Best Online News From Nepal

Tag: नेपाली भाषा

हिन्दुका बिदा किन काटिए ?

हिन्दुका बिदा किन काटिए ?

Uncategorized
डा. विदुर चौलागाईँले एकपटक लेखेका थिए- हिन्दु नारी तीजमा एकदिन निराहार व्रत बस्दा विभिन्न कारणहरु देखाउँदै हिन्दु धर्मको नकारात्मक पक्ष भनी विश्लेषण गरिन्छ तर मुसलमानहरुको महिना दिनसम्म चल्ने रमदान या इद वा अन्य कुनै जातजातीको यस्तै पर्वका बारेमा कहिल्यै कुनै प्रश्न किन उठाइँदैन ।यसको उत्तर सजिलो छ, किनकि अरु धर्ममाथि प्रश्न उठाइयो भने त्यस धर्मका धर्मावलम्बीहरुले प्रतिकार गर्छन् तर हिन्दू माथि जति आक्रमण गरे पनि कुनै प्रतिरोध हुँदैन। अरु धर्मावलम्बीको विरोध गर्ने उद्देश्यमा यो लेख केन्द्रित छैन, न अरुले प्राप्त गरेको सुविधामा डाह उत्पन्न भएर नै लेखिएको हो। सबैले राज्यबाट समान अवसर प्राप्त गर्नु पर्दछ, जो नेपाल र नेपालीका आधिकारिक हुन् । खाली हिन्दुहरुको पर्वहरु माथिको आक्रमण रोकियोस् भन्ने मात्र आशय हो । नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बखत क्रिसमसका
ऋषि वेदव्यासले लेखेको नेपाल !!

ऋषि वेदव्यासले लेखेको नेपाल !!

धर्म, भाषा /सँस्कृति
Govinda Upadhyaya.. ऋषि वेदव्यासले लेखेको नेपाल !! स्कन्द पुराण अन्तर्गतको हिमवतखण्डको सङ्कलन नेपालका राष्ट्रसन्त योगी नरहरिनाथको नेतृत्वमा देशभरीका करिव ८६ संस्कृतका विद्वानहरूले वि.स. २००४ देखि आरम्भ गरेका थिए | वि.स. २०१३ सालमा यो वनारसको श्रीराम प्रेस बुरानलावाट छापिएको थियो | हिमवत्खण्डलाई "नेपाल महात्म्य" पनि भनिन्छ | किनभने एसमा नेपाल र नेपालको उत्पत्ति, नेपालका राजबंशहरू र यहाँका तीर्थस्थलहरू र तिनको उत्पत्तिका विषयहरू प्रकाश पारिएको छ | हिमवत्खण्डमा १८९ अध्याय र १२५१२ श्लोकहरू छन् | बनारसबाट प्रकाशित गरिएको यो किताव काठमाडौँ उपत्यकाका विभिन्न हस्तलिखित प्रतिहरूबाट मिलान गरेर तयार पारिएको थियो | नेवारी, मैथिली, देवनागरी र तमिल लिपिमा यो पुस्तक उपलब्ध थियो | नेपाल महात्म्यका हस्तलिखित प्राचीन पुस्तकहरू कि नेपालमा र कि भारतको तमिलनाडु राज्यमा मात्र प्राप्त भएको जानकारी मैले वेभस
आज सप्तमी कालरात्री अर्थात् फूलपाती ? घतलाग्दो छ कथा

आज सप्तमी कालरात्री अर्थात् फूलपाती ? घतलाग्दो छ कथा

Uncategorized
अर्जुन भुसाल , काठमाडौं घटस्थापना देखि दशैंको विधिवत सुरुवात हुन्छ ।सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।आजदेखि हिन्दुहरुको दशैंको खास दिन  आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाऊघरमा पुगिसक्ने प्रचलन छ । कालरात्रीको पूजा उपासना गर्ने विधि पनि फरक-फरक छन् । आजका दिन साधका मन सहस्र चक्रमा स्थिर हुने र ब्रह्माण्डका समस्त ढोका खुल्छन् भन्ने मान्यता छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले
खप्तड बाबा महत्पूर्ण भनाईहरु ‘म र मेरो कर्तव्य’

