Best Online News From Nepal

Tag: साहित्य

Prollas Sindhuliya को जन्मजात बाहुनको विज्ञप्ति कविता सँगालो  सार्वजनिकरण | संवाद | कवितावाचन

Prollas Sindhuliya को जन्मजात बाहुनको विज्ञप्ति कविता सँगालो सार्वजनिकरण | संवाद | कवितावाचन

Uncategorized
कवितासङ्ग्रहमाथि उल्लिखित ३ जनाको बहस । अन्य पाँच जनाबाट सङ्ग्रहका पाँच कविता वाचन । कविबाट पनि कविता वाचन सार्वजनिकरण | संवाद | कवितावाचन _____________________________(हार्दिक निम्तो) Shyamal Naba Raj Lamsal Kumari Lama Prollas Sindhuliyaको `जन्मजात बाहुनको विज्ञप्ति´ सहजकर्ता : Babu Tripathi सर्वनाम थिएटर, ३१ भदौ, दिउँसो ३:०० बजे
चिन्यौ त ? म त नेता हूँ

चिन्यौ त ? म त नेता हूँ

Uncategorized
Lok Mani Paudel मैं हूँ किसान को नेता झूट को खेती गर्छु मँ मैं हूँ व्यापार मा पक्का फूट को खेती गर्छु मँ तीस हज्जार खाएर लाखौं खर्चन सक्छ को? चिन्यौ त? म त नेता हूँ सिंगो नेपाल देश को भ्रष्ट आचार सिक्दै थें रातो पास्पोर्ट बेचियो सुविधा मा लिइ गाडी नाफा खाएर बेचियो लोग्ने मान्छे हवस् किन्तु सुत्केरी बन्न सक्छ को? चिन्यौ त? म त नेता हूँ तिम्रो नेपाल देश को इतिहास पढेका छौ कतिऽ भूभाग बेचियो नदीनाला पनिऽ बेच्यौं अस्मिता पनि बेचियो आफ्नी आमा पनिऽ बेच्ने सामर्थ्य राख्न सक्छ को? चिन्यौ त? म त नेता हूँ छाडा नेपाल देश को हिंसा, हत्या र आतंक जरै देखि मँ भित्र छ ठान्छू गुण्डा ठूला मान्छे मेरो दृष्टि विचित्र छ लाश को काँध मा टेक्दै कुर्सी मा पुग्न सक्छ को? चिन्यौ त? म त नेता हूँ जन्मेको बुद्ध देश को दैवी आपद् विपद् पर्दा पनि हाँस्छु मनैमन मिलाई खान्छु जे आयो सहयोग भनीकन तेसैमा भोट का लागि चर्को भ
ज्योति-किरण को भावना

ज्योति-किरण को भावना

Uncategorized
  Jyoti Kiran ---- यहाँ कि वार हुन्छ कि पार हुन्छ। न्यायको लडाइँ सदावहार हुन्छ। नक्कली राष्ट्रवाद का बहुलाहरु हो ! मेरै हात बाट तिम्रो उपचार हुन्छ। ईमान माथी को अत्याचार अति भो! अब मेरा हात मा हतियार हुन्छ।
‘योग्यता’ – अमर साहित्यकार  जगदीश घिमिरे

‘योग्यता’ – अमर साहित्यकार जगदीश घिमिरे

Uncategorized
जगदीश घिमिरे------- यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ - एकजना अन्यन्त योग्य हाकिम हुन्छन् । उनको ईमान्दारीले देशका ठूलादेखि साना, वरिष्ठदेखि गरिष्ट सबै तहका नेताहरू रिझिएका छन् । उनको कार्य-कुशलता र कार्य-क्षमताले गर्दा उनीभन्दा माथि, मुनि, बराबरी-सबै स्तरका जागिरदारहरू, सहकर्मीहरू, सहधर्मीहरू प्रसन्न छन् । उनीसँग काम पर्ने सबै जनता उनको गुण मान्दछन्, प्रशंसा गर्दछन्, भन्दछन् - हाकिम हुन यस्तो पो हुनु । बिझाएको कसैलाई छैन । पिर मर्का पारको कसैलाई छैन । सबैलाई रिझाउन सक्ने, जे जस्तो अप्ठयारो काम आइपरे पनि मेलो मिलाएर गर्न जान्ने । साँच्चै नै उनमा योग्य नेताको नेतृत्व दिन सक्ने क्षमता, योग्य प्रशासकको निर्णय दिन सक्ने दक्षता, योग्य व्यवसायीको वातावरण
मान्छेको माया यहाँ खोलाको पानी जस्तो -शब्द – राममान तृषित

