Best Online News From Nepal

Tag: सँस्कृति

क्याबिनेटको निर्णय फेसबुकबाट लाइभ

क्याबिनेटको निर्णय फेसबुकबाट लाइभ

Uncategorized
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब क्याबिनेट बैठकका निर्णयहरु फेसबुक र ट्विटरबाट लाइभ गरिने बताएका छन् । सरकारले सूचना लुकाएको बारे अनलाइनखबरले सोधेको प्रश्नमा मन्त्री बास्कोटाले भने– ‘जंगेले बोल्यो भनेपछि बोल्यो बोल्यो’ भन्ने छैन ! अपवादका घटना भए भने सूचना कसरी दिने भन्नेमा कुनै हार्ड एण्ड फास्ट नीति छैन ।’ मन्त्रालयमा विहीबार पत्रकार सम्मेलन गरेर क्याबिनेट बैठकका २२ वटा निर्णय सार्वजनिक गरेका मन्त्री बास्कोटाले शुक्रबार बिहान पत्रपत्रिकामा बलि बढी नै नजर दौडाए । क्याबिनेटका निर्णय लुकाएको आरोप खेपिरहेका बास्कोटाको चासो के रहेछ भने आफूले अल्लिो दिन दिएका सूचना पत्रपत्रिका मार्फत जनतामा कति प्रतिशत पुगे, कति लुके ? शुक्रबार दिउँसो अनलाइनखबरकर्मी मन्त्री बास्कोटाको च्याम्बरमा पुग्नासाथ उनले अघिल्लो दिनको २२ बुँदे प्रेस विज्ञप्ति देखाउँदै भने– ‘यहाँ
सुदूरपश्चिममा जात्राको रौनक सुरु

सुदूरपश्चिममा जात्राको रौनक सुरु

Uncategorized
बैतडी : नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको सुरुवात भएसँगै जात्राको रौनक सुरु भएको हो। कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ।   कात्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डीस्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ। दार्चुलामा रहेको नेपालकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्दछ। त्रिपुरासुन्दरी भगवत
११ बजेर ५५ मिनेटसाइत,आज भाइटीका

११ बजेर ५५ मिनेटसाइत,आज भाइटीका

Uncategorized
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको  छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
ऋषि वेदव्यासले लेखेको नेपाल !!

ऋषि वेदव्यासले लेखेको नेपाल !!

धर्म, भाषा /सँस्कृति
Govinda Upadhyaya.. ऋषि वेदव्यासले लेखेको नेपाल !! स्कन्द पुराण अन्तर्गतको हिमवतखण्डको सङ्कलन नेपालका राष्ट्रसन्त योगी नरहरिनाथको नेतृत्वमा देशभरीका करिव ८६ संस्कृतका विद्वानहरूले वि.स. २००४ देखि आरम्भ गरेका थिए | वि.स. २०१३ सालमा यो वनारसको श्रीराम प्रेस बुरानलावाट छापिएको थियो | हिमवत्खण्डलाई "नेपाल महात्म्य" पनि भनिन्छ | किनभने एसमा नेपाल र नेपालको उत्पत्ति, नेपालका राजबंशहरू र यहाँका तीर्थस्थलहरू र तिनको उत्पत्तिका विषयहरू प्रकाश पारिएको छ | हिमवत्खण्डमा १८९ अध्याय र १२५१२ श्लोकहरू छन् | बनारसबाट प्रकाशित गरिएको यो किताव काठमाडौँ उपत्यकाका विभिन्न हस्तलिखित प्रतिहरूबाट मिलान गरेर तयार पारिएको थियो | नेवारी, मैथिली, देवनागरी र तमिल लिपिमा यो पुस्तक उपलब्ध थियो | नेपाल महात्म्यका हस्तलिखित प्राचीन पुस्तकहरू कि नेपालमा र कि भारतको तमिलनाडु राज्यमा मात्र प्राप्त भएको जानकारी मैले वेभस

भरतपुरमा २० करोड उठाउने लक्ष्य साथ महायज्ञ

Uncategorized
अर्जुन भुसाल , भरतपुर महानगरपालिका-११ मा सथीत धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गरिने भएको छ । पत्रकार सम्मेलन गरी  आयोजकले ‘गणेश धाम’ निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ लागिएको जानकारी दिइएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा एक हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो । महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ । महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको छ । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माणको काममा करिव १४ लाखको लागतमा डीपीआर निर्माण भइरहेको छ ।  

कागले एउटै मात्र जीवन साथि किन बनाउछ?

आजको विचार
आज काग तिहार । आजको दिन कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ । एकातिर हामी कागलाई पूजा गर्छौं भने अर्कोतिर काग कराउनुलाई अशुभ संकेत मान्ने चलन पनि छ । काग, जसलाई हामीले उति महत्व र संरक्षण दिएका छैनौं । हुन त यो पंक्षी अहिले लोपोन्मुख अवस्थामा छैन । न दुर्लभ नै । विश्वको हरेकजसो कुनामा काग पाइन्छ भनिन्छ । वास्तवमा कागलाई पर्यावरणसँग पनि जोडेर हेरिन्छ । यो सर्वभक्षी पंक्षीले पर्यावरण रक्षामा राम्रो भूमिका खेल्ने बताइन्छ । अतः यहाँ कागसँग जोडिएका रोचक तथ्य पेश गरेका छौं । करिव चालिस प्रकारको काग पाइन्छ । यिनीहरुको आकारप्रकार भिन्न भिन्नै हुने गर्छ । –  रेवन एक प्रकारको काग हो, जो सामान्य कागको तुलनामा ठूलो हुन्छ । यसको आव
मान्छे उमार्ने प्रविधि : रक्तबीज

मान्छे उमार्ने प्रविधि : रक्तबीज

Uncategorized
रक्तबीज : रगतबाट मान्छे उमार्ने प्रविधि !! "चण्डी" भनिने संस्कृतको पुस्तक संभवत: धेरै नेपालीहरू पाठ गर्ने धार्मिक पुस्तक मध्ये पर्छ | केहीले केवल श्रद्धा र भक्तिले पढ्नुहुन्छ अर्थ बुझ्नु हुन्न भने केहीले अर्थ पनि बुझ्नुहुन्छ र पाठ पनि गर्नुहुन्छ | एसै चण्डी को आठौं अध्यायमा रक्तबीज नामको असुरसंग देवीको युद्ध हुन्छ | रक्तबीज बलियो त थियो नै उसमा एउटा अनौठो विशेषता पनि थियो | देवी महापुराणकाअनुसार उसले एस्तो विशेषता महादेवबाट वरदानमा प्राप्त गरेको थियो | अव प्रश्न उठ्छ - के थियो तेस्तो विशेषता ? आजभोली कुनै पशुको शरीरबाट एउटा सानो टिस्यु निकालेर तेसबाट दुरुस्तै तेही जनावर जन्माउन सकिने प्रविधिलाई "क्लोनिग" भन्ने गरिन्छ | डोली नामको भेडा एसको उदाहरण छ | यो विधिले प्रतिकृति बनाउनु निकै खर्चिलो हुन्छ | चण्डीमा उल्लेखित रक्तबीजको रगत यो क्लोनिक भन्दा धेरै उन्नत छ | रक्तबीजको शरीरमा रहेको हरे
किन लगाउने ब्रह्माले निर्माण गरेकाे ( यज्ञोपवित ) जनै ?

किन लगाउने ब्रह्माले निर्माण गरेकाे ( यज्ञोपवित ) जनै ?

Uncategorized
जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक अभिषेकमन्त्रबाट /अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । जनैको अर्को नाउँ ब्रह्मसूत्र हो । ब्रह्माले निर्माण गरेकाले यसलाई ब्रह्मसूत्र भनिएको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ । जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिए
अमेरिकामा  संस्कृत भाषामा कम्प्युटर आउदै-नेपालमा भने जल्लादहरु बाट किन सँस्कृत भाषा बहिस्कार?

अमेरिकामा संस्कृत भाषामा कम्प्युटर आउदै-नेपालमा भने जल्लादहरु बाट किन सँस्कृत भाषा बहिस्कार?

Uncategorized
१०२ अर्ब ७८ करोड शब्दहरु भएको संस्कृत भाषामा कम्प्युटर आउदै संस्कृत भाषा सिक्नुस् मधुमेह तथा उच्चरक्तचापको जोखिमबाट बच्नुस् नेपालमा माओवादीले नेपाली जनताहरुको कत्लेआम हत्या गर्ने युद्ध उत्कर्षमा पुगेका वेला संस्कृतको पठनपाठन हुने विद्यालय तथा विश्वविद्यालयमा सो पार्टीले विभिन्न खाले आक्रमण गर्यो । पाठ्यक्रममा समावेश गरिएका पाठ्यपुस्तक जलाउने, विद्यालयका पुस्तकालयहरू ध्वस्त पार्ने मात्र नभई संस्कृत पढाउने शिक्षकहरूको हत्या गर्नेसम्मको आक्रमण सस्कृतक्षेत्रले बेहोरेको यथार्त छर्लङनै छ । युरोपियन पादरिहरुले क्रचियन धर्म विस्तार गर्ने पहिला नेपाल जस्तो  देशको संस्कृति नष्ट गर्ने योजना अन्तर्गत नेपालमा योजनावद्व रुपमा  मन्दिर भत्काउने, संस्कृतका पाठक्रम जलाउने विद्वान पण्डित र गुरुकुल पढाउने शिक्षकहरुको खुलेआम कत्ल गर्ने जस्ता योजना क्रिचियनहरुको थीयो भन्दा अनर्थ नहोला? माओवादिहरुले देशका मठम
आज सप्तमी कालरात्री अर्थात् फूलपाती ? घतलाग्दो छ कथा

आज सप्तमी कालरात्री अर्थात् फूलपाती ? घतलाग्दो छ कथा

Uncategorized
अर्जुन भुसाल , काठमाडौं घटस्थापना देखि दशैंको विधिवत सुरुवात हुन्छ ।सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।आजदेखि हिन्दुहरुको दशैंको खास दिन  आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाऊघरमा पुगिसक्ने प्रचलन छ । कालरात्रीको पूजा उपासना गर्ने विधि पनि फरक-फरक छन् । आजका दिन साधका मन सहस्र चक्रमा स्थिर हुने र ब्रह्माण्डका समस्त ढोका खुल्छन् भन्ने मान्यता छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले