राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतामा आँच पुर्याउन खोज्ने कसैलाई छाड्दैनौ
Uncategorized
शम्भु कट्टेल
नेपाली सेनाले मुलुक पुनःआन्तरिक द्वन्द्वको खतरामा रहेको संकेत गरेको छ । मुलुक स्थिरता र समृद्धितर्फ उन्मुख भएको अवस्थामा समेत कतिपय बाह्य र आन्तरिक सुरक्षाका कारण द्वन्द्वको संभावना उत्तिकै रहेकोतर्फ सैनिक मुख्यालयले संकेत गरेको हो ।
जातिय, क्षेत्रीय र धार्मिक असहिष्णुताका कारण मुलुकमा पुनः द्वन्द्व निम्तन सक्ने भन्दै नेपाली सेनाले आफ्ना सकलदर्जालाई सचेत गराएको छ । उसले जस्तो सुकै परिस्थिति आए पनि त्यसको सामाना गर्न समेत निर्देशन दिएको छ ।
मुलुकमा संकीर्ण जातिवाद, कट्टर क्षेत्रीयतावाद र धार्मिक असहिष्णुताको माध्यमबाट राष्ट्रिय एकता र अखण्डतामा खलल पुर्याउने तत्वहरू अझै सक्रिय रहेको नेपाली सेनाको निष्कर्ष छ । सामाजिक सदभाव र राष्ट्रिय सुरक्षामा खलल पुर्याउन खोज्ने केही तत्व सक्रिय रहेको र त्यसले राष्ट्रिय एकतामा आँच पुर्याउन सक्ने नेपाली सेनाको ठम्याइ रहेको छ । त्यस्ता सं