Best Online News From Nepal

Tag: ज्योतिषशास्त्र

किन लगाउने ब्रह्माले निर्माण गरेकाे ( यज्ञोपवित ) जनै ?

किन लगाउने ब्रह्माले निर्माण गरेकाे ( यज्ञोपवित ) जनै ?

Uncategorized
जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक अभिषेकमन्त्रबाट /अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । जनैको अर्को नाउँ ब्रह्मसूत्र हो । ब्रह्माले निर्माण गरेकाले यसलाई ब्रह्मसूत्र भनिएको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ । जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिए
जान्नैपर्ने वास्तुशास्त्रका आधारभूत कुराहरू

जान्नैपर्ने वास्तुशास्त्रका आधारभूत कुराहरू

Uncategorized
वास्तुशास्त्र निकै प्राचीन विद्या हो। यो मूख्यतः वास्तुविज्ञान (science of architecture) मा आधारित शास्त्र हो, जसले मानवजीवनमा सकारात्मक ऊर्जा ल्याउनको लागि घर-भवनलाई कसरी निर्माण गर्ने भन्ने कुराको ज्ञान दिन्छ। वास्तुशास्त्रको उचित कार्यान्वयनले शताब्दीऔँ देखि मानिसको जीवनमा शान्ति र संवृद्धि ल्याउँदै आएको छ भन्दा अनुचित नहोला। हुन त प्राचीन कालमा वास्तुशास्त्रको उपयोग हिन्दु मन्दिर तथा दरबारको निर्माणको लागि गरिन्थ्यो, तर पछि तीलगायत अन्य कुराहरूमा पनि यो विद्याको उपयोग गर्न सकिन्छ भन्ने थाहा भएपछि मानिसहरूले व्यक्तिगत घर, भवन, कार्यालय, सवारी साधन, मूर्ती, चित्रकलालगायत अन्य वस्तुहरूमा पनि वास्तुशास्त्रको प्रयोग गर्दै आएका हुन्। वास्तुशास्त्र मूख्यतः ८ दिशा र भवन निर्माणको लागि प्रयोग गरिएका सामग्रीहरूमा आधारित रहेको हुन्छ। वास्तुशास्त्र यस्तो विद्या हो, जुन प्रकृतिको वर्षौँदेखिको अध्
आजको राशिफल

आजको राशिफल

Uncategorized
बि.स.२०७४ चैत्र २६ गते । सोमबार । ईश्वी सन् २०१८ अप्रिल ०९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि नवमी ५३ घडी ५१ पला । नक्षत्र उत्तरषाडा,३५ घडी ० पला,बेलुकी ७ बजेर ४८ मिनेट उप्रान्त श्रवण । योग सिद्ध ५५ घडि ४६ पला । करण तैतिल,दिउसो २ बजेर २१ मिनेट उप्रान्त गर,रातको ३ बजेर २१ मिनेट उप्रान्त गर ।   आनन्दादिमा मृत्य योग । चन्द्रराशि मकर  । काठमाडौंमा सूर्योदय ५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ३२ पला ।  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नया शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रे
खराव सपना देखे के गर्ने? थाहा पाउनुस

खराव सपना देखे के गर्ने? थाहा पाउनुस

Uncategorized
सबै मानिसले सपना देख्छन् । बच्चा देखि वृद्ध सम्म सपना देख्ने हुन्छ । सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । तर सपनाका विषयमा पनि विभिन्न थरी मत छन् । कतिपय सपनाविदहरुले सपनाले भविष्यको बारेमा सूचना दिने बताउँछन् । त्यस्ता सपना मध्ये कतिपय शुभ हुन्छन् भने कतिपय अशुभ । स्वप्न ज्योतिषका अनुसार सपना चार प्रकारका हुन्छन् । पहिलो दैविक, दोश्रो शुभ, तेश्रो अशुभ र चौथो मिश्रित । कस्तो सपना देख्दा के हुन्छ ? दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् । अशुभ सपनाले काम विगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् । स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिउको सपनाको फल १ वर्षभित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ । चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ । शास्त्र भन्छः खराव
शरण कसलाई भनिन्छ

शरण कसलाई भनिन्छ

Uncategorized
  शृ हिन्सायाम् धातुबाट करणमा ल्युट् प्रत्यय गर्नाले शरण शब्दको निष्पत्ति हुन्छ ।। "शृणाति हिनस्त्यविद्यादीन्क्लेशादीन् शरणमाश्रयः परायणमिति,अर्थात् अविद्या आदि(अविद्या अस्मिता राग द्वेष र अभिनिवेश)क्लेशहरुलाई जसले नष्ट गर्दछ,त्यसलाई शरण भनिन्छ ।अथवा यस्तो पनि भन्न सक्छौं कि"शृणोति हिनस्तिदुखमनेनेति शरणम् "या यस्तो "शीर्यते दुखमस्मिन्निति शरणम्"अर्थात जसद्वारा दुख नष्ट हुन्छन् त्यसलाई शरण भनिन्छ वा जसमा दुख शीर्ण हुन्छ त्यो शरण हो। "शरणम् गृहरक्षित्रोः ले शरणको अर्थ आश्रय र रक्षिता पनि हो। यस दृष्टिकोणले विचार गर्ने हो भने वस्तुत:परब्रम्ह परमात्मा नै शरण हुनुहुन्छ ।जसरी तरङ्गको आश्रय महासमुद्र हुन्छ त्यसरी जीवको आश्रय पनि परमात्मा नै हुनुहुन्छ ।परमात्मा नै रक्षिता पनि हुनुहुन्छ।। किनकि "स एनमविदितो न भुनक्ति (बृहदारण्यक १/४/१५) इत्यादि श्रुतिहरु यहि घोष गर्दछन् कि जबसम्म आत्मतत्वको स
नेपालका एक विशिष्ट संस्कृत विद्वान डा. शिवराज आचार्य कौण्डिन्न्यायनको निधन

नेपालका एक विशिष्ट संस्कृत विद्वान डा. शिवराज आचार्य कौण्डिन्न्यायनको निधन

Uncategorized
काठमाडौं, भदौ १६। नेपालका एक विशिष्ट संस्कृत विद्वान्, वैदिक, शिक्षाशास्त्री, भाषाशास्त्री, काेषकार, वेदाङ्गज्याेतिषविद्, मीमांसक तथा वेदान्तज्ञ शिवराज आचार्य कौण्डिन्न्यायनको हिजो ७७ वर्षको उमेरमा निधन भएको छ।  उनका नेपाली, संस्कृत र हिन्दी भाषामा चालीसभन्दा बढी कृतिहरू नेपाल र भारतबाट प्रकाशित छन् । उनकाे जन्म पश्चिम नेपालकाे तनहुँ जिल्लामा भएकाे थियाे । प्राथमिक शिक्षा पछि उच्च अध्ययनकाे लागि काठमाडौंमा अाएका उनले त्रिभुवन विश्वविद्यालयबाट वेदान्त तथा साहित्यमा अाचार्य तथा संस्कृतमा एम.ए. गरे । पछि भारतकाे अागरा विश्वविद्यालयबाट दर्शनशास्त्र मा एम.ए. उत्तीर्ण गरे पछि उनले वाराणसी काे सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय बाट वैदिक यज्ञ तथा वेदान्त विषयमा विद्यावारिधि तथा वैदिक शिक्षाशास्त्र (ध्वनिविज्ञान) विषयमा वाचस्पति (डी.लिट्.) उपाधि प्राप्त गरे। उनले अाफ्नाे जीवनकाे करीब चार दशक