Best Online News From Nepal

Tag: समाचार

काठमाडौं, भक्तपुर र ललितपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइने

काठमाडौं, भक्तपुर र ललितपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइने

Uncategorized
सरकारले काठमाडौं उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ । सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालय र ट्राफिक प्रहरीलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर चलाउन पाइने छ । बिहान ५ कि ७ बजेसम्म सञ्चालन गर्न दिने भन्नेबारे निर्णय भइसकेको छैन । साउन १ गतेदेखि कार्यान्वय हुने गरी गृहको यो निर्देशनपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा भएका १०८ वटा दुर्घटनामध्ये ४० वटामा ट्रिपर संलग्न थिए । ट्रिपरका कारण जेठ महिनायता मात्र काठमाडौं उपत्यकामा ७ जनाको ज्यान गएको छ । ट्रिपरकै कारण आज विहान कलंकीमा र हिजो जडिबुटीमा एक–एक जनाको मृत्यु भएको भएको छ । Source: www.n
बजेट वितरण कतै खण्डवृष्टि कतै अतिवृष्टि र अनावृष्टि भएको छ, सांसद पदम गिरी(भिडियो सहित)

बजेट वितरण कतै खण्डवृष्टि कतै अतिवृष्टि र अनावृष्टि भएको छ, सांसद पदम गिरी(भिडियो सहित)

Uncategorized
पर्वत । संघिय संसदको वैठकमा बोल्दै सांसद पदम गिरीले पर्वतको विकास निर्माणमा केन्द्रिय सरकारको ध्यानाकर्षण गराएका छन । विनियोजन विधेयक र बजेट उपर भएको छलफलमा भाग लिँदै सांसद गिरीले पर्वतको समग्र विकासमा केन्द्रिय सरकारको ध्यानाकर्षण गराएका हुन । पहाडकोे पाङमा लिल्टिङ खानेपानी प्रविधिमा केन्द्रिय सरकारले यथेष्ट सहयोग गर्नुपर्ने उनको भनाई छ । पर्वतको पाङलाई देश भर चिनाउँदै तराईको दाङ जस्तै भएको गिरीले उल्लेख गरे । समथर र उब्जाउ युक्त भूमिमा सिचाईको अभाव रहेको उनको भनाई छ । यसैगरी कालीगण्डकी बहुउदेश्यीय परियोजनाको रकम समेत कम भएको भन्दै संवन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । पातिखोला र सेती खोलाले कटान गरेर बजार नै जोखिममा परीरहेको दृटान्त दिदै केन्द्रिय सरकारले यस तर्फ पनि ध्यान दिन जरुरी रहेको उनको भर्नाइ छ । कालीगण्डकी नदीले वारीवेनी देखि सेतीवेणीसम्मको थुप्रै बस्ती जोखिममा रहेको भन्दै त
पोखरामा जुवा खेल्दै गरेका ११ जना सहित १ लाख बढि समातियो

पोखरामा जुवा खेल्दै गरेका ११ जना सहित १ लाख बढि समातियो

Uncategorized
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ चापापानी स्थित एक घरमा जुवातास खेल्दै गरेको बेला ११ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राज गुरुङको घरमा जुवा तास खेली खेलाईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले तास खेलि खेलाईरहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ६ बुक तास र नगद १ लाख ६ हजार सहित पक्राउ गरी थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जि. कास्की पोखरालेखनाथ म.न.पा.-११ रानिपौवा बस्ने बर्ष ६२ को नेत्र बहादुर गुरुङ । जि. कास्की पोखरालेखनाथ म.न.पा.-११ रानिपौवा बस्ने बर्ष ५५ को लक्ष्मण गुरुङ । जि. कास्की पोखरालेखनाथ म.न.पा.-११ रानिपौवा बस्ने बर्ष ५५ को गगन गुरुङ । जि. कास्की पोखरालेखनाथ म.न.पा.-१२माटेपानि बस्ने बर्ष ६२ को कृष्ण गुरुङ । जि. कास्की पोखरालेखनाथ म.न.पा.-१२

