुन्,’ प्रहरीले स्रोतले भन्यो – ‘उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’ स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ । उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको
ओबामा क्युबाको ऐतिहासिक भ्रमणमा

ओबामा क्युबाको ऐतिहासिक भ्रमणमा

Uncategorized
अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबाको ऐतिहासिक भ्रमण शुरु गरेका छन्। ८८ वर्षयता क्युबाको भ्रमण गर्ने बराक ओबामा पहिलो अमेरिकी बहालवाला राष्ट्रपति हुन्। सन् १९५९ मा क्युबामा भएको क्रान्तिपछि कुनैपनि अमेरिकी बहालवाला राष्ट्रपतिले क्युबाको भ्रमण गरेका छैनन्। क्युबाली क्रान्तिपछि द्वीपक्षीय सम्बन्धमा तिक्तता जारी रह्यो। भेटवार्ता क्युबामा पाइला टेकेपछि ओबामाले ट्वीट गरेका छन्, “क्युबाली जनतालाई भेट्न र प्रत्यक्षरुपमा उनीहरुका कुरा सुन्न चाहिरहेको छु।” क्युबा भ्रमणका क्रममा ओबामाले आफ्ना समकक्षी राउल क्यास्ट्रोसँग भेटवार्ता गर्नेछन् तर अवकाशको जीवन बितारहेका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोलाई उनले भेट्ने छैनन्। राउल क्यास्ट्रोसँगको भेटवार्तामा ओबामाले व्यापार र राजनीतिक सुधार लगायतका मुद्दामा छलफल गर्ने तय भएको छ। पत्नी मिशेल, छोरीहरु साशा र मालिआसँगै मुस्कुराउँदै अमेरिकी राष्ट्रपति
प्यारिस आक्रमणका प्रमुख संदिग्ध पक्राउ

प्यारिस आक्रमणका प्रमुख संदिग्ध पक्राउ

Uncategorized
बेल्जियमको राजधानी ब्रसल्समा गरिएको एउटा नाटकीय सुरक्षा कारवाहीमा प्यारिस आक्रमणका मुख्य संदिग्ध सलाह अब्देसलाम पक्राउ परेका छन्। विगत चार महिनादेखि फरार रहेका उनी सुरक्षा कारवाहीका क्रममा घाइते भएको अधिकारीहरुले बताएका छन्। बेल्जियमको प्रति-आतंकवाद प्रहरीले गरेको कारवाहीका क्रममा प्यारिस आक्रमणका मुख्य संदिग्ध सलाह अब्देसलाम खुट्टामा गोली लागी घाइते भएका छन्। अभियोजनकर्ताहरुका अनुसार खोजी सूचीमा रहेका अर्का व्यक्ति मोनिर अहमद अलाज पनि पक्राउ परेका छन्। अब्देसलामलाई प्रश्रय दिएको आरोपमा उनको परिवारका अन्य ३ जना सदस्यलाई पनि पक्राउ गरिएको छ। सुपुदर्गी फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलन्दले अब्देसलामलाई जतिसक्दो चाँडो फ्रान्स सुपुदर्गी गरिने आफ्नो अपेक्षा रहेको बताएका छन्। मंगलबार छापा मारिएको एउटा अपार्टमेन्टमा अब्देसलामको औंठाछाप फेला परेपछि प्रहरीले मोलन्बेक क्षेत्रमा पछिल्लो कारवाही