Best Online News From Nepal

Tag: मनोरञ्जन

विक्कि महतको नयाँ गित बजारमा

Uncategorized
काठमाडौँ २६, असोज हेटौडाका गायत विक्कि महतको नयाँ गित बजारमा आएको छ् । करन जोशी, सविन सुवेधि, सन्जय सोप,रबि शर्मा र विश्वास उप्रदीको स्वर रहेको दशैँ तिहार गित बजारमा आएको छ । शव्द तथा संगित विक्कि महतको र यारेन्ज सिद्धार्थ भट्टको रहेको रहेको छ् । स्वदेशमा चाडवाडले झपक्कै छोपेको छ । गाउँघरमा आमा, बुवा, श्रीमती, बालबच्चा दशैं तिहारको तयारीमा छन् । तर देशको आधाजसो जनसंख्या परदेशमा छ । कसैका छोरा, कसैका श्रीमान् अनि धेरैका बुवा जति खाडी मूलुकमा पसिना बगाउन बाध्य छन् । उनिहरुले विदेशमा गरेको मेहनतले नै त दशैं भित्रिन्छ गाउँघरमा । विविध विषय समेटेर युट्युब मार्फत सार्वजनीक भएको धिरेन्द्र चन्द सोडारीले बताए । https://www.youtube.com/watch?time_continue=2&v=8AG7dOG_2ss
दुबईको समुन्द्री किनारा र मरुभुमीमा सत्याकृतको ”जिन्दगी ”

दुबईको समुन्द्री किनारा र मरुभुमीमा सत्याकृतको ”जिन्दगी ”

Uncategorized
अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुती दिदै आएको सत्याकृत ब्यान्डले नया गीत ”जिन्दगी ”को भिडियोलाइ शुक्रबार सार्वजनिक गरेको छ। रिलिज गीत ”जिन्दगी ”को भिडियोलाइ दुबईको मरुभुमी र समुन्द्री किनारमा खिचिएको हो । ब्याण्ड मेम्बर बिजय गौतमको शब्द र प्रजीत लामाको स्वर रहेको गीतमा प्रकाश न्यौपानेको क्यामेरा र निशान घिमिरेको सम्पादन रहेको छ। पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको ब्याण्डले अहिले भने सुफी शैलीको गीत ल्याएको हो । ‘सत्याकृतले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको ने
मिस नेपाल भन्छिन्, ‘राजनीति गर्दिनँ, फिल्म पनि खेल्दिनँ’

मिस नेपाल भन्छिन्, ‘राजनीति गर्दिनँ, फिल्म पनि खेल्दिनँ’

Uncategorized
            मिस नेपाल-२०१८ श्रृंखला खतिवडाले फिल्न नखेल्ने बताएकी छन् । ‘मलाई अभिनय र नाच्न पनि राम्रोसँग आउँदैन’, मिस नेपाल भएपछि पहिलो पटक गृहनगर हेटौंडा आएकी खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘मिस नेपाल हुनेबित्तिकै अभियानमा आउनुपर्छ भन्ने पनि छैन ।’ राजनीति गर्दिनँ  आर्किटेक्टको विद्यार्थी भएकाले त्यही पेशामै अघि बढ्ने सोचमा रहेको खतिवडाले बताइन् । यसअघिका मिस नेपालभन्दा आफ्नो पृष्ठभूमि फरक रहेको उनले बताइन् । ‘म मिस नेपाल भएपनि मेरो जुन पेशा हो त्यसैमा रहन्छु’, उनले भनिन् । हजुरबुवा, बुवा र आमा नै सक्रिय राजनीतिमा रहे पनि आफू त्यसतर्फ नलाग्ने खतिवडाले स्पष्ट पारिन् । उनका बुवा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु सिग्देल प्रदेशसभा सदस्य हुन् । सरकारले बुझेन  मिस वल्र्डको ताज पहिरिने विश्वास दिलाउँदै उनले मिस नेपाललाई सरकारले नै बुझ्न सकेको  गुनासो गरिन् । ‘मेरोे अबको लक्ष
२२ वर्षीया शृङ्खला खतिवडाले जितिन ‘मिस नेपाल

