Best Online News From Nepal

Tag: सुरक्षा

नेपाल प्रहरीले सिन्धुपाल्चोकको मुडेमा गाँजा खेती नष्ट गरेको छ।

नेपाल प्रहरीले सिन्धुपाल्चोकको मुडेमा गाँजा खेती नष्ट गरेको छ।

Uncategorized
मिति २०७४।०४।२१ सिन्धुपाल्चोक  जि प्रका  कार्यालय तथा प्रहरी चौकी मुडे सिन्धुपाल्चोकबाट खटिई गएको प्रहरी टोलीद्धारा जिल्ला सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा नं. ५ स्थित मुडे बजार देखि निगाले बजार सम्मको एरियामा अं. ८०० बोट गाँजा खेती नष्ट गरिएको छ ।   तस्विरहरु स्रोत-https://www.facebook.com/dpo.sindhupalchok
सडकमा खाल्डो खनेर छाड्ने अपराधीहरुलाई कहिले कारबाहि हुन्छ  सरकार ?

सडकमा खाल्डो खनेर छाड्ने अपराधीहरुलाई कहिले कारबाहि हुन्छ सरकार ?

Uncategorized
सडक बनाउँदा खनिएको खाल्डोमा परी एकै परिवारका चारजना बालिकाको मृत्यु :— हाम्रै नेपालको घटना हो यो । च.पुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची बाटो निर्माणको क्रममा खेतमा खाल्डो खनेर छाड्नेहरु अपराधी हुन् । उनीहरुको अपराधको कारणले १२ वर्षीया संगीता साह, ९ वर्षीया सुनिता साह, ९ वर्षीया सुनैना साह र ९ वर्षीया सुस्मिता साहको मृत्यु भएको छ । हार्दिक श्रद्धाञ्जलि ! "कपू" सिण्डिकेटको माफियातन्त्रमा जकडिएको यो देशमा अझै कति समयसम्म एस्ता घटनाहरु घटित भइरहने हुन् ? के यो देशको स्थितिलाई यसरी नै बिग्रिइरहन दिने ?  
रुपन्देहीमा व्यापारीमाथि गोली प्रहार? सुरक्षा खै – व्यापारी

रुपन्देहीमा व्यापारीमाथि गोली प्रहार? सुरक्षा खै – व्यापारी

Uncategorized
रुपन्देहीको मणिग्राममा शुक्रबार विहान गोली चलेको छ। मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ। तर मानवीय क्षति भने हुन पाएन। मोटरसाइकलमा आएका दुई जना पसलभित्रै पसेर गोली चलाएको बताइएको छ। हेलमेट लगाएर पसलमा पसेका उनीहरुले दुई राउण्ड गोली चलाएको स्थानीयले बताएका छन्। गोली फायर गर्नसाथ उनीहरु भागेको प्रत्यक्षदर्शीले जनाएका छन्। मोटरसाइकलको नम्बर समेत पहिचान हुन सकेको छैन। घटनाको मनोज पुनले जिम्मा लिएका छन्। उनी बुटबल र आसपासका क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। पुनले व्यापारी भण्डारीका छोरा दिपकलाई फोन गरेर आफ्नाे समुहले गोली चलाएको बताएका हुन्। ३०लाख चन्दा मागेको तर नदिएका कारण गोली चलाएको फोनमा पुनले बताएको दिपकले जानकारी दिए। पुनले थप आक्रमण गर्ने चेतावनी समेत दिएका छन्।
सरकारले पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) सुरेन्द्र बहादुर शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ

सरकारले पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) सुरेन्द्र बहादुर शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ

Uncategorized
सरकारले पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) सुरेन्द्र बहादुर शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहिबार विहान बसेको बैंठकले गृहमन्त्री जनार्दन शर्माको सिफारिसमा शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको हो। शाह गृहमन्त्री शर्माको गृह जिल्ला रुकुमका सहपाठी समेत हुन् । सुरक्षा सल्लाहकारमा नियुक्त शाह प्रहरी भित्रका ‘क्लिन’ अधिकृतको रुपमा चिनिन्छन् । प्रहरी प्रतिष्ठान, अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी कार्यालय रानीपोखरी लगायतको ईन्चार्ज भएर काम गरीसकेका शाह मुलुकको आन्तरिक एवं बाह्य सुरक्षा संवेदनशिलतामा दख्खल राख्छन् ।
बम समातेर फाल्‍ने असई सम्मानित

