Best Online News From Nepal

Tag: बिचार/ब्लग

कागले एउटै मात्र जीवन साथि किन बनाउछ?

आजको विचार
आज काग तिहार । आजको दिन कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ । एकातिर हामी कागलाई पूजा गर्छौं भने अर्कोतिर काग कराउनुलाई अशुभ संकेत मान्ने चलन पनि छ । काग, जसलाई हामीले उति महत्व र संरक्षण दिएका छैनौं । हुन त यो पंक्षी अहिले लोपोन्मुख अवस्थामा छैन । न दुर्लभ नै । विश्वको हरेकजसो कुनामा काग पाइन्छ भनिन्छ । वास्तवमा कागलाई पर्यावरणसँग पनि जोडेर हेरिन्छ । यो सर्वभक्षी पंक्षीले पर्यावरण रक्षामा राम्रो भूमिका खेल्ने बताइन्छ । अतः यहाँ कागसँग जोडिएका रोचक तथ्य पेश गरेका छौं । करिव चालिस प्रकारको काग पाइन्छ । यिनीहरुको आकारप्रकार भिन्न भिन्नै हुने गर्छ । –  रेवन एक प्रकारको काग हो, जो सामान्य कागको तुलनामा ठूलो हुन्छ । यसको आव
आमानै गुमाइयो ससारमा के नै बाकि छ अब गुमाउन- दामोदर न्यौपाने

आमानै गुमाइयो ससारमा के नै बाकि छ अब गुमाउन- दामोदर न्यौपाने

Uncategorized
यस्तो अनुभूति बारम्बार भै रहन्छ ! सायद यहि होला डिप्रेसन ! हल्का डिप्रेसनमा जानू स्वभाविक होला । किनभने मातृबियोग जति ठूलो बज्रपात अरु ठानिदो रैन्छ । स‌न्सारमा धेरै बाकी छन ! छोराछोरिलाइ दुख नहोस भनेर सबै काम गर्न अघि सर्ने स्मार्ट बुबा हुनुहुन्छ । परिवारको सम्पुर्ण दायित्व आफै लिने कर्तब्यनिष्ठ दाइ हुनुहुन्छ ! 21 बर्ष देखि आमाले भन्दा एक स्टेप माथी हेरचाह गरिरहने भाउजू हुनुहुन्छ । 9 बर्ष देखी दुख सुखमा सहयात्रा गरिरहेकी श्रीमती छन । 5 बर्ष देखि छुनुमुनु गर्दै अनेक शिक्षा दिने छोरो छ । सानोबाबा भन्दै बारम्बार झ्याम्मिने छोरिहरु छन । दाजु भाइ भनेर नजिक भै रहने दिदी बहिनी छन । भतिज भनेर स्नेह दिइरहने काका हरु हुनुहुन्छ । आमा पछिको आमा जस्तो काकी हुनुहुन्छ । थुप्रै आफन्त हुनुहुनुछ ! दाजु भन्दै झ्याम्मिने देशभरका भाइ बहिनी छन ! यो सब थाहा छ मलाइ ! यति हुदा पनि केही नभए जस्तो । केही गुमाए जस्तो
खप्तड बाबा महत्पूर्ण भनाईहरु ‘म र मेरो कर्तव्य’

खप्तड बाबा महत्पूर्ण भनाईहरु ‘म र मेरो कर्तव्य’

Uncategorized
मेरो विचारमा कुनै पनि मानिसले बिर्सन नहुने र अत्यन्तै महत्त्वपूर्ण कुरा यही छ कि सांस्कृतिक स्वाधीनता नै वास्तविक स्वाधीनता हो. -खप्तड बाबा ('म र मेरो कर्तव्य' बाट उद्रितांश) _______________________ जुन जातिले आफ्नो संस्कृति, आफ्ना महापुरुषहरू र आफ्ना सत् साहित्यहरूप्रति अश्रद्धा गर्दछ त्यो जाति प्राय: नष्ट नै हुने गर्दछ. -खप्तड बाबा ('आत्मज्ञान' बाट उद्रितांश) _______________________ मुख्य कुरा यही छ कि अनेक जातिले एकपटक गुमाइसकेको राजनीतिक स्वाधीनता समय र परिस्थितिले साथ दिँदा पुन: फर्काएका छन्. तर एकपटक गुमिसकेको धार्मिक र सांस्कृतिक परम्परा अपरिवर्तित र पूर्ण रूपमा कायम गर्नु पूर्णरूपमा कायम गर्नु कुनै पनि समुदायको जीवनमा प्राय: असम्भव छ. -खप्तड बाबा ( बाट उद्रितांश) ______________________ आज तँ अरूको कर्तव्यमा दृष्टि राख्तछस् र त्यसद्वारा आफ्नो अधिकारलाई सुरक्षित देख्न चाहन्छस्.
आयोदधौम्य र मीमांसा दर्शन निर्देशन : एक पर्यवेक्षण

आयोदधौम्य र मीमांसा दर्शन निर्देशन : एक पर्यवेक्षण

Uncategorized
डा. माधवप्रसाद पाण्डेय प्रविष्टि वेदको तात्त्विक अर्थ गर्नुपर्दा मीमांसाको आश्रय लिनुपर्दछ । सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा र वेदान्त हिन्दुका यी षट् दर्शन हुन् । तिनलाई आस्तिक दर्शन भनिन्छ । शिक्षा, कल्प, व्यारण, निरुक्त, छन्द र ज्योतिष यी वेदाङ्ग हुन् । यसबाहेक उपाङ्ग पनि छन् । यीभन्दा जेठा र वेदपछिका ब्राह्मण, आरण्यक र उपनिषद् छन् । यी सबैका शाखा–प्रशाखा र उपशाखाहरू पनि प्रशस्त छन् । वेददेखिका हाम्रा यी परम्परा हुन् । यो परम्परा आजसम्म आइपुग्दा असंख्य पन्थ, सम्प्रदाय र ससाना विभिन्न नामका झुण्डहरूमा परिणत भैसकेका छन् । कतिपय त्यस्ता समूहहरू वैदिक मूल प्रवाहबाट पर पर सर्दै जाँदा भिन्दै पाटोतिर पलायन हुँदै बरालिएर दिग्भ्रमित हुन थालिसकेका छन् । यस्तो संव्रmमित बिन्दुमा आइपुग्दा वेदको मूल प्रवाह मीमांसा दर्शनका विषयमा केन्द्रित पुस्तिका बजारमा आएको छ । सबैले बुझ्नेगरी नेपाली भाषामा ल
दिगो विकासबाटै समृद्धि

दिगो विकासबाटै समृद्धि

Uncategorized
सुमित भण्डारी  प्रकृतिको विनाश नगरी वर्तमानको आवश्यकताको पूर्ति गर्न सक्ने गरी दिगो विकास हुनु आजको आवश्यकता हो । भविष्यमा हाम्रा सन्ततिको आवश्यकतालाई पूरा गर्न पनि सम्भव होस् भन्ने कल्पना आजैबाट गर्नुपर्दछ । तत्काल भएका सम्भावनालाई बचाउन सकिएन भने दिगो विकास पनि अधुरो नै रहन्छ । आर्थिक वृिद्घले पर्यावरणीय एवम् सामाजिक परिणामलाई जन्म दिन्छ, जो धेरै खतरनाक हुन्छ । यस्तो विकासले वातावरण जैविक विविधता, प्राकृतिक स्रोत, साधन तथा वायुमण्डलीय परिस्थितिमा नैसर्गिक स्वरूपको ठूलो क्षति पुर्याउँछ । प्राकृतिक स्रोत साधनको जथाभावी दोहनले दीर्घकालीन पर्यावरणमा ठूलो असर गर्छ । अनियन्त्रित औद्योगिकीकरणले एकातिर पर्यावरणीय जैविक विविधतालाई नष्ट गर्छ भने अर्कोतिर वनको विनाश गर्छ । त्यसैगरी बस्ती विस्थापनको सङ्कट पनि उत्पन्न गर्छ । यस्तो विकासले सामाजिक तथा आर्थिक परिणाम पनि गम्भीर बनाउँछ । यस किसिमको वि
नेपाल निर्माण नेपाली नै गर्नुपर्छः जयराम लामिछाने

नेपाल निर्माण नेपाली नै गर्नुपर्छः जयराम लामिछाने

Uncategorized
काठमाडौं । इमेज च्यानललाई अन्तरवार्ता दिँदै निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा स्वच्छन्द निर्माण सेवाका सञ्चालक जयराम लामिछानेले विदेशीले बनाइरहेका मेलम्ची खानेपानी आयोजना लागत बढाएर विदेशीले लगेकै छ र पनि समयमा सम्पन्न गरेको छैन । चिलिमे जलविद्युत आयोजना तोकेको समयमा सम्पन्न नभएर लागत पनि बढेको छ । कुलेखानी तेश्रो समस्या त्यस्तै छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमाको काम गर्न जिम्मा लिएको कम्पनिले कामलाई अलपत्र छोडेर गएको छ । मेरो आशय विदेशी प्रविधि सीप तरिका हामी उनीहरुबाट सिक्न सक्छौं तर विदेशीलाई भित्र्याएर उनीहरुको तिनपन्ने कागजलाई कमिशन दिनमात्र तिनलाई यहाँ भित्र्याउन सक्दैनौ । अहिले भइरहेको निर्माण व्यवसायी माथि मात्र एकतर्फी आक्रमण भइरहेको निर्माण कामहरु समयमा नै सम्पन्न गर्न नसक्नुमा सम्झौतापक्ष, डिजाइनर, कानूनी समस्या जस्ता तीनवटा पक्ष जोडिएको र दोषी तिनै पक्
गाईबारे: नथापाएको प्रसङ्ग

गाईबारे: नथापाएको प्रसङ्ग

Uncategorized
गाईबारे: नथापाएको प्रसङ्ग (माल पाएर चाल नपाएका हामी) भैंसी , बाख्रा यी पशुको गोबरमा ६ ओटा तत्व हुन्छन ; गाईको गोबरमा सबै १८ किसिमको तत्वहरु हुन्छन ।क्यान्सरको सेल नष्ट गर्न उपयोग गरिने तत्व हो"कुर्कुमिन"। कुर्कुमिन क्यान्सरको सेल नष्ट गर्न अत्याधिक उपयोगी हुन्छ । कुर्कुमिनको प्रधान श्रोत गाईको पिसाव हो , कुर्कुमिन कै लागि अमेरिकालगायत पश्चिमी देशहरुका औषधि कम्पनीहरुले भारतबाट वार्षिक अरबौंको गौमुत्र खरिद गर्छन् । पश्चिममा बुझ्ने मानिसहरुले जर्सी गाईको मासु र दूध खाँदैनन। बैज्ञानिक अनुसन्धानले पुष्टि भएको छ जर्सीको दूध र मासुले क्यान्सरको रोग निम्ताउछ, उनीहरुले आफ्नो जर्सीको मासु प्याक गरेर अफ्रिका, एशिया र अरबमा पठाउछन। यहाँको गाइको मासु तस्करी गरेर उता पुर्याउछन ।आफ्नो जर्सी गाइको दूधहरु पाउडर बनाएर अन्य देशमा पठाउछन आफू खाँदैनन । अहिले पश्चिममा हाम्रो गाईको मासुको ठूलो माग छ त्यहाँको जर
यक्ष र युधिष्ठिरबीचको संवाद- (सनातन धर्मको निचोड)

यक्ष र युधिष्ठिरबीचको संवाद- (सनातन धर्मको निचोड)

Uncategorized
यक्ष र युधिष्ठिरबीचको संवाद- (सनातन धर्मको निचोड) ************************** यक्ष– जीवनको उद्देश्य के हो ? युधिष्ठिर – जीवनको उद्देश्य जीवमा भएको चेतन तत्वलाई जान्नु हो र जिबन/मरणको चक्रबाट छुटकारा पाउनु हो । जिबन/मरणको चक्रबाट छुटकारा पाउनु नै मोक्ष हो | यक्ष– जन्मको कारण के हो ? युधिष्ठिर – अतृप्त वासना, कामना र कर्मफल नै जन्मको कारण हो। यक्ष– जन्म र मरणको बन्धनबाट को मुक्त छ ? युधिष्ठिर – जसले स्वयंलाई अर्थात त्यस आत्मालाई जान्यो त्यो जन्म/मरणको बन्धनबाट मुक्त छ । यक्ष– वासना र जन्मबीच के सम्बन्ध छ ? युधिष्ठिर – जस्तो वासना त्यस्तै जन्म। यदि वासना पशु जस्तो छ भने पशु योनिमा जन्म। यदि वासना मनुष्य जस्तो छ भने मनुष्य योनिमा जन्म। यक्ष– संसारमा दुःख किन छ ? युधिष्ठिर – लालच, स्वार्थ, भय संसारको दुःखको कारण हो । यक्ष–त्यसो भए ईश्वरले दुःखको रचना किन गरे ? युधिष्ठिर – ईश्वरले संसारको रच
कू-संस्कारबाट  चांडो बाहिर निस्केको राम्रो

कू-संस्कारबाट चांडो बाहिर निस्केको राम्रो

Uncategorized
Hindu-Nepal छुवाछुत हिन्दूत्वका लागि कलंक हो | हामी मानसिक र ब्यबहारिक रूपमा यो कू-संस्कारबाट जतिसक्दो चांडो बाहिर निस्केको राम्रो | राज्यले कानुन बनाएर मात्रै पुग्दैन | कार्यान्वयनको समिक्षा गर्नुपर्छ | गफ र कानुनी ब्यबस्थाले समाजवदलिने भए २००७ साल देखि छुवाछुत विरोधी कानुन छ तर हामी मध्येका धेरै मानिसहरू वदलिएनन् | 'दलित' पहिचान होइन | दलित जात होइन | अवस्था पनि होइन | दलित एउटा चिन्तन हो | जुन चिन्तनले हाम्रो संस्कृतिलाई कमजोर बनाइरहेको छ | जसले विधर्मीहरूलाई हिन्दू धर्म र संस्कृतिको गौरवलाई कलंकित गर्ने हतियार दिइरहेको छ |हामीलाई कम्जोर र भ्रमित पारिरहेको छ |अहिले हाम्रो पहिलो चुनौती भनेको नै 'दलितपन'लाई परिचयका रूपमा ब्याख्या गर्ने र त्यसका आधारमा हिन्दूहरू बीच द्वन्द गराउने 'जातीय'तासंग छ | हामी वीचको असमानता जातीय (racial) होइन स्वजातीय हो | दक्षिण अफ्रिकाको जातीय उन्मुक्तिको सन्दर