पाकिस्तानमा १ अर्ब रुख रोपियो, अब १० अर्बको लक्ष्य , नेपालमा दिनहु काटिदै
Uncategorized
आतंकवाद र हिंसाग्रस्तको पहिचान बनाएको पाकिस्तानले पछिल्लो समय एउटा नयाँ विशेषणबाट आफूलाई चिनाएको छ . संसारभर वातावरणमैत्री अभियान चलेका बेला पाकिस्तानले एक अर्ब रुख रोपेर आफूलाई ‘हरियली देश’ का रुपमा चिनाउन खोजेको छ।पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खबेर पख्तुनख्वामा एक अर्ब रुख रोप्ने काम गत वर्ष सम्पन्न भएको हो। यसबाट उत्साहित पाकिस्तान सरकारले अबको पाँच वर्षभित्र दस अर्ब रुख रोप्ने लक्ष्य लिएको छ।
जलवायू परिवर्तनले सर्वाधिक प्रभावित ६ देशको सूचीमा पाकिस्तान पनि पर्छ। प्राकृतिक प्रकोप र मानवसिर्जित विनासका कारण पछिल्लो दशकमा पाकिस्तानको हरियो वन व्यापक मासिएको छ।देशको कुल क्षेत्रफलमा २ देखि ५ प्रतिशत हिस्सा वनले ओगट्छ। यो दक्षिण एसियाकै सबभन्दा कम हो। संयुक्त राष्ट्र संघले कुल क्षेत्रफलको १२ प्रतिशत हिस्सा वन हुनुपर्ने मापदण्ड तोकेको छ।
‘एक अर्ब रुखको सुनामी’ भनिएको यो वृक्षरोपण कार्य