Best Online News From Nepal

Tag: दुर्घटना

काभ्रेपलान्चोकमा डिआइजि र पत्रकार सहित 3 को मृत्यु

काभ्रेपलान्चोकमा डिआइजि र पत्रकार सहित 3 को मृत्यु

दुर्घटना, बिबिध
मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जनाको धुलिखेलमा उपचार भइरहेको छ ।पाँचखालमा सचालित मापदण्ड विपरीतका इटाभट्टा र प्लाइ कारखाना विरुद्ध समाचार सम्प्रेषण गरेका एभीन्युजका पत्रकार  जीवन पराजुलीको मृत्युको खबरले हामी पाचखालवासि स्तब्ध भएका छौ ।
गाडीको ठक्करबाट ७५ किलोको मृग मर्‍याे

गाडीको ठक्करबाट ७५ किलोको मृग मर्‍याे

Uncategorized
नवलपरासी, वैशाख २४ – नवलपरासीको कावासोती नगरपालिका–२ मा पूर्व पश्चिम राजमार्गमा गाडीको ठक्करबाट एउटा मृग मरेको छ । आइतबार राति गाडीको ठक्करबाट झण्डै ७५ किलो तौल भएको भाले मृग मरेको हो । सेक्टर वन कार्यालय कावासोतीका प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटाका अनुसार ३ फिट उचाई, ५ फिट लम्बाई र २९ इन्च लामो सिङ भएको मृगको ठक्करबाट मृत्यु भएको हो । मरेको मृगको मुचुल्का उठाई सरोकारवालको रोहवरमा गाडिएको छ । source :himchuli khabar
रेलले किचेर  तीन नेपालीको मृत्यु

रेलले किचेर तीन नेपालीको मृत्यु

Uncategorized
भारतीय रेलले किचेर विराटनगर सिमावर्ती क्षेत्रमा तीन नोपलीको मृत्यु भएको छ । तीव्र गतिको रेलले किचेर मोरङ कदमाहाका २५ वर्षीय रमेश शर्मा, १६ वर्षीय राजु ऋषिदेव र रधनुषा मडारीका २६ वर्षीय विनोद यादव छन् ।मगलबार राति साढे ८ बजेतिर जोगबनीबाट दुई सय मिटर दक्षिणको १७ प ३६९३ नम्बरको मोटरसाइकलबाट रेल्वे लिकक्रस गर्न खोज्दा रेलले उनीहरुलाई मोटरसाइकलसहित किचेको थियो । नेपालीयुवा सवार मोटरसाइकललाई जोगबनबाट कटिहारतर्फ गई रहेको ५५४२ नम्बरको रेलले ठक्कर दिएको थियो । ती युवा जोगबनी के कति कारणले गएका थिए भन्ने खुल्न बाँकी रहेको  जानकारि प्राप्त भयको छ।
नदीमा यात्रु बस खस्यो : १० जनाको मृत्यु

नदीमा यात्रु बस खस्यो : १० जनाको मृत्यु

Uncategorized
  सुर्खेत : कालिकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधबार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १० जनाको मृत्यु भएको छ । जसमा सात जना पुरुष, दुई महिला र एकजना बच्चाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
काभ्रेमा फेरि बस दुर्घटना तर मानविय क्षति भन्य भयन।

काभ्रेमा फेरि बस दुर्घटना तर मानविय क्षति भन्य भयन।

Uncategorized
दिननाथ काफ्ले/पाँचखाल   पाँचखाल नगरपालिका-१वडा कार्यालय (साबिक अनैकोट-१गा.स.भबन)को परिसरमा बस दुर्घटना।उक्त घटनामा कुनै मानबिय क्षति भने हुन पाएन। बस कर्मचारिको भनाई अनुसार रोकि राखेको बस आफै गुड्यको  भन्य छ। तस्विर- Dina Nath Kafle