मान्छेको माया यहाँ खोलाको पानी जस्तो -शब्द – राममान तृषित

Uncategorized
मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो मान्छेको माया यहाँ आँखाको नानी जस्तो यो रात फकाई आउने सुन्दर विहानी जस्तो माया त जोवनको आवेश मात्र नै हो तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो तिम्रो हेराइमा केवल आँखा छ मुटु छैन तिम्रो बोलाइमा स्वर छ ढुकढकी केही छैन मायाको विशालता यो आकाश धर्ती नै हो माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो तिमी पानीलाई आकार दिने कोसिस नगर तिमी हावालाई सद्भाव दिने कोसिस नगर शब्द - राममान तृषित स्वर - नारायण गोपाल, ज्ञानु राणा संगीत - शिवशंकर
मेरा बा देख्दैनन सपना महलहरु को,  किनकी उहाँको चिर निन्द्रा राडिमा छ।

मेरा बा देख्दैनन सपना महलहरु को, किनकी उहाँको चिर निन्द्रा राडिमा छ।

Uncategorized
अर्पण उत्कर्ष / कोसिपारी एउटा भाग्य बडो आजादिमा छ कारण पसिना संगै उ खाडिमा छ म फोडिरहन्छु चट्टान निरन्तर ... बिस्वास भाग्यमा हैन नाडिमा छ मैले हेरे अरे पक्का नियालेर हेरे , शत्रुको किटाणु आफ्नै साथिमा छ मालिनै बलात्कारी बन्न थाले देखि फुलहरुको इज्जत झनै बर्दादिमा छ म निलुं या ओकलु सरकार तिम्रो बेइमान को ह्ड्डी अझै घांटिमा छ मेरा बा देख्दैनन सपना महलहरु को किनकी उहाँको चिर निन्द्रा राडिमा छ बोनस शेर , घक्कु नलाउनु फुर्ती नलाउनु बरै !!! तिम्रो अनुहारको स्वरुप हांडिमा छ ।  
आइज निँदरी आइज

आइज निँदरी आइज

Uncategorized
– निर्मलमणि अधिकारी "आयोदधौम्य" सानैमा झोलुङ्गामा हल्लाउँदै सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो : “आइज निँदरी आइज … …” र म हाऽऽई गर्थें आँखा मिच्थें र निँदरी आउँथी । सानैमा बुई चढाएर पिठ्युँमा मेरी आमा चलाउनुहुन्थ्यो ढिकी; िरंगाउनुहुन्थ्यो जाँतो भर्थे संगीत ढिकीको ढक्ल्याक् ढक्ल्याक् आवाज; जाँतोको घ्वाईंघ्वाईं आवाज र मेरी आमाको मृदु स्वर लहरिन्थ्यो ः “आइज निँदरी आइज … …” र म हाऽऽई गर्थें आँखा मिच्थें र निँदरी आउँथी । सानैमा सुम्सुम्याउँदै मलाई परीकथा हाल्नुहुन्थ्यो मेरी आमा जहाँ- परीहरु हुन्थे परीकथामा दुःखीहरुपनि हुन्थे खलचरित्रहरु पनि त हुन्थे परीकथामा दुःखीहरु चिच्याउँथे; गर्थे अलाप-बिलाप खलचरित्रहरु मौका-बेमौकामा गर्थे अट्टाहास र परीहरु आइपुग्थे अचानक – उनीहरु दुःखीका आँसु पुछिदिन्थे उनीहरु बदमासहरुलाई दण्ड दिन्थे उनीहरु खुशी बाँडेर खुशी हुन्थे र उनीहरु आकाशतिर उड्थे उनीहरु बस्थे
भानुजयन्तीको अवसरमा

भानुजयन्तीको अवसरमा

Uncategorized
Ambika Dhital ---- रामायणको अनुवाद गर्यौ , हे भानुभक्त नेपाली भाषाको प्रचार गरी,बनायौ सशक्त भक्तमाला , प्रश्नोत्तर , बधुशिक्षा हुँदै रामगितामा आध्यात्मिक,भाव छ अभिव्यक्त अमरावती कान्तिपुरी ,सुन्दर नगरीमा व्यङ्ग्य गर्दै समाजको,चित्र खिच्यौ दुरूस्त भाषाहरूको एकीकरण,गरी नेपालमा जोगायौ हर नेपालीलाई,हुनबाट विरक्त सेवा गर्ने घाँसीको ,उच्च विचारलाई कदर गर्दै बन्यौ तिमी,सदा रामको भक्त प्रकृति र राष्ट्रप्रेम ,नैतिकता सिकाउने आदिकवि भानु प्रति छौँ,हामी अनुरक्त
रबिन बिष्ट ” स्नेही  काभ्रेपलाञ्चोक जिल्ला को मुर्झने शष्टा

रबिन बिष्ट ” स्नेही काभ्रेपलाञ्चोक जिल्ला को मुर्झने शष्टा

Uncategorized
म तिम्रै हु भनी, फकायो उसैले। खिचडी अनौठो, पकायो उसैले। भरोसा दिलायो, म मिले उसैमा, बनाएर झरी बागायो उसैले। भन्यो प्यार गर्छु लुटाएर आए, बद्नामी गरायो सतायो उसैले।