२२ वर्षीया शृङ्खला खतिवडाले जितिन ‘मिस नेपाल

Uncategorized
काठमाडौं, २८ चैत । ‘मिस नेपाल २०१८’को ताज शृङ्खला खतिवडाले जितेकी छिन् । बुधबार अन्नपूर्ण होटेलमा भएको ग्राण्ड फिनालीमा प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । एक महिना लामो प्रशिक्षणपछि २५ प्रतिस्पर्धाीबाट छानिएका सात जना फाइनलिस्टबाट उनी छानिएका हुन् । अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला  ?’ प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । मिस नेपाल विजयी श्रृंखला खतिवडा । ५ फिट ६ इञ्चकी शृङ्खलाले कलेज टपर हुन्। उनी पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्टकी विद्यार्थी हुन्। लेखनमा पनि रुचि भएकी उनले आफ्नो
पानीघट्टलाई दर्शकको वाह्वाही

पानीघट्टलाई दर्शकको वाह्वाही

Uncategorized
पोखरा, चैत १३ गते पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा जारी राष्ट्रिय नाटक महोत्सवमा मङ्गलबार नेपाली र रङ्गकर्म र चलचित्रका विषयमा भएको बहसमा चर्काचर्की भएको छ । विश्व रङ्गमञ्च दिवसका अवसरमा आयोजित बहरमा निर्देशक नवीन सुब्बाले परम्परागत रङ्गमञ्चीय कर्ममा परिवर्तन ल्याउनुपर्ने तर्क गरिरहँदा कलाकार अरुणा कार्कीले सबै कुरा परम्पराबाटै सिकेको हुनाले त्यही गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो आजको नाटक पनि भरतमुनिको नाट्यशास्त्रकै निर्देशनमा अघि बढिरहेको छ’ सुब्बाले भन्नुभयो, ‘अब रङ्गमञ्च होस् वा चलचित्र हामीले आफूलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । यथास्थितिवादबाट बाहिर निस्कनुपर्ने भन्दै हाम्रो सोचाइको शैलीमै परिवर्तन ल्याउनुपर्ने सुब्बाको भनाइ थियो । कलाकार कार्कीले आफूले चलचित्र पैसाका लागि खेल्ने र रङ्गमञ्चमा काम गर्दा सन्तुष्टि प्राप्त गर्ने बताउनुभयो । उहाँले चलचित्रमा आफ्नोपन
गन्र्धव नाटकघरमा मान्द्रागोरा सर्कस देखाइयो आइतबार दिउँसो १ बजे र साँझ ५ बजे सर्कस देखाइने राजाराम पौडेल,

गन्र्धव नाटकघरमा मान्द्रागोरा सर्कस देखाइयो आइतबार दिउँसो १ बजे र साँझ ५ बजे सर्कस देखाइने राजाराम पौडेल,

Uncategorized
२६ फागुन, पोखरा पोखरा थिएटरको गन्र्धव नाटकघरमा शनिबार अर्जेन्टिनाको मान्द्रागोरा सर्कस देखाइयो । विना डाइलग देखाइएको यो सर्कसले उपस्थित दर्शकको मन जित्यो । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रिउज वार्कामोन्टको कुशल अभिनयले सर्कस हेर्ने दर्शकको ध्यान सजिलै खिच्यो । उनीहरुले शरिरलाई आवश्यकता अनुसार कसरी कन्टोल गर्न सकिन्छ भन्ने कुरा प्रस्तुती मार्फत देखाए । हेर्दा अत्यन्त कठिन लाग्ने मुम्मेन्ट साह्रै सहज तरिकाले प्रस्तुत गर्दा दर्शक अचम्मित बने । बिना शब्दको प्रस्तुती भएपनि दर्शकले सहज तरिकाले बुझे । कलाकारको मुम्मेन्ट, हाउभाउ को अलावा म्युजिक र लाइटले सर्कसलाई ओजनदार बनायो । टेक्निसियन आन्द्रे डाइजले दर्शकको ध्यान खिच्न आफ्नो प्राविधिक ज्ञान देखाइन् । विगत ८ वर्ष देखि विभिन्न देशमा निरन्तर देखाइएको यो सर्कस नेपालमा पहिलोपटक पोखरामा देखाइएको हो । यसरी सर्कस देखाउने मुलुकमा नेपाल ४
पंगा टेलर सार्वजनिक (हेर्नुहाेस भिडियो सहित )

पंगा टेलर सार्वजनिक (हेर्नुहाेस भिडियो सहित )

