Shivahari Ghimire : तबेला, धिमेबाजा र बासुरको सुमधुर धुन । धुनसँगै जोसिलो स्वर भर्दैछन्, अनुहार चाउरिएका पाका पुस्ता। बूढापाकाको स्वरले युवा र विदेशी पर्यटकको ध्यान विस्तारै खिँच्दै छ । उनीहरू स्वर सुन्न त्यहाँ झुम्मिँदै छन्। सबैले चाखलाग्दो पारामा बूढापाकालाई नियाल्दै छन् । कोही उनीहरूसँगै स्वरमा डुब्न खोज्दैछन्।
गएको मंगलबार पाटन दरबार क्षेत्रमा पर्ने कात्तिक डबलीमा यस्तै दृश्य देखियो । मल्ल वंशको शासन समाप्त भएको साढे दुई सय वर्षपछि पनि पाटनमा मल्ल राजाका गीत गाइन्छ । ज्या पुन्ही (जेठ पूर्णिमा ) को उपलक्ष्यमा हरेक वर्ष यसरी नै सिद्धिनरसिंहका गीतमा पाटन क्षेत्रका बूढापाकाले स्वर भर्ने गर्छन् ।
पुराना रागसहितको गीतले दरबार क्षेत्र गुन्जित हुन्छ । यी गीतमा पाका केही पुस्ताले स्वर भर्छन् । गाउन अप्ठेरो र पुरानो रागलाई समात्न नयाँ पुस्ताले नसकेको पाटनका सहमान बज्राचार्यले बताए । उनले
काठमाडौँ — हनुमानढोका दरबार क्षेत्रको मुख्य सम्पदा माजुदेग पुनर्निर्माण सुरु गरिएको छ । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे ।
काठमाडौंको हनुमानढोका परिसरको माजुदेग मन्दिर । तस्बिर : कान्तिपुर
मन्दिर महानगरको खर्चमा पुनर्निर्माण गर्न लागिएको हो । यसको लागत ५ करोड ८८ हजार रुपैयाँ हुने महानगरले जनाएको छ । यसको निर्माणको ठेक्का प्राकृतिक सानु सुवा जेभीले पाएको छ ।
मेयर शाक्य र उपमेयर खड्गीले मन्दिरको माथिल्लो भागमा रहेको शिवलिंगमा पूजा गरेर सुरु गरेका थिए । १० वटा सिँढी चढेपछि मात्रै मन्दिरको जग सुरु हुन्छ । मेयर शाक्यले ‘मन्दिर पुनर्निर्माण गर्न लाग्ने पैसा महानगर आफैंले व्यहोर्ने बताए । उनले भने, ‘साना मन्दिर बनाउन अरूसँग हारगुहार गर्दैनौं ।’ शाक्यले भूकम्पल
अर्जुन भुसाल , भरतपुर महानगरपालिका-११ मा सथीत धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गरिने भएको छ ।
पत्रकार सम्मेलन गरी आयोजकले ‘गणेश धाम’ निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ लागिएको जानकारी दिइएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा एक हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो ।
महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ । महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको छ । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माणको काममा करिव १४ लाखको लागतमा डीपीआर निर्माण भइरहेको छ ।
अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुती दिदै आएको सत्याकृत ब्यान्डले नया गीत ”जिन्दगी ”को भिडियोलाइ शुक्रबार सार्वजनिक गरेको छ। रिलिज गीत ”जिन्दगी ”को भिडियोलाइ दुबईको मरुभुमी र समुन्द्री किनारमा खिचिएको हो ।
ब्याण्ड मेम्बर बिजय गौतमको शब्द र प्रजीत लामाको स्वर रहेको गीतमा प्रकाश न्यौपानेको क्यामेरा र निशान घिमिरेको सम्पादन रहेको छ। पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको ब्याण्डले अहिले भने सुफी शैलीको गीत ल्याएको हो ।
‘सत्याकृतले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको ने
पर्वत ।
पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर मृगौला पिडित ,मूटूरोगी लगायतकालाई सहयोग हस्तान्तरण गर्नु भएको छ । शेर वहादूर देउवा सरकारको वेला मन्त्रिपरिषदले पूर्व सांसद अर्जुन जोशीको पहलमा भएको निर्णय वमोजिम पर्वतका एक दर्जन भन्दा वढि दिर्घरोगीहरुले सहयोग प्राप्त गरेका छन् ।
पूर्व सांसद जोशीले कूश्मा नगरपालिका वडा नं ८ चूवा निवासी ५ वर्षिय मृगौला रोगी प्रमोद परियारलाई शूक्रवार विहान एक कार्यक्रमका विच एक लाख रुपैयाको चेक वालकको घरमा नै पूगेर हस्तान्तरण गर्नु भएको हो । उहांले वालकको परिवारको वास्ताविक अवस्था वूझेर वडा अध्यक्ष राजकूमार क्षेत्री वडा सदस्य शूरेन्द्र केसी लगायतको अनूरोधमा तत्कालिन शेर वहादर देउवा सरकारको क्याविनेट वाट निर्णय गराई सहयोग गर्न सफल भएको जानकारी दिनू भयो ।
उहांले यस्ता सहयोग सिंहदरवार वरीपरि वस्ने,पहू
भद्रपुर, ४ साउन
गौरीगञ्ज गाउँपालिका–५ को वडा कार्यालय बिहीबार उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सो कार्यालयको एक कार्यक्रमको बीच उद्घाटन गर्नुभएको हो । वडा कार्यालय सम्बन्धित वडामै स्थापना हुनुपर्ने नेपाल सरकारको नीति भए पनि करीब एक वर्षपछि मात्र गौरीगञ्ज गाउँपालिकाको वडा नं ५ ले सम्बन्धित वडामा नै कार्यालय स्थापना गर्न सकेको छ । यसअघि सो वडाले वडा नं ६ कै कार्यालयबाट सबै काम गर्दै आएको थियो ।
पाँच हजारभन्दा बढी जनसंख्या भएको वडामा कार्यालय स्थापना भएपछि वडावासीले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइको सिफारिस, जग्गाको चार किल्ला सिफारिस, नागरिकता सिफारिस, घरधुरी कर, घर, बाटो सिफारिस, मालपोत दस्तुर, सम्पत्ति मूल्यांकनको अंग्रेजी पत्र दिनेलगायतका सेवा पाउने छन् ।
वडाध्यक्ष विजयसिंह गन्गाईले राजवंशी, ताजपुरिया, गन्गाई तथा ऋषिदेव समुदायका मानिसको यस वड
जाजरकोट, ४ साउन
रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।
अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो । ८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करीब एक हजार २०० घरधुरीले प्रयोग गर्दै आइरहेका थिए । विद्युत् आपूर्ति सेवा बन्द भएसँगै वडा नं ७ को नार्जी, खत्रीगाउँ, कुमाइगाउँ, काप्रा, वडा नं ८ को सोतिखोला, बसिगाउँ, सोती गेष्मा र वडा नम्बर ९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
आर्थिक अभावले खहरे खोलाले बगाएको विद्युत् कुलो पुनःनिर्माण गर्न नसकिएको समितिका अध्यक्ष एवं वडा नम्बर ७ का अध्यक्ष इन्द्रलाल शर्माले बताउनुभयो ।
source:(रासस) ः
झोलुंगे पुलबाट पच्चिस सय घरधुरी लाभान्वित
बाबियाचौर, म्याग्दी, ४ साउन
दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् ।
पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ ।
रघुगंगा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा नेपालकै लामो (३६५.८ मिटर) झोलुंगे पुल निर्माण गरेको छ भने अन्य १० वटा झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएका हुन् ।
रु दुई करोड ७९ लाख ९० हजार १०० को लागतमा बनेको सो पुल २०७५ वैशाखदेखि सञ्चालनमा आएको थियो । यसबाट बेग र बादुक गाउँका बासिन्दालाई आवतजावत गर्न डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हट्नुका साथै पर्यटकको चहलपहल बढेको वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो