Best Online News From Nepal

Tag: शिक्षा

मान्छे उमार्ने प्रविधि : रक्तबीज

मान्छे उमार्ने प्रविधि : रक्तबीज

Uncategorized
रक्तबीज : रगतबाट मान्छे उमार्ने प्रविधि !! "चण्डी" भनिने संस्कृतको पुस्तक संभवत: धेरै नेपालीहरू पाठ गर्ने धार्मिक पुस्तक मध्ये पर्छ | केहीले केवल श्रद्धा र भक्तिले पढ्नुहुन्छ अर्थ बुझ्नु हुन्न भने केहीले अर्थ पनि बुझ्नुहुन्छ र पाठ पनि गर्नुहुन्छ | एसै चण्डी को आठौं अध्यायमा रक्तबीज नामको असुरसंग देवीको युद्ध हुन्छ | रक्तबीज बलियो त थियो नै उसमा एउटा अनौठो विशेषता पनि थियो | देवी महापुराणकाअनुसार उसले एस्तो विशेषता महादेवबाट वरदानमा प्राप्त गरेको थियो | अव प्रश्न उठ्छ - के थियो तेस्तो विशेषता ? आजभोली कुनै पशुको शरीरबाट एउटा सानो टिस्यु निकालेर तेसबाट दुरुस्तै तेही जनावर जन्माउन सकिने प्रविधिलाई "क्लोनिग" भन्ने गरिन्छ | डोली नामको भेडा एसको उदाहरण छ | यो विधिले प्रतिकृति बनाउनु निकै खर्चिलो हुन्छ | चण्डीमा उल्लेखित रक्तबीजको रगत यो क्लोनिक भन्दा धेरै उन्नत छ | रक्तबीजको शरीरमा रहेको हरे
‘बुद्धको शिक्षाले बदल्छ जीवन

‘बुद्धको शिक्षाले बदल्छ जीवन

Uncategorized
आधुनिक शिक्षाले मानिसलाई नवीन खोज तथा अनुसन्धानतर्फ अग्रसर गराए पनि नैतिक मूल्य–मान्यताको बोध गराउन सकेको छैन । पछिल्लो मानिस विभिन्न व्यक्तिगत तथा सामाजिक समस्याबाट आक्रान्त छन् । भविष्यको ‘आशादीप’ बन्नुपर्ने युवा पुस्ता कुलतको सिकार बन्दै गएको छ । हिमालयन बौद्ध धर्मका महामहोपाध्याय ठाङ्गु रिन्पोछे बुद्धको शिक्षाले मानिसको आचरणका साथै मन परिवर्तन हुने बताउँछन् । उनका अनुसार मानिसलाई एउटा पद्धतिमा आधारित उपदेश मात्र होइन, हरेक धर्मले अवलम्बन गरेको वास्तविक आध्यात्मिक ज्ञान दिनुपर्छ । ‘हामीले बौद्धधर्म मात्र नभई हिन्दु, क्रिश्चियन वा अन्य धर्मले पनि सामाजिक मूल्य–मान्यता र नैतिकताबारे के सन्देश दिएका छन् भनी सिकाउन सक्यौं भने मानिसको मन परिवर्तन हुन्छ,’ उनी भन्छन्, ‘यसरी सही धर्म र राम्रो आचरण सिकाउन सकियो भने मानिसको व्यवहारमा आमूल परिवर्तन आउन सक्छ ।’ ८५ वर्षको उमेरमा पनि रिन्पोछेमा रतिभ
आयोदधौम्य र मीमांसा दर्शन निर्देशन : एक पर्यवेक्षण

