काभ्रेमा जुफा कप फुटबल प्रतियोगिता शुरु, काभ्रेली फुटबलमा रम्दै
Uncategorized
काभ्रेको ज्याम्दीमा दोस्रो जुफा कप फुटबल प्रतियोगिता शुरु भएको छ । गत शुक्रबार देखि शुरु भएको प्रतियोगितामा चौध टिम प्रतिष्पर्दामा उत्रेका छन् ।
ज्याम्दी युनाइटेड फुटबल एशोसिएसन जुफा ले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर हरेक वर्ष जुफा कप फुटबल प्रतियोगिता आयोजना गदै आइरहेको छ । यस वर्षको प्रतियोगिता भने कार्तिक ९ गते देखि १९ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि यूवा संघ नेपालका कोषाध्यक्ष अमित लामाले गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गदै लामाले देश विकासको मेरुदण्ड भनेकै यूवा वर्ग भएकाले सबै यूवाहरु परिवर्तनको अभियानमा लाग्नुपर्ने बताएका छन् । यसैगरी कार्यक्रममा जिसस काभेका सदस्य प्रेम लामा, नेकपा काभ्रेका सदस्य एवं यूवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा नेकपा ज्याम्दीका यूवा नेता भिम लामाले समाज परिवर्तनमा यूवाहरुले खेल्नुपर्ने भुमिकाका विषयमा मन्तव्य राखेका