विद्यालय छाड्दै घरेलु कामदार

Uncategorized
– सञ्चिता घिमिरे ललितपुर, १२ जेठ (रासस) ः सानेपास्थित टीका विद्याश्रम माविमा एक शैक्षिक सत्रमा केही वर्षयता झण्डै ६० जनासम्म विद्यार्थीले एक शैक्षिक सत्रमा विद्यालय छाड्ने गरेका छन् । शैक्षिक सत्रको शुरुमा भर्ना भएका विद्यार्थीमध्ये काठमाडौँ उपत्यका बाहिर घर हुनेहरु घर गएर नफर्कँदाबीचमा विद्यालय छाड्नेको संख्या बढेको छ । तीन वर्ष पहिले भने झण्डै बीचमा विद्यालय छाड्ने विद्यार्थीको संख्या ९० जनासम्म पुगेको थियो । वैशाखमा भर्ना भएका जम्मा विद्यार्थीमध्ये चैतसम्ममा ५० देखि ६० जनासम्म कम हुने गरेको विद्यालयकी शिक्षिका मुना शर्माले बताउनुभयो । काठमाडौँ उपत्यकाका नगर क्षेत्रका अरु विद्यालयमा जस्तै सो विद्यालयमा स्थानीय विद्यार्थी छैनन् । आसपासका क्षेत्रमा अरुका घरमा काम गर्ने घरेलु कामदार बालबालिका सबैभन्दा बढी छन् । उहाँ भन्नुहुन्छ, “घरधनीले ल्याएर भर्ना त गर्छन् तर उनीहरु कति समयसम्म पढ्छन््

विषयवस्तु वस्तुपरक ढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक

Uncategorized
काठमाडौँ, १२ जेठ । जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खलामा शुक्रबार वरिष्ठ चिन्तक गोपीरमण उपाध्यायले उत्पादनको पद्धति र प्रक्रिया बुझ्न तथा विषयवस्तुलाई वस्तुपरकढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक भएको बताउनुभएको छ । ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा चर्चा गर्दै चिन्तक उपाध्यायले माक्र्सवादले मानव जीवनको सर्वाेपरि आधार भनेको उत्पादन प्रक्रिया हो भन्ने मान्दछ, यसले भौतिक र सांस्कृतिक उत्पादनमा जोड दिन्छ, सामाजिक अन्तरविरोध र प्रक्रिया बुझ्नुपर्नेमा जोड दिन्छ, मानिस, समाज, वर्ग, दर्शन, युग, युगचेतना, विचार, दृष्टिकोण, राजनीति, सभ्यता, संस्कृतिका बारेमा बुझ्न माक्र्सवादको गहन अध्ययन आवश्यक हुने बताउँदैे भन्नुभयो, “सांस्कृतिक रूपान्तरण जबरजस्ती र एकैपटक हुँदैन यसका लागि चेतनाविकास नै सर्वाेपरि हुन्छ
पदम गिरीको चुनौती, विराटनगरबाट भारतीय सम्पर्क कार्यालय हटि रहँदा यो लम्पसारवाद हो की राष्ट्रवाद हो ?

पदम गिरीको चुनौती, विराटनगरबाट भारतीय सम्पर्क कार्यालय हटि रहँदा यो लम्पसारवाद हो की राष्ट्रवाद हो ?

Uncategorized
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका सांसद पदम गिरीले अब नेपाललाई गरिब र भिखारीको राष्ट्रबाट समृद्ध राष्ट्र बनाउनुपर्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे शुक्रबार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै उनले अब तीब्र आर्थिक विकासमा लम्किनुपर्ने उल्लेख गरेका छन् । सांसद गिरीले कांग्रेसप्रति कटाक्ष गर्दै निजीकरणका नाममा कलकारखाना बेचेर खाएको पनि आरोप लगाए । ‘बहुदलपछि निजीकरणका नाममा कलकारखाना बेचेर खाए, राजनीतिक परिवर्तनकै लागि लामो समय खर्चियौँ’, उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा जे जस्ता कुरा उठेका छन्, ती कुरा जायज छन् । अब गरिब र भिखारीहरुको राष्ट्र होइन, मागी खानेको राष्ट्र होइन भन्ने बनाउनुपर्छ, जनताले पनि भरोसा गरेका छन् ।’ डबल अंकको आर्थिक वृद्धि गर्ने कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै उनले महत्वाकांक्षी भयो भन्नेहरुलाई बुझेर मात्रै टिप्पणी गर्न आग्रह गरे । ‘रा
पूर्वराजा ज्ञानेन्द्र शाह रौतहटमा, दूर्गा मन्दिरमा पूजा

