Best Online News From Nepal

Tag: बिबिध

प्रेमिकाका दुई छोराको शव खाटमुनि लुकाएर फरार

प्रेमिकाका दुई छोराको शव खाटमुनि लुकाएर फरार

Uncategorized
काठमाडौं- हत्या गरिएको अवस्थामा बानेश्वरमा दुई बच्चाको शव खाटमुनी भेटिएको छ। बच्चाका आमाका प्रेमीले नै उनीहरुको हत्या गरेको हुनसक्ने  प्रहरीले जनाएको छ। शान्तिनगरको सुकुम्बासी बस्तीस्थित टहरामा शुक्रबार शव भेटिएको हो। टहरामा ताला लगाइकोमा गन्ध आएपछि टहरा खोलिएको थियो। सप्तरीको भोलहिया घर भएका ८ वर्षिय सुजन सरदार र उनका भाई ६ वर्षिय सुशिल सरदारको हत्या भएको हो। उनीहरु हराएको भन्दै आफन्तले १२ दिनअघि प्रहरीमा उजुरी दिउका थिए।  आमाका प्रेमी दिनेश यादबले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। दिनेश र बच्चाका आमा सम्झना सरदार विगत ५ महिनादेखि सँगै बस्दै आएका थिए। सम्झना हाल विराटनगरमा छिन्। उनी उपत्यका बाहिर गएका बेला दिनेशले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। यादबको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।
गाईबारे: नथापाएको प्रसङ्ग

गाईबारे: नथापाएको प्रसङ्ग

Uncategorized
गाईबारे: नथापाएको प्रसङ्ग (माल पाएर चाल नपाएका हामी) भैंसी , बाख्रा यी पशुको गोबरमा ६ ओटा तत्व हुन्छन ; गाईको गोबरमा सबै १८ किसिमको तत्वहरु हुन्छन ।क्यान्सरको सेल नष्ट गर्न उपयोग गरिने तत्व हो"कुर्कुमिन"। कुर्कुमिन क्यान्सरको सेल नष्ट गर्न अत्याधिक उपयोगी हुन्छ । कुर्कुमिनको प्रधान श्रोत गाईको पिसाव हो , कुर्कुमिन कै लागि अमेरिकालगायत पश्चिमी देशहरुका औषधि कम्पनीहरुले भारतबाट वार्षिक अरबौंको गौमुत्र खरिद गर्छन् । पश्चिममा बुझ्ने मानिसहरुले जर्सी गाईको मासु र दूध खाँदैनन। बैज्ञानिक अनुसन्धानले पुष्टि भएको छ जर्सीको दूध र मासुले क्यान्सरको रोग निम्ताउछ, उनीहरुले आफ्नो जर्सीको मासु प्याक गरेर अफ्रिका, एशिया र अरबमा पठाउछन। यहाँको गाइको मासु तस्करी गरेर उता पुर्याउछन ।आफ्नो जर्सी गाइको दूधहरु पाउडर बनाएर अन्य देशमा पठाउछन आफू खाँदैनन । अहिले पश्चिममा हाम्रो गाईको मासुको ठूलो माग छ त्यहाँको जर
अलिकति सोचौं त !!! रामायण र महाभारत

अलिकति सोचौं त !!! रामायण र महाभारत

Uncategorized
प्रवीण अधिकारी------   रामायण र महाभारत सनातनी हिन्दुहरुका अति श्रद्धाका साथ पढिने महान ग्रन्थ हुन | यी दुई ग्रन्थहरु लेखिएको समय फरक छ , पात्रहरु फरक छन | युगकाल अनुसार एउटा ग्रन्थको सम्बन्ध त्रेता संग र अर्को ग्रन्थको सम्बन्ध द्वापर युग संग छ | तरपनि यी दुई युगिन ग्रन्थहरुमा केही त्यस्ता समानता छन् जुन कुरा हाम्रा मानस पटलमा चित्रको रुपमा घुमेर विचित्रको बन्न पुग्छन किनभने ती कुराहरुमा पात्र र र घटनाको मात्र अन्तर छ :- असमानता भित्र समानता हेरौं =================== पहिले कुरो गरौँ महाभारत र रामायणको नाय‌िकाको सम्बन्धमा । रामायणकि नाय‌िका हुन् - सीता अनि महाभारतकी नायिका हुन - द्रौपदी | यी दुई विचको सबै भन्दा ठूलो समानता के हो भने यी दुवै लक्ष्मीका अवातार हुन र दुवै पात्र अयोनिजा अर्थात कसैको पाठे घरमा हुर्किएर योनिबाट निस्किएका होइनन | त्यसकारण यी दुबैलाई अयोन‌िजा भन्ने गरिएको
लखन दाजु (भाग(१)

लखन दाजु (भाग(१)

Uncategorized
नुम नाथ प्याकुरेल--- विहान उठेर सुचि हुँदै गर्दा, निरुले फोन गरेर गणेश स्थानमा रिजर्भ हायस माइक्रो बस लागिसकेको छ, झट्टै तयार भएर निस्कन भन्यो। करिव हप्तादिनको विदाको सदुयोग गर्ने उपयुक्त अवसर सँम्झदा मन त्यसै फुरङ थियो। यात्रामा समकालिन साथीहरु लक्ष्मी र शितल पनि थिए। झट्पट आवश्यक सामान झोलामा राखेर परिवारका सदस्यसंग बिदा लिई, घर बाट निस्किएँ। गणेश स्थान नपुग्दै निरु र शितलको घर पर्ने भएकाले, दुबैलाई बोलाउँदै, सँगै लिएर चौतारीमा पुग्दा यात्राका सहयात्रीहरु सबै जना आइपुग्नु भएको भएर, हामी गाडीमा पुगे लगत्तै, गाडी छुट्यो। यात्राको अन्तिम तर महत्वपूर्ण सहयात्री प्रकाश स्वंयम्भूमा बस्ने भएकाले रिङरोडै रिङरोड गाडी स्वयम्भू तर्फ हुँइकियो प्रकाश गाडीमा चढे लगत्तै गाडीले गन्तब्य तर्फ अघि बढ्यो। बालाजु पुगेर रिङरोडको बाटो कलंकीतिर लम्कदा, धुलाम्मे बाटो, गाडीको भिड यात्राको सुरुवात खासै शुभ थिएन