खप्तड बाबा महत्पूर्ण भनाईहरु ‘म र मेरो कर्तव्य’

Uncategorized
मेरो विचारमा कुनै पनि मानिसले बिर्सन नहुने र अत्यन्तै महत्त्वपूर्ण कुरा यही छ कि सांस्कृतिक स्वाधीनता नै वास्तविक स्वाधीनता हो. -खप्तड बाबा ('म र मेरो कर्तव्य' बाट उद्रितांश) _______________________ जुन जातिले आफ्नो संस्कृति, आफ्ना महापुरुषहरू र आफ्ना सत् साहित्यहरूप्रति अश्रद्धा गर्दछ त्यो जाति प्राय: नष्ट नै हुने गर्दछ. -खप्तड बाबा ('आत्मज्ञान' बाट उद्रितांश) _______________________ मुख्य कुरा यही छ कि अनेक जातिले एकपटक गुमाइसकेको राजनीतिक स्वाधीनता समय र परिस्थितिले साथ दिँदा पुन: फर्काएका छन्. तर एकपटक गुमिसकेको धार्मिक र सांस्कृतिक परम्परा अपरिवर्तित र पूर्ण रूपमा कायम गर्नु पूर्णरूपमा कायम गर्नु कुनै पनि समुदायको जीवनमा प्राय: असम्भव छ. -खप्तड बाबा ( बाट उद्रितांश) ______________________ आज तँ अरूको कर्तव्यमा दृष्टि राख्तछस् र त्यसद्वारा आफ्नो अधिकारलाई सुरक्षित देख्न चाहन्छस्.
‘बुद्धको शिक्षाले बदल्छ जीवन

‘बुद्धको शिक्षाले बदल्छ जीवन

Uncategorized
आधुनिक शिक्षाले मानिसलाई नवीन खोज तथा अनुसन्धानतर्फ अग्रसर गराए पनि नैतिक मूल्य–मान्यताको बोध गराउन सकेको छैन । पछिल्लो मानिस विभिन्न व्यक्तिगत तथा सामाजिक समस्याबाट आक्रान्त छन् । भविष्यको ‘आशादीप’ बन्नुपर्ने युवा पुस्ता कुलतको सिकार बन्दै गएको छ । हिमालयन बौद्ध धर्मका महामहोपाध्याय ठाङ्गु रिन्पोछे बुद्धको शिक्षाले मानिसको आचरणका साथै मन परिवर्तन हुने बताउँछन् । उनका अनुसार मानिसलाई एउटा पद्धतिमा आधारित उपदेश मात्र होइन, हरेक धर्मले अवलम्बन गरेको वास्तविक आध्यात्मिक ज्ञान दिनुपर्छ । ‘हामीले बौद्धधर्म मात्र नभई हिन्दु, क्रिश्चियन वा अन्य धर्मले पनि सामाजिक मूल्य–मान्यता र नैतिकताबारे के सन्देश दिएका छन् भनी सिकाउन सक्यौं भने मानिसको मन परिवर्तन हुन्छ,’ उनी भन्छन्, ‘यसरी सही धर्म र राम्रो आचरण सिकाउन सकियो भने मानिसको व्यवहारमा आमूल परिवर्तन आउन सक्छ ।’ ८५ वर्षको उमेरमा पनि रिन्पोछेमा रतिभ
नया बर्ष २०७५ को शुभकामना तथा राष्ट्रिय झण्डा दिवस  बास कास्कीले धुमधामका साथ मनायो

नया बर्ष २०७५ को शुभकामना तथा राष्ट्रिय झण्डा दिवस बास कास्कीले धुमधामका साथ मनायो

