Best Online News From Nepal

Tag: सुन्दर सुदूरपश्चिम

सुदूरपश्चिममा जात्राको रौनक सुरु

सुदूरपश्चिममा जात्राको रौनक सुरु

Uncategorized
बैतडी : नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको सुरुवात भएसँगै जात्राको रौनक सुरु भएको हो। कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ।   कात्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डीस्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ। दार्चुलामा रहेको नेपालकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्दछ। त्रिपुरासुन्दरी भगवत
दार्चुलाको अपिहिमाल गाउँपालिकाकाे पहिलाे गाउँसभाले गाउँपलिकाभरि रक्सीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो।

दार्चुलाको अपिहिमाल गाउँपालिकाकाे पहिलाे गाउँसभाले गाउँपलिकाभरि रक्सीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो।

Uncategorized
अपिहिमाल गाउँपालिकाकाे पहिलाे गाउँसभाले गाउँपलिकाभरि रक्सीमाथि प्रतिबन्ध लगाउने निर्णय :अन्तरिम नियमावली बनाउन ५ सदस्यीय मस्यौदा समिति गठन।
जरो किलो नेपाल मै भयको मौलिक रैथाने पर्व #सुर्माभवानी दार्चुला

जरो किलो नेपाल मै भयको मौलिक रैथाने पर्व #सुर्माभवानी दार्चुला

Uncategorized
दार्चुला सदरमुकामबाट ४ दिन वा यातायात साधन पुगेको लटिनाथबाट २ दिन पैदलयात्रापछि खण्डेश्वरी– १, घाजिर गाउँमा पुग्न सकिन्छ । यहाँ सुर्माभवानी, पाङ्रजडीलगायतका विभिन्न मन्दिर छन् । प्रत्येक हिउँदमा सुर्माभवानीको ठूलो जात्रा लाग्दछ । प्रत्येक बिजोड वर्षमा सानो जात्रा लाग्ने गर्दछ । यो जनैपूर्णिमाको पाँच दिनअगाडि सुरु हुन्छ । घाजिरबाट सुरु हुने यो जात्रा क्षेत्ती हुँदै बझाङ जिल्लाको सुर्मा सरोवर स्नान गरेर पुन: सुर्माभवानी मन्दिर आईपट्खेलोमा पुगेर सकिन्छ । जात्रामा सहभागी हुन श्रद्धालुहरू जनैपूर्णिमा पूर्वको औंसीदेखि माछा, मासु, लसुन, प्याज नखाएर उपवास बस्छन् । जात्राका क्रममा घाजिर र क्षेत्तीमा महिला, पुरुष, केटाकेटी सबैजसो सहभागी भए पनि सुर्मा सरोवरमा भने पुुरुषहरूले मात्र भाग लिने चलन छ । उनीहरूलाई वीरे भनिन्छ । पहिलोचोटि सुर्मा सरोवरसम्म जानेलाई बालो वीरे र पुरानालाई बूढो वीरे भनिन्छ । पर
सुर्माभवानी जात्रा दार्चुलामा

सुर्माभवानी जात्रा दार्चुलामा

Uncategorized
  ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सुर्माभवानी जात्राको रौनक सुरु भएको छ । श्रावण शुक्ल दशमीका दिनबाट दार्चुलामा सुरु भएको जात्रा सात दिनसम्म चल्छ । सातै दिन फरकफरक पूजा गर्ने चलन छ । जिल्लाको अपि हिमाल गाउँपालिकाको क्षेत्ती, घाँजिर र सुर्मासरोबरमा जात्रा चल्ने स्थानीयवासी क्षेत्रबहादुर ठेकरेले बताए । ‘हिमाली क्षेत्रमा लाग्ने एकमात्र यो जात्रामा दर्शनार्थीको घुइँचो लाग्छ', उनले भने । सुर्माभवानी जात्रा एघारौं शताब्दीबाट सुरु भएको मानिन्छ । सुर्माभवानी देवी दार्चुलाको क्षेत्ती, घाँजिर र सुर्मासरोबरमा बास गर्ने जनविश्वास रहिआएको छ । सुर्मा भवानीको जात्रा क्षेत्तीबाट सुरु हुँदै घाँजिर र सुर्मासरोबरमा पुगी फेरि त्यहाँबाट फर्केर क्षेत्तीमै आएर टुंगिने स्थानीय जानकार प्रकाशचन्द्र मि श्रको भनाइ छ । ‘सुर्मासरोबर हिमालको काखमा छ । सोही सरोबरमा माता सुर्माभवानी विराजमान रहेको जनविश्वास छ',
धनगढीमा सुन्दर सुदूरपश्चिमका अभियन्ता  गोपाल हमाल  #गोपी मेयरमा  उदाउदै

धनगढीमा सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाल #गोपी मेयरमा उदाउदै

Uncategorized
दुर्गादत्त जोशी / धनगढी----------------- राष्ट्रवादि व्यक्तित्व तथा मौलिक रैथाने व्यापारि कुलिन र सालिन व्यक्तित्वका धनि गोपाल  हमाल  गोपि ले  तपाई हाम्रो  सुन्दर सहर धनगढिको  मेयर पदमा  उमेदवारि दियको तपाई हामिलाई थाह नै छ। धनगढिमा के भै राख्या छ  हेर्नुहोस। देशैभर अग्रता लिएको एमालेलाई पछि पार्दै धनगढीमा मेयर पदका  स्वतन्त्र उम्मेदवार गोपाल  हमाल  गोपि अघिपछि गर्दै प्रतिस्पर्धामा आइरहनुभएको छ । धनगढीका व्यापारी हमालको 'दिनेश ग्रुप' छातामा सबै प्रकारको व्यापार छ । उहाँका जेठा दाजु कालु हमाल टीकापुरमा 'बनाना किङ' भनेर प्रख्यात हुनुहुन्छ भने गोपीको दिनेश एग्रो, दिनेश होटल, दिनेश एफएम र दिनेश मोटर्सजस्ता व्यापार छन् । गोपीपछिका दुई भाइ श्याम र देवेन्द्र पनि दिनेश कन्सर्न, दिनेश फोर ह्विल, दिनेश अटो मोटिभ्स, दिनेश मेटल, दिनेश पेन्ट्स, दिनेश कम्प्युटर्सजस्ता व्यापारमा संलग्न हुनुहुन्छ ।