बम समातेर फाल्‍ने असई सम्मानित

Uncategorized
पूर्व नेपाल प्रहरी परिवार मञ्च बेलायतले स्थानीय तहको निर्वाचनका क्रममा निर्वाचन स्थलतर्फ आइरहेको बमलाई हातले समातेर फ्याँक्ने प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई सम्मान गरेको छ। मञ्चले प्रहरी प्रधान कार्यालयमा विहीबार एक कार्यक्रमको आयोजना गरी उनलाई नगद रु ५१ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरे। मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक शिवजी श्रेष्ठले उनलाई सम्मान गरेको हो। सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाइँको बाबजुद पनि नेपाल प्रहरी संगठन र यसमा आबद्ध कर्मचारीप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सराहनीय रहेको बताए। उनले प्रहरी सहायक निरीक्षक रानाको अदम्य साहसले नेपाल प्रहरीका सदस्यको वीरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको छ उनले भने। मञ्चका सल्लाहकार श्रेष्ठले प्रहर
किन रोके गृहमन्त्री र सचिवले  सशस्त्रको फाइल?

किन रोके गृहमन्त्री र सचिवले सशस्त्रको फाइल?

Uncategorized
गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मी दुवैले मन्त्रिपरिषद्बाट स्वीकृत सशस्त्र प्रहरी बलको समूहकृत दरबन्दी प्रक्रिया रोकेका छन् ।आफ्नो ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रमा सशस्त्र प्रहरी बलको संगठनात्मक पुनःसंरचना गर्ने उल्लेख गरेका मन्त्री शर्माले दुई महिनादेखि नियमावली अनुसारको प्रक्रिया रोकेर सशस्त्र प्रहरीलाई अस्थिरतातर्फ धकेलेका छन् । सशस्त्रले मन्त्रिपरिषद्बाट पारित भएपछि सेवा विशिष्टीकरण (लेखा र कानुन) फाइल दुई महिनाअघि गृह मन्त्रालय पठाएको थियो । मन्त्री र सचिवले तीन सयभन्दा बढी अधिकृतको फाइल रोकेपछि उनीहरूको भविष्य अन्योलमा परेको छ । शर्मा र रेग्मीले आफ्ना मान्छे राख्न ‘विशेष चासो’ दिएपछि फाइल रोकिएको स्रोतले दाबी गरेको छ । फाइल अघि बढाउन सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले मन्त्री र सचिवसँग भेटेर पटक-पटक अनुरोध गर्दै आएका छन् । मन्त्री र सचिवले तीन
पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Uncategorized
पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ रोल्पा जिल्ला सुनछहारी गाउँपालिका वडा नं २ घर भई हाल का.जि.टोखा न.पा. वडा नं ११ गंगबु स्थितमा “गामा ट्राभल्स एण्ड टुर्स " संचालन गरी बस्ने वर्ष ३२ को जय प्रकाश बुढा मगरलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मिति २०७४।०४।११ गते का.जि.का.म.न.पा. नयाँबसपार्कबाट पक्राउ गरिएको छ । प्रकाश बुढा मगरले एक व्यक्तिलाई पोर्चुगल पठाईदिन्छु, मासिक तलब रु ८०,०००।–(अक्षरुपी असी हजार रुपैँया) हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई रु १२,००,०००/- (अक्षरुपी बाह्र लाख रुपैँया) रकम लिई दुवईमा २ महिना ३ दिनसम्म राखी दुवईबाट इराक पठाएको र इराकको एयरपोर्टमा नक्कली भिषा हो भनि नेपाल फिर्ता पठाईए पश्‍चात पुन: दक्षिण अफ्रिका पठाउँछु भनि विभिन्न बाहाना र आलटाल गरी ठगी गरेको अभियोगमा पक्राउ गरी ठगी मुद्धामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०७४।०४।
‘म कसरी प्रहरी संगठनमा हाबी भएँ ? तपाईंलाई कसले सुनायो ? त्यो गलत कुरा हो ।’ – जनार्दन शर्मा, गृहमन्त्री

‘म कसरी प्रहरी संगठनमा हाबी भएँ ? तपाईंलाई कसले सुनायो ? त्यो गलत कुरा हो ।’ – जनार्दन शर्मा, गृहमन्त्री

Uncategorized
'--प्रहरी संगठनमा बढी हाबी देखिएको र प्रहरी प्रमुखकै कुरा नसुनेको' जिज्ञासामा शर्माले त्यो मिथ्या आरोप मात्रै भएको बताए । उनले भने, 'म कसरी प्रहरी संगठनमा हाबी भएँ ? तपाईंलाई कसले सुनायो ? त्यो गलत कुरा हो । मनगढन्ते कुराको पछि म लाग्दिनँ ।' शर्माले हालै भएको प्रहरी बढुवामा आफूले कुनै हस्तक्षेप नगरेको प्रस्टीकरणसमेत दिए ।