Best Online News From Nepal

Tag: अर्थ

अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ ।

अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ ।

अर्थ व्यापार
बाराको करैयामाई गाउँपालिका वार्ड नं.१ मा रहेको ज्योति मत्स्य ह्याचरी कृषि फर्मको चालिस कठ्ठाको पोखरीमा गएराति अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ । मधुवन निवासी नेपाल मत्स्य व्यवसायी संघ बाराका कोषाध्यक्ष दिपक पासवानको पोखरीमा रहेको करिव २५ हजार माछाका भुरा र ठूला माछा मरेको नेपाल मत्स्य व्यवसायी सघं बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए । दिपकले ३० कठ्ठामा ठूला माछा र १० कठ्ठा क्षेत्रफलमा माछाका भुरा नर्सरी सञ्चालन गरेका थिए । नयाँ व्यवसायी भएकाले उहाँ ले माछाको बिमा समेत गराएका थिएनन् । संघ बाराले आज एक विज्ञप्ति जारी गर्दै मत्स्य व्यवसायी र माछापालन व्यवसायमा भएको घटनाको छानबिन गरी वास्तविक दोषीलाई कारबाहीको माग गरेको छ ।
किन लगाउने ब्रह्माले निर्माण गरेकाे ( यज्ञोपवित ) जनै ?

किन लगाउने ब्रह्माले निर्माण गरेकाे ( यज्ञोपवित ) जनै ?

Uncategorized
जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक अभिषेकमन्त्रबाट /अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । जनैको अर्को नाउँ ब्रह्मसूत्र हो । ब्रह्माले निर्माण गरेकाले यसलाई ब्रह्मसूत्र भनिएको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ । जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिए
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

Uncategorized
राजविराज, २ कात्तिक  सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ । गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६३२ राँगा र करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ । उक्त मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायत ठाउँबाट लाखौँको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करीब १५ हजार खसी¬बोकाको बलि दिइएको छ । RSS
कृषि बिर्सेर समृद्धि ? हैट् !!!

कृषि बिर्सेर समृद्धि ? हैट् !!!

Uncategorized
निर्मलमणि अधिकारी, पीएच. डी.    कृषिको पुनरुद्धार र कृषकको मूलप्रवाहीकरण अनिवार्य छ नेपालको रैथाने अर्थतन्त्रको लागि   कृषि, उद्योग, व्यापार र सेवा–व्यवसायको अन्तर्सम्बन्धित प्रणाली बनाउन सक्नै पर्छ हामीले यदि नेपाललाई स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित, सुखी राष्ट्र बनाउने हो भने । कृषिको पुनरुद्धार एवं किसानको मूलप्रवाहीकरण अनिवार्य छ नेपालको प्रगति, समृद्धि, विकास गर्न । सुकिलो मुकिलो बनेर गजक्क परेर मञ्चमा बस्ने, अजंगका माला लगाउने, अबीर जात्रामा दंगदास हुने, खादा पहिरेर मखलेल हुने, रत्तिभर जानकारी नभएको विषयवस्तुबारे समेत लम्बेतान भाषण ठोक्दिने, तर कामकाज पटक्कै नगर्ने प्रवृत्ति भएका व्यक्तिहरु नै नेता, हाकिम, अगुवा हुँदासम्म नेपाल उँभो लाग्नेवाला छैन । खेती किसानी गरेरै राजनीति एवं नागरिक समाजमा नेता, अग्रणी, गण्यमान्य हुने र खेती किसानी गरेरै धनी, समृद्ध, सम्मानित
सिक्लेसदेखि हिमालको फेदीसम्म केबलकार ! डेढ अर्ब लागत