बिबिध
बागेश्वरि असल शासन क्लव बास २०७५ नया बर्ष को शुभकशुभकामना तथा देसै भर राष्ट्रिय झण्डा दिवस मनाएको छ बास कास्की ले पनि यसै अवसरमा शुभकामना अादान प्रदान तथा राष्ट्रिय झण्डा दिवस मनाएको छ पोलेमनपा को पृथ्वी चोकदेखि श्रृजना चोक हुँदै पुन पृथ्वि चोकमा अाएर कार्यक्रम समापन गरिएको थियो कार्यक्रम बाँस कास्कि शाखा अध्यक्ष शिवराज बस्ताकोटि शिवदाइ ले देस ,हे हामी रहन्छौ देसै नरहे हामी कहाँ रहन्छौ त्यसका लागि हाम्रो गौरव हाम्रो सान राष्ट्रिय झण्डाको गरौ सन्मान भन्ने मुल नारा लिएर अगाडि बढ्नु पर्ने बताए बास कास्किका सल्लाहकार तथा कानुन् बिद् तथा अधिवक्ता सुरेन्द्र थापा ले नेपालको झण्डा बिश्वलाइनै हाकर्षित गर्न सक्ने झण्डा हो यसको सन्मान तथा सरक्षण गर्नु अाजको अावस्कता रहेको बताएु भयो यसै गरि अर्का बाँस कास्की का सल्लाहकार तथा बरिस्ठ पत्रकार एवम् पत्रकार महासघ कास्किका भुपु अध्यक्ष ब
पोखरामा चैत २८ गते बाट फेवा नव बर्ष महोत्सब २०७५

पोखरामा चैत २८ गते बाट फेवा नव बर्ष महोत्सब २०७५

Uncategorized
१८ चैत,पोखरा बिगतमा जसरि नै यस बर्ष पनि फेवा नव बर्ष महोत्सब हुने भएको छ । आन्तरिक एबम बाह्य पर्यटन प्रबर्दन गर्ने उद्देश्यले पशिमाञ्चल होटल संघको आयोजनामा फेवा किनारको कोमागाने पार्कमा यहि चैत २८ गते बाट आगामी बैशाख २ गतेसम्म महोत्सब हुने छ । पर्यटन,सस्कृति र खाना महोत्सबका मुख्य आकर्षण रहने छन । नेपालका मुख्य सहरमा अंग्रेजी नया बर्ष धुमधामका साथमा मनाउने गरिएकोमा नेपालि नया बर्ष पनि उत्तिकै महत्वपूर्ण रहेको र यसको प्रचार गरि आफ्नो मौलिक सस्कृतिको रक्षा गर्ने अभिप्राय महोत्सवले लिएको संघले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विनासकारी भुकम्प,भारतीय नाकाबन्दी र बाढीपहिरो लगायतका बिबिध घटनाका कारण अप्ठ्यारोमा परेको पर्यटनलाइ उकास्ने उपाएको रुपमा महोत्सबलाइ लिएको संघले जनाएको छ ।महोत्सब उद्घाटन अघि हलनचोकबाट कोमागाने पार्कसम्म सास्कृतिक झाकी सहितको र्याली निकालिने पशिमाञ्चल होटल संघ
कथित मधेसि नेता लात हान्दै मथिलाको छातिमा ,मौथिलि र भोजपुरी छाड्यर किन हिन्दि?

कथित मधेसि नेता लात हान्दै मथिलाको छातिमा ,मौथिलि र भोजपुरी छाड्यर किन हिन्दि?

Uncategorized
जनकपुरधाम - जनसंख्याको आधारमा केही तलमाथि भए पनि सातवटै प्रदेशमा धेरै अन्तर छैन । भाषा, संस्कृति र भौगोलिक संरचनाअनुसार ६ वटा प्रदेशबीच समानता छ । यी विषयमा प्रदेश दुई भने अन्य प्रदेशभन्दा नितान्त भिन्न छ। तराई मधेस क्षेत्रमात्र समेटिएको प्रदेश २ मा दलहरुले सांस्कृतिक र भाषिक पहिचान तथा समानताको अधिकार माग्दै दस वर्षसम्म आन्दोलन गरे । यतिबेला तिनै पहिचानवादी दलहरूले प्रदेश सरकारको जिम्मेवारी पाएका छन्। कुनै बेला तराईमा एकछत्र पक्कड बनाएको नेपाली कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश २ मा चौथो स्थानमा धकेलिएको छ । सर्वहारा वर्गका लागि संघर्ष गरेको दाबी गर्ने माओवादी पाँचौं र अर्को वामपन्थी दल एमाले तेस्रो स्थानमा सीमित भएको छ। प्रदेशसभा निर्वाचनमा मधेसका जनताले पहिचानवादी दललाई सरकार चलाउने समान्य बहुमत त दिए । तर, प्रदेशलाई आफ्नै ढंगले परिमार्जन गर्न सक्ने हैसियत दिएनन् । त्य
हस्तक्षेप भयो कि भाषा भाँडिन्छ-मुकुन्द शरण उपाध्याय

