Best Online News From Nepal

Tag: नेपाली भाषा

हाम्राे भाषा मा के भइरहेछ ?

हाम्राे भाषा मा के भइरहेछ ?

Uncategorized
मुकुन्द शरण उपाध्याय------- १ तिथि मिति थाहा छैन कति महीना अघि हाे, दीनानाथ शर्मा शिक्षामन्त्री थिए । उनले एउटा भाषिक अादेश दिए, अब उप्रान्त एसरी एसरी लेखे मात्र शुद्ध मानिनेछ अन्यथा अशुद्ध मानिनेछ र तेस्ताे कृति छाप्न पाइने छैन भनेर । २ तर दीनानाथ शर्मा लेखक पनि हुन्, तेसै बेला उनकाे एउटा पुस्तक छापियाे । मन्त्री ले पुस्तक मा गडबड भाषा देखे, किन एस्ताे अशुद्ध भाषा ? भनेर साेध्दा प्रकाशक ले भने ' याे त उही हजूर बाट जारी नियम अनुसारै छापिएकाे छ ' । प्रकाशक काे कुरा ले उनी झस्के, उनलाई गलत अादेश गर्ने काम मा फँसाइएकाे बाेध भयाे र लाेकार्पण नै स्थगित गरेर फेरि अर्काे पुस्तक छपाउन लगाए । याे कुरा मन्त्री ले सभा मै खुलस्त गरेका हुन् । पछि उनले अाफू मेराे निवास मा अाएकाे बेला मा पनि याे कुरा भने । ३ मन्त्रीपद बाट हटे पछि उनले अाफू ले जारी गरेकाे हिज्जे नीति गलत थियाे भनेर अर्का शिक्षामन्त्र
भाषिक विमर्श ,अव्यय र अव्यय को वर्णविन्यास

भाषिक विमर्श ,अव्यय र अव्यय को वर्णविन्यास

Uncategorized
Lok Mani Paudel--- नेपाली कसरी शुद्ध लेख्ने भन्ने शृंखला मा अव्यय र अव्यय को वर्णविन्यास अत्यन्त महत्त्वपूर्ण र नजानी नहुने विषय हो । अव्यय का बारे मा धेरै लाई अलमल पर्ने गरेको छ । अलमल हुने दुइटा कुरा छन्– एक त अव्यय भनेका कस्ता शब्द हुन् र दोस्रो अव्यय को वर्णविन्यास कस्तो हुन्छ ? यहाँ हामीले इनै दुई विषय मा छोटो विमर्श गर्ने छौं । कुनै पनि पुरुष, लिंग, काल र वचन ले विकार उत्पन्न गर्न नसक्ने पद वा शब्द लाई अव्यय भनिन्छ । अव्यय भित्र क्रिया विशेषण, विभक्ति, निपात, संयोजक र विस्मयवाचक शब्दहरु पर्दछन् । जस्तो कि हिजो, भोलि, पर्सि, सुस्तरी, ढिलो, चाहिं, कि, नि, माथी आदि अव्यय हुन् । सामान्यतया वाक्य बनाउँदा इनीहरु मा "हरु" जोड्न मिल्दैन । तल केही उदाहरण बाट थप बुझ्ने प्रयास गरौं । राम सुस्तरी खान्छ । हामीहरु सुस्तरी बोल्थ्यौं । रीता सुस्तरी हिँड्ली । यी तीनै वटा वाक्य मा सुस्तरी को रुप पर