सिक्लेसदेखि हिमालको फेदीसम्म केबलकार ! डेढ अर्ब लागत

Uncategorized
कास्कीको पर्यटकीय गाउँ सिक्लेसदेखि अन्नपूर्ण हिमशृंखलाको कोरीसम्म केबलकार निर्माण सम्भव देखिएको छ । प्रारम्भिक अध्ययनले केबुलकार सञ्चालन गर्ने मादी गाउँपालिकाको योजना उपयुक्त र सम्भव भएको देखाएको हो । चुनाव जितेलगत्तै गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले सिक्लेसको भुलकचादेखि हिमालफेदी कोरी भन्ने ठाउँसम्म अन्नपूर्ण हिमशृंखलाको फेदीसम्म केबुलकार चलाएर दृश्यावलोकन र हिमाल फेदीको खर्कमा पर्यटकलाई स्केटिङ खेलाउने योजना ल्याएका थिए । गाउँपालिकाले क्युबिक इन्जिनियरिङ कन्सल्टेन्सीलाई केबलकार सञ्चालनको प्रारम्भिक अध्ययन गर्ने जिम्मा दिएको थियो । केबलकार सञ्चालन सबै हिसाबले उपयुक्त र सम्भव रहेको ३ महिना लगाएर प्राविधिकले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । ‘हामीले ३ महिनासम्म अध्ययन गर्‍यौं । सबै हिसाबले केबलकार सञ्चालन गर्न उपयुक्त र सम्भव देखियो,’ इन्जनियरिङ कन्सल्टेन्सीका निर्देशक इन्जिनिय
के अझै बढ्ला अमेरिकी डलरको भाउ ?

के अझै बढ्ला अमेरिकी डलरको भाउ ?

Uncategorized
केहि दिन यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो । भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दर (पेग्ड) का कारण नेपाली  मुद्राको भाउ खस्किदै गएको हो । बुधबार नेपाल राष्ट्र बैंकले  प्रतिअमेरिकी डलर १०९ रुपैयाँ २२ पैसा बिक्रीदर र १ सय ८.६२ पैसा खरिद दर तोकेको छ । भारतीय अर्थतन्त्रको तुलनामा अमेरिकी अर्थतन्त्र मजबुत हुँदै गएपछि पछिल्लो समय डलरको भाउ बढ्दै गएको हो । साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि अमेरिकी डलरको भाउलाई बढाएको छ । यसअघि २०७२ सालमा अमेरिकी डलरको भाउ १०९ रुपैयाँ ४८ पैसासम्म पुगेको थियो । अहिले फेरि डलरको भाउ उच्च बिन्दु नजिक आइपुगेको छ । पुस मध्यतिर  १०२ रुपैयाँ बिक्रीदर रहेको डलर माघ मध्यतिरदेखि बढ्न सुरु गरेको हो । १८ म
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य वृद्धि

Uncategorized
  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले अनलाइनखबरलाई बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।   Source:- www.onlinekhabar.com
काभ्रेपलान्चोक मा  यातायात बन्दको आहान जनतालाई सास्ती

काभ्रेपलान्चोक मा यातायात बन्दको आहान जनतालाई सास्ती

Uncategorized
मयुर यातायातलाई रुट इजाजत दिएको भन्दै अरनिको राजमार्गका बस व्यवसायी समितिले यातायात आवगमन ठप्प पारेका छन्। मयुर यातायातका सुविधासम्पन्न नयाँ बसहरुलाई यातायात व्यवस्था विभागले रुट इजाजत दिएको विरोधमा कोटेश्वर पूर्वका १३ वटा समितिले आइतबारबाट अरनिको राजमार्गमा गाडी गुडाउन बन्द गरेका छन्। समितिले आफूहरुसँग पर्याप्त बस गुडाइरहेको तथा यात्रुहरुबाट कुनै गुनासो नआएको सन्दर्भमा मयुर यातायाले बिना सहमती अस्वस्थ प्रतिस्पर्धामा आएको भन्दै विरोध गरिएको बताएको छ। मयुर यातायातले चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा गाडी संचालनमा ल्याएको थियो। चक्रपथ परिक्रमा गर्दै बनेपासम्म यी बस गुड्छन्। यी गाडीमा वाईफाई तथा टिभीको सुविधा छ। त्यस्तै गम्भिर अपाङ्ग तथा ७० वर्ष माथिकालाई निःशुल्क सेवा सुविधा प्रदान गरिरहेको संघले जनाएको छ। तर सो रुटमा चल्ने अधिकांश बस पुराना छन्। त्यसैले तुलनात्मकरुपमा सुविधासम्पन्न
आफ्नो भएको जगा दिदा पनि शुुख नपाएर बोलेमा दात झने गरि कुटाइ  खाने डर त्रसमा पो ले २१ रामदि एकतेेका जनता