हस्तक्षेप भयो कि भाषा भाँडिन्छ-मुकुन्द शरण उपाध्याय

Uncategorized
मुकुन्द शरण उपाध्याय---- # हस्तक्षेप भयो कि भाषा भाँडिन्छ # १. कुनै पनि जीवन्त भाषा का दुई रूप हुन्छन्, स्तरीय र सामान्य । स्तरीय रूप परिमार्जित र सुसंस्कृत हुन्छ । एसैलाई मानक भाषा पनि भन्छन् । साहित्य र सार्वजनिक लेखापढी मा स्तरीय भाषा खोजिन्छ । सामान्य भाषा चैं सर्वसाधारण को बोलचाल मा हुन्छ (लेखाई मा यो भाषा तेतिखेर मात्र आउँछ जब साहित्य ले सामान्य पात्र का मुख बाट केही भनाउन खोज्छ) । सामान्य भाषा लाई जनभाषा, लोकभाषा, कथ्य भाषा वा भाषिका आदि भन्छन् । २. सामान्य भाषा का स्थानगत र समुदायगत भेद, प्रभेद हुन्छन् । योे स्तरीय जस्तो सुसंस्कृत र परिमार्जित हुँदैन । संस्कृत परम्परा मा स्तरीय भाषा लाई संस्कृत (संस्कार गरिएको भाषा) र सामान्य लाई प्राकृत (जनसामान्य को भाषा) भनिन्छ । संस्कृत युग मा स्तरीय भाषा मा लेख्नेहरु पनि पारिवार भित्र प्राकृत भाषा नै बोल्थे । नेपाली मा पनि यो परम्परा जीवित छ
जरो किलो नेपाल मै भयको मौलिक भाषा #नेपालभाषा आईसीयूमा छ  अब हामि कहिले जागरुक बन्य हो?

जरो किलो नेपाल मै भयको मौलिक भाषा #नेपालभाषा आईसीयूमा छ अब हामि कहिले जागरुक बन्य हो?

Uncategorized
पोहोर साल भदौ महिनाको एक दिन नेपालभाषाका अभियन्ता डा. महेशमान श्रेष्ठले यस्तो अभिव्यक्ति दिँदा ठूलै हंगामा भयो । नेपालभाषा पढ्ने विद्यार्थीको संस्था 'नेपालभाषा क्लब'को उद्घोषण तालिममा बोल्दै उनले यस्तो भनेका थिए । डा. श्रेष्ठ एक मेडिकल डाक्टर हुन् । बिरामी कुन अवस्थामा पुगेपछि आईसीयूमा लगिन्छ भन्ने उनलाई राम्रै थाहा छ । त्यसैले नेपालभाषाको अवस्थाबारे उनले आवेशमा आएर मात्रै यसो भनेको पक्कै होइन । नेपालभाषाको वर्तमान अवस्थाबारे सबैभन्दा ठ्याक्कै मिल्ने बिम्ब सायद यही हुनुपर्छ । यतिबेला नेपालभाषा आईसीयूमा किन छ ? यसको उत्तर सजिलो छ । अहिले देशैभरि नेपालभाषा बोल्ने नेवारको संख्या घट्दै गइरहेको छ । स्कुल र कलेजमा नेपालभाषा पढ्ने विद्यार्थीको संख्या क्रमशः शून्यतिर झरिरहेको छ । नेपालभाषा साहित्य रचनामा डरलाग्दो कमी आइरहेको छ । जेनतेन प्रकाशित पुस्तक र पत्रपत्रिका पढ्ने पाठक पनि अहिले खोज्नैपर्न