Uncategorized
पोखरा मंसिर २७ बुधवार पोखरामा कलाकारहरुको जमातले एउटाल फेरी उत्कृष्ट टेलिफिल्म ”पंगा” निर्माण गरेको छ। राम बाँस्तोलाको निर्देशनमा बनेको टेलिफिल्म ”पंगा” को टेलर बुधवार एक कार्यक्रम का विच सार्वजनिक गरिएको छ ।श्यामशुक्ला फिल्म प्रर्डक्सन को व्यानरमा निर्मीत टेलिश्रृङखलामा सामाजीक यथार्थतालाई चित्रण गर्ने प्रयास गरेको निर्देषक वास्तोलाले बताए । पोखराका विभिन्न रमणीय स्थलमा छायाङकन गरिएको टेलिश्रृङखला लाई पोखराको गण्डकी टेलिभिजन, पोखरा टेलिभिजन, र अमेरिकामा रहेको सगरमाथा टेलिभिजन बाट साथै श्यामशुक्ला इन्टरटेन्मेन्ट को युटुव चेनल बाट पनि सार्वजनिक गरने छ । राज पटेलले छायाङकन गरेको पंगाको सम्पादन अशोक आले मगर ले गरेका छन् भने कलाकारहरुमा पुर्ण जिसी, बज्रराज अधिकारी, अब्बास अली, प्रशिना आचार्य, रुपेश कार्की, डि. आर. काफ्ले, साहिल गायक, सुवास काफ्ले, उपेन्द्र गुरुङ, विक्रम घताने लगाएतलाई पाउन सक
दुक्तान गाउँ प्रर्वधनात्मक म्युजिक भिडियाे काे विमाेचन

दुक्तान गाउँ प्रर्वधनात्मक म्युजिक भिडियाे काे विमाेचन

Uncategorized
मंसिर २४ गते सोमबार, पर्वत जिल्लाको ऐतिहासिक साँस्कृतिक तथा पर्यटकीय गाँउबाट चिनिएको दुक्तान गाँउमा निर्माण भएको दुक्तान गाँउ प्रर्वधनात्मक म्युजिक भिडियो मंसिर २१ गते राती एक समारोहको वीच विमोचन गरिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा आएका दुक्तान गाँउमा स्थायी घर भई पोखरा, काठमाडौं तथा देशका विभिन्न स्थानमा बसोवास गर्ने तथा स्थानीय गाँउलेहरुको उपस्थितिमा गीतको विमोचन गरिएको थियो । गीतको महाशिला गाँउपालिका वडा नं. ५ का वडा सदस्य याम बहादुर गुरुङ, बौद्ध युवा क्लब, दुक्तानका अध्य्क्ष युवराज गुरुङ(सन्तु), स्थानीय बुद्धीजिवी भिम प्रसाद गुरुङ र सुनिल थापा ले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । गीतले दुक्तान गाँउको साँस्कृतिक पहिचानलाई अझ बलियो बनाउनुको साथै गाँउलाई अझ बढी पर्यटकीय स्थल बनाउन महत्वपुर्ण भुमिका खेल्न सहयोग गर्ने भन्दै गीतलाई सवै सामु पुर्याउन आवश्यक रहेको र
नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको पोष्टर आज अमेरिकाबाट रिलिज भयको छ

नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको पोष्टर आज अमेरिकाबाट रिलिज भयको छ

Uncategorized
अमेरिकाको न्यूयोर्कमा संपूर्ण छायाँकन भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक पोष्टर रिलिज भएको छ। लगभग पोष्ट–प्रोडक्सनको सवै काम संपन्न भैसकेको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव चाँडै रिलिजको क्रममा रहेको छ। यसको तयारीको क्रममा रहेको तीन निर्माता मध्येका अमेरिकामा नै रहेका एक निर्माता राजेश गुरुङले भनेका छन्। ठूलो सपना बोकेर अमेरिका पुग्ने नेपालीको अमेरिकामा बस्दाको बास्तविक कथा र उनीहरुको अमेरिका भोगाईको यथार्थ चलचित्रमा हेर्न र देख्न पाइने चलचित्रको पोष्टर रिलिज गर्ने क्रममा यस चलचित्रका निर्देशक तथा सम्पादक ईश्वर थापाको भनाई रहेको छ। सुरेन्द्र नकर्मीको लेखन तथा शंभु मोक्तानको छायाँकन रहेको यस चलचित्रमा इसान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, अञ्जली लामा, राजेश गुरुङ, रघु गिरी, संझना उप्रेती लगायतका कलाकारका साथमा नेपालका चर्चित गायक तथा नायक बा