Best Online News From Nepal

Tag: विचार

हिन्दुका बिदा किन काटिए ?

हिन्दुका बिदा किन काटिए ?

Uncategorized
डा. विदुर चौलागाईँले एकपटक लेखेका थिए- हिन्दु नारी तीजमा एकदिन निराहार व्रत बस्दा विभिन्न कारणहरु देखाउँदै हिन्दु धर्मको नकारात्मक पक्ष भनी विश्लेषण गरिन्छ तर मुसलमानहरुको महिना दिनसम्म चल्ने रमदान या इद वा अन्य कुनै जातजातीको यस्तै पर्वका बारेमा कहिल्यै कुनै प्रश्न किन उठाइँदैन ।यसको उत्तर सजिलो छ, किनकि अरु धर्ममाथि प्रश्न उठाइयो भने त्यस धर्मका धर्मावलम्बीहरुले प्रतिकार गर्छन् तर हिन्दू माथि जति आक्रमण गरे पनि कुनै प्रतिरोध हुँदैन। अरु धर्मावलम्बीको विरोध गर्ने उद्देश्यमा यो लेख केन्द्रित छैन, न अरुले प्राप्त गरेको सुविधामा डाह उत्पन्न भएर नै लेखिएको हो। सबैले राज्यबाट समान अवसर प्राप्त गर्नु पर्दछ, जो नेपाल र नेपालीका आधिकारिक हुन् । खाली हिन्दुहरुको पर्वहरु माथिको आक्रमण रोकियोस् भन्ने मात्र आशय हो । नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बखत क्रिसमसका
किन लगाउने ब्रह्माले निर्माण गरेकाे ( यज्ञोपवित ) जनै ?

किन लगाउने ब्रह्माले निर्माण गरेकाे ( यज्ञोपवित ) जनै ?

Uncategorized
जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक अभिषेकमन्त्रबाट /अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । जनैको अर्को नाउँ ब्रह्मसूत्र हो । ब्रह्माले निर्माण गरेकाले यसलाई ब्रह्मसूत्र भनिएको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ । जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिए
बिमस्टेक सफल हुदा सार्क असफल भयो त?

बिमस्टेक सफल हुदा सार्क असफल भयो त?

Uncategorized
गोपाल खनाल   बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४–१५ मा सफलतापूर्वक काठमाडौंमा सम्पन्न भयो । त्यसले नेपालको अन्तराष्ट्रिय छबी बढ्यो भने नेपालको आत्माबिश्वास पनि बढ्यो । गोपाल खनाल पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासम्मले बिमस्टेक सम्मेलन सफल भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिए । प्रधानमन्त्री ओलीले उद्घाटनमा दिएको मन्तब्य र जारी काठमाडौं घोषणापत्रले प्रशंसा पायो । चुनौतिका वावजुद बिमस्टेक भब्य सफल हुँदा त्यसैलाई लिएर आलोचन गर्न चाहनेहरु अफ्ठ्यारामा परेको महसुस गर्न सकिन्छ । आलोचनायोग्य नभएपनि आलोचना गर्नुपर्छ भन्ने चेत भएकाहरुबाट दुई बिषयलाई विवादका रुपमा उठाउन खोजिएको छ । ती मध्ये पहिलो सार्कको भविश्यसँग सम्वन्धित छ भने दोश्रो बिमस्टेक ‘मिलिटरी प्याक्ट’ मा नेपाल प्रवेश गर्नु स्वतन्त्र परराष्ट्र नीति विपरित भन्नेसँग
पाँच महिनाअघि राष्ट्रको ढिकुटी रित्तै छ भन्नेहरूले अहिले राष्ट्र समृद्ध हुन थालेको छ भनेर त्यस्तै भ्रम छरिरहेका छन्

पाँच महिनाअघि राष्ट्रको ढिकुटी रित्तै छ भन्नेहरूले अहिले राष्ट्र समृद्ध हुन थालेको छ भनेर त्यस्तै भ्रम छरिरहेका छन्

Uncategorized
युवराज गौतम--- कुख्यात तस्कर पाब्लो एस्कोबारलाई कोलम्बिया सरकारले ‘फाइब स्टार’ होटलजस्तो जेल बनाएर राख्यो । सन् १९९३ मा उनको हत्या भएका दिनसम्म उनीसँग ३० अर्ब डलरको सम्पत्ति थियो । ४४ वर्षमात्र बाँचे, ती कोकिन (लागु पदार्थ) तस्कर । पत्रकारसँग भनेका थिए– समयको खेल हो, मसँग अर्बौँ डलर छ तर साह्रै दरिद्र छु। पहिलो भ्रम– पैसा पाएपछि अपराधीलाई पनि भोट दिन्छन् जनता । एस्कोबार पनि सांसद भएका थिए सन् १९८२ मा । तर पटकपटक जघन्य अपराधमा संलग्न एस्कोबारसँग न घनिष्ट साथी थिए, न इज्जत । त्यसैले उनले आफूलाई अर्बपति दरिद्र भनेका थिए। ‘जसरी पनि’ मानिस सत्तामा पुग्न सक्छ । अर्बपति बन्न सक्छ । नेपालमा पनि अपराधी पृष्ठभूमिका ‘प्रसिद्ध’ (?) व्यक्ति धेरै छन् । तर ती ‘दरिद्र’ छन् । विचार, निष्ठा, सिद्धान्त, आचरण अनि हरेक व्यवहारमा उनीहरू ‘तेरो र मेरो’ भाग छुट्याउँछन् । त्यसैले धन हुनेलाई मात्र ‘धनी’ ठान्ने र ज्ञ
आयोदधौम्य र मीमांसा दर्शन निर्देशन : एक पर्यवेक्षण

आयोदधौम्य र मीमांसा दर्शन निर्देशन : एक पर्यवेक्षण

Uncategorized
डा. माधवप्रसाद पाण्डेय प्रविष्टि वेदको तात्त्विक अर्थ गर्नुपर्दा मीमांसाको आश्रय लिनुपर्दछ । सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा र वेदान्त हिन्दुका यी षट् दर्शन हुन् । तिनलाई आस्तिक दर्शन भनिन्छ । शिक्षा, कल्प, व्यारण, निरुक्त, छन्द र ज्योतिष यी वेदाङ्ग हुन् । यसबाहेक उपाङ्ग पनि छन् । यीभन्दा जेठा र वेदपछिका ब्राह्मण, आरण्यक र उपनिषद् छन् । यी सबैका शाखा–प्रशाखा र उपशाखाहरू पनि प्रशस्त छन् । वेददेखिका हाम्रा यी परम्परा हुन् । यो परम्परा आजसम्म आइपुग्दा असंख्य पन्थ, सम्प्रदाय र ससाना विभिन्न नामका झुण्डहरूमा परिणत भैसकेका छन् । कतिपय त्यस्ता समूहहरू वैदिक मूल प्रवाहबाट पर पर सर्दै जाँदा भिन्दै पाटोतिर पलायन हुँदै बरालिएर दिग्भ्रमित हुन थालिसकेका छन् । यस्तो संव्रmमित बिन्दुमा आइपुग्दा वेदको मूल प्रवाह मीमांसा दर्शनका विषयमा केन्द्रित पुस्तिका बजारमा आएको छ । सबैले बुझ्नेगरी नेपाली भाषामा ल
मार्क्स र महागुरु Dr. Nirmala Mani Adhikary

मार्क्स र महागुरु Dr. Nirmala Mani Adhikary

Uncategorized
कार्ल मार्क्सका कतिपय कुरा बडो घतलाग्दा छन् । उनको सर्वहारावर्गको अधिनायकत्व, समाजवाद, साम्यवादको कुरा होइन, अरु नै । उनको कम्युनिस्ट सिद्धान्त हैन, त्यो बेकामे छ; तर उनको "कमोडिटी फेटिसिज्म" को व्याख्या बडो घतलाग्दो छ । मेरो जीवनमै घटित प्रसंग पनि छन् जसले “कमोडिटी फेटिसिज्म” को मार्क्सीय अवधारणालाई सत्य साबित गर्छन् । अहिले एउटा प्रसंग लिन्छु बाली (इण्डोनेशिया) को । बालीमा पूर्वनिर्धारित सबै कार्यक्रम सकेर घर फर्किने दिन बिहानै हामी (म, एकजना थाइ भिक्षु र चीन, भारत, जापान र अस्ट्रेलियाका प्राध्यापक मित्रहरु लगायत) बसेको स्थानमा आयोजक संस्थाहरु “हिन्दू धर्म विश्वविद्यालय” र “बाली पण्डित समाज” का कर्मचारीहरु केही कागजपत्रहरु तथा हाम्रा नाम लेखेका खामहरु सहित आइपुगे । भ्रमण भत्ता, दैनिक भत्ता आदि दिनका लागि आएका रहेछन् । उनीहरुले जहाँ जहाँ देखाए, हस्ताक्षर (सही) गरिदिएँ र उनीहरुले बडो विन
के यो संयोग मात्रै हो ?

के यो संयोग मात्रै हो ?

Uncategorized
हामी मनन गरौं, नेपाल विश्वकै प्राचीनतम सभ्यता र संस्कृति जीवन्त रूपमा लिएर बाँचेको मुलुक हो । यहाँका वैदिक सनातन, बौद्ध, जैन, किराँत, बोन, सिक्ख लगायतका धार्मिक मत र सम्प्रदायहरुका बीचमा विगतमा धर्मको नाउँमा हिंसात्मक झडप भएको इतिहास छैन । यहाँसम्म कि मेरो धर्म यो र तिम्रो धर्म त्यो भनेर पहिचान खोज्ने पद्धति पनि हाम्रो होइन । अर्कोतिर हामीले विश्वमा हालसालै रवाण्डा, सिरिया, इराक, अफगानिस्तानलगायतका देशहरूमा भएका घटनाहरुलाई नियाल्यौं भने एउटा कुरा प्रष्ट देखिन्छ । त्यो के भने सद्भावपूर्ण सम्बन्धमा बाँचेका स्थानीय जनताको बीचमा बाहिरी विधर्मी तत्वको प्रवेश हुँदा जातीय नरसंहार सम्म हुने गरी अविश्वास सिर्जना गराइयो र परिणामत: केही वर्षभित्रै लाखौंको नरसंहार मच्चाउने काम भयो । हाम्रा शत्रुहरुलाई के राम्रोसँग थाहा छ भने यदि हजारौं वर्षको हाम्रो जीवन्त इतिहासलाई मेट्न सकिएन भने हामी नेपाली अझै पनि
प्रदेश बाट देउवा लाई पत्र

प्रदेश बाट देउवा लाई पत्र

Uncategorized
देश बन्न देश ले सहि बाटो तय गर्न कि काङ्ग्रेस बेलै मा सच्चिनु पर्थ्यो कि काङ्रेस सिद्दिनु पर्थ्यो र यी दुबै कुरा हुन उसले यो चुनाव मा प्रतिकुल नतिजा ल्याउनु पर्थ्यो !! यथार्थ यही थियो जुन लगभग पुरा हुँदैछ अब २ पार्टी मिलेर हराए ? बाघ लाई बिरला मिलेर हराए ? यो वा त्यो भन्नु को कुनै अर्थ छैन त्यो सिर्फ पराजित मानसिक्ता को उपज हो.... बिकास संबृधी र स्थायित्वका मुद्धा हरु सम्बोधन नहुनुमा काङ्रेस मात्रै हैन सबै पार्टी को ऊत्तिकै दोस छ तर सिर्फ १/२ बर्ष पहिले देखी का तथ्य हरु मात्रै हेरौ जुन काङ्रेस यो गतिमा आइपुग्नुमा मुख्य कारण हुन देश मा नाकाबन्दी हुँदै गर्दा सारा जनता दु:ख मा हुँदा देश का तत्कालिन प्रधानमन्त्री स्वयमले भारत ले नाकाबन्दी गरेको भन्दा एकाध नेता बाहेक काङ्रेस ले भारत ले नाकाबन्दी लगाएर नेपाली ले दु:ख पाए भन्न नसक्नु, प्रहरी प्रमुख नियुक्ती मा देखाएको लज्जास्पद प्रब्रिती, न्यायलय
निर्वाचन प्रतिमान बहस

निर्वाचन प्रतिमान बहस

Uncategorized
नुमनाथ प्याकुरेल--- लोकतन्त्रको गहना नै आवधिक निर्वाचन हो। महान उत्सव जस्तो गरेर धुमधाम रुपमा मनाइने निर्वाचनको माहोल तातेको बेलामा मात्रै हैन, निर्वाचनको खास उद्दश्य जनतामा रहेको सार्वभौम सत्ता आफ्ना जनप्रतिनीधिहरुमा हस्तान्तरण गरी आफूलाई नै शासन गर्ने कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने जस्ता दीर्धकालीन लक्ष्य बोकेको निर्वाचन उसै पनि खास महत्वको छ। जनता प्रति जिम्वेवार, जवाफदेही, उत्तरदायी बनी साधारण जनता र सरकारको बिचमा पुल बनि राजनीतिक सामाजिकीकरण गर्ने आवधिक निर्वाचन लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण हुन्छ, तर नेपालको परिस्थिति भने नितान्त फरक देखिन्छ। मेन्यु हेर्यो हेर्यो लास्टमा ममस् भने जस्तै भ्रष्टचार, सिन्डिकेट, कमिसन, भागवन्डा, व्यभिचार र अकर्मण्यताको दोहोलो काढेर कुख्याति कमाएका नेतृत्व निर्वाचनको माहोलमा आफ्ना कुकृत्य कार्पेटमुनि राखेर कोट, पैन्ट तथा दौरामा अत्तर छ