आयोदधौम्य र मीमांसा दर्शन निर्देशन : एक पर्यवेक्षण

Uncategorized
डा. माधवप्रसाद पाण्डेय प्रविष्टि वेदको तात्त्विक अर्थ गर्नुपर्दा मीमांसाको आश्रय लिनुपर्दछ । सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा र वेदान्त हिन्दुका यी षट् दर्शन हुन् । तिनलाई आस्तिक दर्शन भनिन्छ । शिक्षा, कल्प, व्यारण, निरुक्त, छन्द र ज्योतिष यी वेदाङ्ग हुन् । यसबाहेक उपाङ्ग पनि छन् । यीभन्दा जेठा र वेदपछिका ब्राह्मण, आरण्यक र उपनिषद् छन् । यी सबैका शाखा–प्रशाखा र उपशाखाहरू पनि प्रशस्त छन् । वेददेखिका हाम्रा यी परम्परा हुन् । यो परम्परा आजसम्म आइपुग्दा असंख्य पन्थ, सम्प्रदाय र ससाना विभिन्न नामका झुण्डहरूमा परिणत भैसकेका छन् । कतिपय त्यस्ता समूहहरू वैदिक मूल प्रवाहबाट पर पर सर्दै जाँदा भिन्दै पाटोतिर पलायन हुँदै बरालिएर दिग्भ्रमित हुन थालिसकेका छन् । यस्तो संव्रmमित बिन्दुमा आइपुग्दा वेदको मूल प्रवाह मीमांसा दर्शनका विषयमा केन्द्रित पुस्तिका बजारमा आएको छ । सबैले बुझ्नेगरी नेपाली भाषामा ल
बेरोजगार युवालाई सीप सिकाउँदै ताम्रकार मोबाइल ल्याब एन्ड रिसर्च सेन्टर (स्मार्ट केयर )

बेरोजगार युवालाई सीप सिकाउँदै ताम्रकार मोबाइल ल्याब एन्ड रिसर्च सेन्टर (स्मार्ट केयर )

Uncategorized
१७ जेठ, काठमाडौं । युवा पुस्तालाई मध्यनजर गरेर ताम्राकार मोबाइल ल्याब एन्ड रिसर्च सेन्टरले न्यूनतम शुल्कमा विभिन्न हार्डवेयर सम्बन्धी सीपमुलक तालिम दिन सुरु गरेको छ रोजगारी नपाएर विदेश जाने युवाहरुका लागि स्वदेशमै स्वरोजगारमुखी तालिम दिन सुरु गरेको हो । सेन्टरका प्रबन्ध निर्देशक रघुनाथ लामिछाने विभिन्न सिपमुलक तालिम लिए स्वदेशमै मनग्य आम्दानी हुने र विदेश नै जानु नपर्ने भएकोले यस्तो तालिम सुरु गरिएको बताए । अहिले सेन्टरले मोबाइल्को हाडवयर तथा सफ्टवयर र चिप्लेबल लगायतका (  Display Referbish , Glass Replacement ) तालिम दिने गरेको छ । बिगि्रएका उक्त सामग्रीहरुलाई हार्डवेयर, चिप, मोदरबोर्ड तथा सर्किट बोर्ड बनाउन सक्ने गरी चरणबद्धरुपमा तालिमहरु प्रदान गर्ने गरेको छ । ‘हाम्रो मूख्य उद्धेश्य भनेको जागिर नपाएर बसेका युवालाई सिपमुलक तालिम प्रदान गरेर स्वदेशमै उद्यमी बनाउनु हो । एक चोटी तालिम लिएका
भर्ना अभियानमा निरन्तरता, अभिभावकत्व ग्रहण गर्याे CBA बागलुङले

भर्ना अभियानमा निरन्तरता, अभिभावकत्व ग्रहण गर्याे CBA बागलुङले

Uncategorized
१३, चैत्र, बागलुङ । निजामती कर्मचारीहरुको आकिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति, बागलुङले एक जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र देशबाट निरक्षरता हटाउने अभियान अनुसार मुगुबाट शुरु गरेको अभियानमा ऐक्यवद्धता जनाउदै निजामती कर्मचारीहरुको आकिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति, बागलुङले पर्वतको जलजला गाउँपालिका–६, नाग्लिवाङ घर भई हाल बागलुङको कालिका कन्यामन्दिर मावि बागलुङमा कक्षा १ मा अध्ययनरत ६ वर्षिय अमित परियारको अभिभावकत्व ग्रहण गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकले सम्माननीय प्रधानमन्त्रीले सुरुवात गरेको विद्यार्थी भर्ना अभियानलाई सफल पार्न निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति, बागलुङले समेत विपन्न विद्यार्थीको अभिभावकत्व लिएर उल्लेखनिय कार्य गरेको बताउदै सरका

मोदी गाँउपालिका-६, पर्वत का वडा अध्यक्ष विमल लामिछानेले गरे विद्यार्थी भर्ना एव अभिभावकत्व ग्रहण