आफ्नो भएको जगा दिदा पनि शुुख नपाएर बोलेमा दात झने गरि कुटाइ खाने डर त्रसमा पो ले २१ रामदि एकतेेका जनता

Uncategorized
पोखरा २३फााल्गुन। बाटो बनेपछि विकास हुने आशामा बसेका पोखरा लेख्नाथ २१ रामदि एकतेेका जनता निराशा  भएका छन्। बाटो को लागि आफ्नो भएको जगा दिदा पनि शुुख नपाएर बोलेमा दात झने गरि कुटाइ  खाने डर त्रसमा बस्न बाध्य भएका छन्। जगा गयो  घर त बचाउन वाल राम्रोसँग वाल चिनाका लागि ढुुङ्गा कमसल भयो बन्द ठेकाको काम हो माथिबाट यस्तै ढुुङगा प्रयोग गर्नु भनेको छ राम्रो  चााहिन्छ भने आफ्नै पैसाले किन्नु बढि बोलेमा दात झने धमकि दिन थालेका छन ,यसता कुरा समितिलाई जानकारि गराँँउद समितिले  चासो नलिएको र जनताको घर जगा आफ्नो मानपरि तरिकाले हान्न नपाउँँदा समितिले पनि वस्ता नगरेको र आफ्नो सम्पति बचाउन नियम लत्यर काम गरेको स्थानीयको भनाई छ।जनतालाई कति लगानिमा बान्न लागेको हो कहिले सुरू गिर कहिले सक्ने लमबाई भन्ने कुरा समेत जानकारि नदिएको पाईएको छ। केहि लाई सामान्य्य मात्र जनकारि छ। बाहिर सुनामा आएको मा ४३ करोड को योजना
बैंक ‘स्विफ्ट ह्याक’प्रकरण : ह्याक ४१ करोड, भुक्तानी १० करोड कर्मचारिको मिलोमतो  को सङ्का

बैंक ‘स्विफ्ट ह्याक’प्रकरण : ह्याक ४१ करोड, भुक्तानी १० करोड कर्मचारिको मिलोमतो को सङ्का

Uncategorized
एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक'गरी विदेशी बैंक खातामा रहेको ४१ लाख अमेरिकी डलर (करिब ४१ करोड रुपैयाँ) भुक्तानीका लागि अर्डर भएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त रकममध्ये १० करोड भुक्तानी भइसकेको र बाँकी ३१ करोड रुपैयाँ भुक्तानीका लागि अर्डर मात्रै भएको अनुसन्धानमा संलग्न एक कर्मचारीले जानकारी दिए। एनआईसी एसिया बैंकले स्विफ्ट ह्याक गरी रकम विदेश पठाएको जानकारी गराएपछि राष्ट्र बैंकले आइतबारदेखि अुनसन्धान थालेको हो। राष्ट्र बैंकको टोलीसँगै एनआईसी एसिया बैंकले पनि अनुसन्धानका लागि भारतबाट विज्ञ झिकाएको छ। राष्ट्र बैंक र एनआईसी एसिया बैंक दुवैले औपचारिक रूपमा घटनाको विवरण सार्वजनिक गरेका छैनन्। राष्ट्र बैंकका अनुसार नेपालमा स्विफ्ट ह्याक गरेर विदेशमा रकम पठाएको यो पहिलो घटना हो। कुकुर तिहार र लक्ष्मीपूजाका दिन ह्याकरले स्विफ्ट ह्याक गरी भुक्तानीका लागि विभिन्न ६ देशम