पूर्वराजा ज्ञानेन्द्र शाह रौतहटमा, दूर्गा मन्दिरमा पूजा

Uncategorized
११ जेठ, रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटको मत्सरीमा रहेको प्रसिद्ध दूर्गा मन्दिरमा पूजापाठ गरेका छन् । दुर्गा भगवती गाउँपालिका-३ मत्सरीमा रहेको दुर्गा मन्दिरमा बैदिक मन्त्रोउच्चारणका साथ उनले पूजा गरेका हुन् ।   पूर्वराजा ज्ञानेन्द्र शाह पूजा गर्न आउने जानकारी पाउन साथ ठूलो संख्यामा स्थानीयहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । पूर्वराजा शाहले दुर्गा मन्दिरमा करिब २५ मिनेटसम्म पूजा गरेका थिए । शाहले पूजा गरी रहँदा बाहिर भने स्थानीयहरुले राजाको समर्थनमा विभिन्न नारा लगाइरहेका थिए । मन्दिर समितिका तर्फबाट पूर्वराजालाई नागरिक अभिनन्दन समेत गरिएको थियो । पूजा पश्चात दुर्गा मन्दीर पूजा समितिद्वारा छन्द र गद्द पद्धतिबाट तयार पारिएको अभिनन्दन पत्र मत्सरीका मनोज झा र रुद्रनारायण झाले बाचन गरी पूर्वराजा ज्ञानेन्द्रलाई हस्तान्तरण गरेका थिए । संचारकर्मीको प्रश्नको जवाफका
बिहीबारदेखि पहाडी जिल्लामा चार्टर उडान बन्द

बिहीबारदेखि पहाडी जिल्लामा चार्टर उडान बन्द

Uncategorized
नेपालगन्जबाट प्रदेश ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर उडान बिहीबारदेखि बन्द हुने भएको छ । चार्टर उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि सरकारले चार्टर उडान बन्द गर्ने निर्णय गरेको हो । निजी विमानले चार्टर विमानका नाममा दोब्बरभन्दा बढी भाडा असुल गर्दै आएकामा अब त्यसो गर्न नपाउने भएका छन् । नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीका अनुसार भोलिदेखि नेपालगन्जबाट हुने सबै चार्टर उडान बन्द हुनेछन् भने समान भाडा दरसमेत कायम गरिएको छ । यसअघि सहुलियत उडानका नाममा हप्तामा एउटासम्म उडान गर्दै बाँकी ९० प्रतिशतभन्दा बढी चार्टर उडान हुने गरेको थियो । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने प्रमुख तिवारीले बताए । चार्टर बिमान बन्द गर्दा सबै यात्रुले तोकिएको समान शुल्कमा यात्रा गर्न पाउने सुनिश्चित भएको छ । हाल नेपालगंजबाट तारा, स
गौहत्यामा स्याङ्जामा तीनलाई मुद्दा दर्ता

गौहत्यामा स्याङ्जामा तीनलाई मुद्दा दर्ता

Uncategorized
रासस वालिङ, स्याङ्जा,  जेठ ९ स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ । वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो । स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ ।
पोखरामा काममा ढिला सुस्ती गर्ने ठेगदार प्रहरी फन्दामा

पोखरामा काममा ढिला सुस्ती गर्ने ठेगदार प्रहरी फन्दामा

Uncategorized
पोखरा, ४ जेठ /ठेक्का लिएको काममा ढिला सुस्ती गरेको भन्दै कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ का सुरेन्द्र बस्नेत सिरुवा कन्सक्ट्रनका प्रमुखलाई पक्राउ गरेको हो । स्थानीयले काममा ढिला सुस्ती भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिए पछि कास्की प्रशासनको आदेशमा प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । बस्नेतलाई बिहीबार पक्राउ गरी शुक्रबार छाडिएको उनले बताए । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ गगनगौडा स्थित पृथ्वि राजमार्ग सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ति गरेको कारण सवारी साधनहरुको आवागमनमा असर परेको र प्रदुषणको कारण स्थानियवासीहरुको स्वास्थ्यमा असर गरेको भन्दै उजुरी स्थानीले राखेको थिए । बस्नेतले जिम्मा लिएको निर्माण कार्यलाई कुनै पनि ढिलासुस्ति नगरी स्तरिय रुपमा छिटो भन्दा छिटो स