Uncategorized
पर्वत । युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् मोदी गाँउपालिका-६,पर्वतका वडा अध्यक्ष विमल लामिछानेले १ जना विपन्न विद्यार्थी भर्ना गरी अभिभावकत्व ग्रहण गर्नु भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुवाट शुरुवात गर्नुभएको भर्ना अभियानलाई निरन्तरता दिदै वडा अध्यक्ष विमल लामिछानेले मोदी गाँउपालिका–६ स्थायी ठेगाना भएका आर.एन. कुवंर लाई नवजागृत मावि,तिलाहार, कक्षा १ मा भर्ना गरि अभिभावक बन्नु भएको हो । बाबु,आमा सँगै आएका मनोजलाई पोशाक,पाठ्यपुस्तक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै उहाँले आर.एन. कुवंर लाई SEE सम्मको शिक्षाका लागि आफुले जिम्मा लिने प्रतिवद्धता व्यक्त गर्नु भयो। समग्र शिक्षाको विकाश विना समृद्ध समाजको परिकल्पना गर्न नसकिने भन्दै विधालयका सवै विद्यार्थीको शिक्षाको गुणस्तर बढाउन सधै लागि पर्ने पनि बताउनु भयो । सरकारले वि
नेपाल निजामती कर्मचारी संगठन बागलुङले गर्‍यो विद्यार्थी भर्ना एव अभिभावकत्व ग्रहण

नेपाल निजामती कर्मचारी संगठन बागलुङले गर्‍यो विद्यार्थी भर्ना एव अभिभावकत्व ग्रहण

Uncategorized
वैशाख ७ बागलुङ । नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङले १ जना विपन्न विद्यार्थी भर्ना गरी अभिभावकत्व ग्रहण गरेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुवाट शुरुवात गर्नुभएको भर्ना अभियानलाइ आत्मसाथ गर्ने क्रममा रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा एक समारोहको आयोजना गरी बागलुङ नगरपालिका वडा नं. २ निवासी ८ वर्षिय छात्र गोकुल नेपालीलाइ भर्ना गर्दै विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरी संगठनको तर्फवाट नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष राम प्रसाद उपाध्यायले भर्ना रजिष्टरमा हस्ताक्षर सँगै अभिभावकत्व ग्रहण गर्नुभयो । कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश नं. ४ का सांसद इन्द्रलाल सापकोटाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना गाेरखाका अाकाश परियारकाे अभिभावक

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना गाेरखाका अाकाश परियारकाे अभिभावक

Uncategorized
पाेखरा, ५ वैशाख । राष्ट्रियस सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाेरखाका ५ वर्षीया अाकाश परियारलाई विद्यालय भर्ना गर्नुभएकाे छ। दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारकाे अभियानअन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका अाकाशलाई पाेखरा-५ पर्स्याङस्थित धर्मस्थली अाधारभूत विद्यालमा भर्ना गर्दै स्कूले शिक्षाकाे अभिभावक बन्नुभएकाे हाे। अामा रिता परियारसँगै अाएका अाकाशलाई पाठ्यपुस्तक, पाेशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै उहाँले अाकाशलाई विद्यालय तहसम्मकाे शिक्षाका लागि अाफ्नाे सहयाेग रहने बताउनुभयाे। "बच्चाकाे बुवा-अामा त चाहेर पनि हुन सक्दशेन। तर, अभिभावकले पूरा गर्नुपर्ने शिक्षादिक्षा दिने जिम्मेवारी म पूरा गर्छु," उहाँले भन्नुभयाे, "सबै बालबालिकालाई विद्यालय पुर्‍याउने सरकारकाे याेजना सबै मिलेर पूरा गर्नुपर्छ ।" यही चैतमा अाफ्नाे बाबू सुनील परियार
साम्रागी भइन् एजुकेशन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसटर

साम्रागी भइन् एजुकेशन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसटर

Uncategorized
चैत्र23 पोखरा नेपाली सिनेमाकी चर्चित यूबा पुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त भएकी छिन । उनिलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो संस्था काठमान्डौको पुतली सडक लगायत अन्य शहरहरूमा रहेको छ । आफू ब्राण्ड एम्बेष्टरको रूपमा नियुक्त भएपछी अभिनेत्री शाहले भनिन् -‘ एजुकेशन क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको संस्थासंग आबद्द हुन पाएकोमा खुशी लागेको छ -‘ । शाहले ब्राण्ड एम्बस्टर भएपछी एजुकेशन एण्ड माइग्रेसन कर्नरको बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन -‘ साम्राज्ञी शाह जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो संस्थाको अंग बनाउन पाएकोमा हामी गौरबान्बित छौ -‘ एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले भने ।पोखरा को लागी Fo
कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

Uncategorized
काठमाडौँ:  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ/फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ ।