Best Online News From Nepal

Tag: मन्दिर

कागले एउटै मात्र जीवन साथि किन बनाउछ?

आजको विचार
आज काग तिहार । आजको दिन कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ । एकातिर हामी कागलाई पूजा गर्छौं भने अर्कोतिर काग कराउनुलाई अशुभ संकेत मान्ने चलन पनि छ । काग, जसलाई हामीले उति महत्व र संरक्षण दिएका छैनौं । हुन त यो पंक्षी अहिले लोपोन्मुख अवस्थामा छैन । न दुर्लभ नै । विश्वको हरेकजसो कुनामा काग पाइन्छ भनिन्छ । वास्तवमा कागलाई पर्यावरणसँग पनि जोडेर हेरिन्छ । यो सर्वभक्षी पंक्षीले पर्यावरण रक्षामा राम्रो भूमिका खेल्ने बताइन्छ । अतः यहाँ कागसँग जोडिएका रोचक तथ्य पेश गरेका छौं । करिव चालिस प्रकारको काग पाइन्छ । यिनीहरुको आकारप्रकार भिन्न भिन्नै हुने गर्छ । –  रेवन एक प्रकारको काग हो, जो सामान्य कागको तुलनामा ठूलो हुन्छ । यसको आव
आज सप्तमी कालरात्री अर्थात् फूलपाती ? घतलाग्दो छ कथा

आज सप्तमी कालरात्री अर्थात् फूलपाती ? घतलाग्दो छ कथा

Uncategorized
अर्जुन भुसाल , काठमाडौं घटस्थापना देखि दशैंको विधिवत सुरुवात हुन्छ ।सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।आजदेखि हिन्दुहरुको दशैंको खास दिन  आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाऊघरमा पुगिसक्ने प्रचलन छ । कालरात्रीको पूजा उपासना गर्ने विधि पनि फरक-फरक छन् । आजका दिन साधका मन सहस्र चक्रमा स्थिर हुने र ब्रह्माण्डका समस्त ढोका खुल्छन् भन्ने मान्यता छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले
८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

Uncategorized
वासुदेव पौडेल  पोखरा, २८ असोज – चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहँु व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म(एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाका अनुसार विश्व ओमकार परिवारका ८८ हजार साधुसन्त एवं सर्वसाधारणको महामिलन गराउँदै व्यास क्षेत्रलाई विश्वकै वेद पूजनको मुख्यस्थल घोषणा गरिने छ ।“ओमकार परिवारलाई एउटै सूत्रमा बाँधी मानवीय भेदभाव, हत्या हिंसा र कुविचार परित्याग गरी एकाकार बन्दै वेदव्यासका परोपकारी भावलाई उजागर गर्नु नै महामिलनको मूल उद्देश्य हो,” उहाँले भन्नुभयो । एक महीनाभर विशेष प्रवचनका साथै वेदसहित विभिन्न पुराण, रुद्री, चण्डी आदिको पूजा एवं पाठ पारायणका साथै वैदिक सनातन विधिअनुसार शालिग्राम तथा पञ
नवरात्रको दोस्रो दिनः   मा ब्रह्मचारिणीको पूजा

नवरात्रको दोस्रो दिनः मा ब्रह्मचारिणीको पूजा

Uncategorized
५ असोज, काठमाडौं । अर्जुन भुसाल दूर्गा कवच मन्त्र– प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।। पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च। सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।। नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।। नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन , साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् ।ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्य
शंकराचार्य नियुक्ति विवाद

शंकराचार्य नियुक्ति विवाद

Uncategorized
भगवान भोले बाबा शंकर कै स्वरूप आदि शंकराचार्यले ८ औं शताब्दीमा अद्वैत दर्शनको प्रतिपादन गरी चार पीठहरू (१) पूर्वमा गोवर्धन पीठ २) पश्चिममा द्वारका शारदा पीठ ३) उत्तरमा ज्योतिर्मठ पीठ र ४) दक्षिणमा सृंगेरी शारदा पीठ को स्थापना गरी शंकराचार्य परम्पराको शुरूवात गर्नु भयो अर्थात यी चार पीठहरूमा शिद्ध योगी शंकराचार्य हुने परम्पराको शुरुवात ८ औं शताब्दीदेखि भएको हो। शंकराचार्य पदवी स्वयम् भगवान शिवजी स्वरूप आदि शंकराचार्यले ८ औं शताब्दीदेखि सुचारू गरेको पदवी हो, जसमा आशिन हुन १) वेदान्तको पूर्ण ज्ञाता हुनुपर्ने २) आजिवन विवाह नगरेको पूर्ण ब्रम्हचारी भै परमब्रम्ह परमात्माकै योगमा आरूढ भएको हुनुपर्ने ३) सन्यासी दण्डधारी हुनुपर्ने आदि न्यूनतम योग्यता आवश्यक हुंछ। आदि शंकराचार्यद्वारा स्थापित उत्तरको ज्योतिर्पीठमा पद खाली भएछ जसमा नेपालकी हेमानंद गिरी आशिन हुने खवरले म सहित हामी सबै नेपाली हर्षित
काभ्रेपलाञ्चोक जिल्लामा ३५० वर्ष पुरानो मन्दिर पुनर्निर्माणमा जुटे युवा

काभ्रेपलाञ्चोक जिल्लामा ३५० वर्ष पुरानो मन्दिर पुनर्निर्माणमा जुटे युवा

Uncategorized
#काभ्रेपलाञ्चोकको  जरोकिलो बचाऊन  जागे युवाहरु नमोबुद्ध नगरपालिका १ मा रहेको पुरातात्विक महत्वको मथुरेश्वर महादेवको पुरानो मन्दिर   पुनर्निर्माणको काम सुरु भएको छ। वि. सं. १७११ मा निर्माण भएको मथुरेश्वर महादेवको मन्दिरसँगै रहेको मथुरापाटीको पनि पुनर्निर्माण भइरहेको मन्दिर निर्माण समितिका अध्यक्ष विनोद सत्यालले जानकारी दिए। मन्दिर र पाटी पूरानै शैलीमा निर्माण गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान समितिको छ। मन्दिर पुनर्निर्माणका लागि साविकको मथुरापाटी गाविस सहित हालको नमोवुद्ध नगरपालिकाका स्थानीयसँग सहयोग संकलन भइरहेको स्थानीय युवा समाजसेवी प्रदीप सत्यालले जानकारी दिए। मन्दिर पुनर्निर्माण लागि नमोबुद्ध नगरपालिकाले चार लाख विनियोजन गरेको र बाँकी रकम चन्दाबाटै उठाइरहेको मन्दिर पुनर्निर्माण चन्दा संकलन समितिका संयोजक प्रकाश सत्यालले जानकारी दिए। यो मन्दिरमा बालाचर्तुदशीमा मेला लाग्दै आए