Best Online News From Nepal

Tag: जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति

जरोकिलो महाअभियानको संकल्प दिवस २०७५

जरोकिलो महाअभियानको संकल्प दिवस २०७५

Uncategorized
तीन वर्ष पहिले, आजकै तिथिमा, विधिपूर्वक संकल्प लिई सार्वजनिक आह्वान गरिएको जरो किलो महाअभियानको संकल्प दिवस आज नेपालमा मेचीदेखि महाकालीसम्म अनेकौँ स्थानमा एवं संसारका अनेक देशहरुमा समेत मनाइँदै छ । तत्कालीन लक्ष्य: विधमान संक्रमणकालको ब्यवस्थापन गर्ने|मध्यकालीन लक्ष्य: नेपाल लाई बिकसित भनिएका देशको समकक्षी तुल्याउने|दीर्घकालीन लक्ष्य: नेपाल लाई ज्ञानको वैश्विक केन्द्र तुल्याउने|विधि : विशिष्ट नेतृत्व, सामुहिक कर्तित्व र संस्थागत स्वामित्व आधारशिला चतुष्टय: विज्ञानको बुद्धि ! प्रविधिको प्रगती !! धर्मको विवेक ! सहृदयताको सम्बन्ध !! मात्रात्मक र गुणात्मक दुवैथरी उपलब्धिसँगै हाम्रो जिम्मेवारी पनि बढेको छ । आउँदो समयमा हाम्रो कर्तव्यको विस्तार निकै तीव्र गतिमा हुनेछ । उपर्युक्त विस्तारका लागि स्वक्रियात्मक पद्धतिबाट अगाडि बढ्नका लागि साधनाको दिव्य अवसर यो संकल्प दिवसले दिएको छ । जरो किलो महा
नेपाल ऋषिहरूको तपोभूमी हो, चार वर्ण सबैको फूलवारी हो

नेपाल ऋषिहरूको तपोभूमी हो, चार वर्ण सबैको फूलवारी हो

Uncategorized
नेपाल ऋषिहरूको तपोभूमी हो, चार वर्ण सबैको फूलवारी हो, सवै किरातीहरू(यो “मंगोल” भंने शब्द हामी नेपालीहरूको शब्दकोषमा नै छैन) सहित ब्राम्हण, क्षेत्रीय, वैश्य, शूद्र सबैको साझा भूमी हो ************** १. चार वेदका रचनाकार महर्षी वेद व-यासको जन्म तनहुमा भएको हो। तनहु गएर हेर्दा हुन्छ प्राचिन कुटि र अन्य थुप्रो इतिहास फेला पार्न सकिन्छ। के उनि मङ्गोल हुन्? २. महर्षी पराशरको नामबाट चिनिने अहिलेको पर्सा जिल्ला हो। बोलिको अतिभ्रशं शब्दमा पर्सा भएको हो । काली गण्डकी तीरमा बसेर वहाँले बिष्णु पुराण, श्रीमद्भागवत महापुराण, ज्योतिष-शास्त्र आदि मैत्रीय मुनिलाइ सुनाउनु भएको थियो। के उनि मङ्गोल हुन्? ३. १०८ कुण्ड नेपालमै छ जुन पुराणहरुमा धेरै राम्रो व्याख्या र महिमा छ। कुन चै मङ्गोलले पत्ता लगाएको रहेछ?? ४. हरीहर धाम(हालको मुस्ताङ्ग) यहि पर्छ जसको व्याख्या पद्म पुराणले गर्छ । कुन मङ्गोलले लेख्यो पद्म प
नि:शुल्क संस्कृत भाषा सम्भाषण, लेखन तथा अभ्यासको आयोजना

नि:शुल्क संस्कृत भाषा सम्भाषण, लेखन तथा अभ्यासको आयोजना

Uncategorized
सूचना जरोकिलो प्रतिष्ठान नेपाल आधुनिक गुरुकुल प्रभागको आयोजनामा काठमाडौं उपत्यका लक्षित तीन महिने नि:शुल्क संस्कृत भाषा सम्भाषण, लेखन तथा अभ्यासको आयोजना हुँदैछ | इच्छुक प्रसिक्षार्थीहरूले जतिसक्दो चाँडो आफ्नो नाम लेखाउनु होला, सीट सीमित छन् | निवेदक जरोकिलो प्रतिष्ठान नेपाल सम्पर्क फोन : ९८४३०५०७९९ तथा ९८४१७९५०७३ नोट : मिति, समय पछि सुचित गरिने छ |
वैकल्पिक भन्यहरुको प्रोपागाण्डा र गठबन्धन भनाउँदाहरुले नबुझेको यथार्त सत्य?

वैकल्पिक भन्यहरुको प्रोपागाण्डा र गठबन्धन भनाउँदाहरुले नबुझेको यथार्त सत्य?

Uncategorized
डा. निर्मल मणि अधिकारी.... वैकल्पिक वैकल्पिक भनेर प्रोपागाण्डा मच्चाउनेहरुले पटक्कै अत्तोपत्तो नपाएको, लोकतान्त्रिक गठबन्धन भनाउँदाहरुले नबुझेको, वाम गठबन्धनवालाको लागि अहिले तत्काललाई फाइदाको अवस्था रहेको र हामीले राम्ररी बुझेर अर्को चुनावसम्ममा पर्याप्त तयारी हुने गरी अगाडि बढिरहेको कुरोको चुरो — संसारभरि नै राजनीति अहिले जुन दिशामा अभिमुख भएको छ, त्यो हो वाद (ism) एवं मताग्रह (ideology) को राजनीतिमा पुनरागमन । छिमेकमै हेरौँ त — चीनमा सत्तारुढ कम्युनिस्ट पार्टीद्वारा सि जिनपिङ विचारधाराको उद्घोषण गरिनु एवं इण्डियामा सत्तारुढ भाजपाले उसको पूर्वरूप जन संघको समयमा अभिनिर्माण गरिएको र भाजपा बन्ने बेलामा छोडिएको एकात्म मानववादको मूलप्रवाहीकरणमा लाग्नु — राजनीतिमा वाद एवं मताग्रहको पुनरागमनकै द्योतक हुन् । यो चुनाव कपूतन्त्र भित्रैका विभिन्न गुटहरुको आपसी प्रतिस्पर्धा थियो । कपूहरुमध्य
वैदिक मान्यतामा आधारित राज्यराष्ट्र र नेपालको बाटो कता ?

वैदिक मान्यतामा आधारित राज्यराष्ट्र र नेपालको बाटो कता ?

Uncategorized
 DrMadhav Pd Pandey---   ॐ स्वस्ति साम्राज्यं भौज्यं स्वाराज्यं वैराज्यं पारमेष्ठ्यं राज्यं महाराज्यमाधिपत्यमयं समन्तपर्यायी स्यात् सार्वभौम सर्वायुष आन्तादापरार्धात् । पृथिव्यै समुद्रपर्यन्ताया एकराडिति । मातरं पितरं वृद्धं भार्यां साध्वीं सुतं शिशुम् । गुरुं विप्रं प्रपन्नं च कल्पोùविभ्रच्छ्वसन् मृतः ।। श्रीमद्भागवत् १०।४५।०७ तस्माच्छास्त्रं प्रमाणं ते कार्याùकार्यव्यवस्थितौ । ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।। श्रीमद्भगवद्गीता १६।२४ आजन्मनः शाठ्यमशिक्षितो यस्तस्याùप्रमाणं वचनं जनस्य । परातिसन्धानमधीयते यैर्विद्येति ते सन्तु किलाप्तवाचः ।। अभिज्ञानशावmुन्तलम् ५।२८ आहारशुद्ध्या नृपते चित्तशुद्धिस्तु जायते । चित्ते शुद्धे प्रकाशः स्याद् धर्मस्य नृपसत्तम ।। श्रीमद्देवीभागवत् ०६।११।५० अमार्गेण धनं लोभात् सम्पाद्य सुखमावसन् । न संसिद्धो भवेत् त
नेपालको नेसन ब्राण्ड राम्रोसंग संचार माध्यममा ल्याउन नसक्नुको उपज नै हामि ससारमा नचिनिनु हो

नेपालको नेसन ब्राण्ड राम्रोसंग संचार माध्यममा ल्याउन नसक्नुको उपज नै हामि ससारमा नचिनिनु हो

Uncategorized
नेपाल भनेको कुन देश हो कहाँ पर्छ ? स्वतन्त्र देश हो कि होइन ?" भनेर प्रश्न गर्ने पनि भेटेको छु फिनल्याण्डमा । यो नेपालको नेसन ब्राण्ड राम्रोसंग संचार माध्यममा ल्याउन नसक्नुको उपज हो । ब्राण्डको परिभाषा वस्तु र सेवा हुदै राष्ट्रलाई समेत समेटेको छ । नेसन ब्राण्डिङ्ग ब्राण्डिङ्गको क्षेत्रमा कान्छो विधाको रुपमा अध्ययन भईरहेको बिषय हो । फ्रान्सको के लागि प्रख्यात फेसन र परफ्युम । स्पेन के को लागि प्रख्यात फुटबल र बलौटे समुद्री तट । जापान के को लागि प्रख्यात विज्ञान प्रविधि । कुनै पनि देशका भौगोलिक अवस्था, सांस्कृतिक तथा धार्मिक बिशेषता अथवा कुनै पनि पृथक बिषय नै त्यसको ब्राण्ड हो । नेसन ब्राण्ड इन्डेक्सका निर्माता सिमोन अनोहल्टले कुनै देशको संस्कृति पनि नेसन ब्राण्ड निर्माणको छ वटा मध्ये एक कारक हो भनेर राखेका छन् । कुकुर पुजा नेपालको एक मौलिक पर्व हो । त्यहीं छेउको भारतमा पनि ठुलो संख्यामा
एमाले, माओवादी र कथित नयाँ शक्तिलाई शुभकामना र तिनीहरुको गठबन्धनको जरोकिलो विश्लेषण :

एमाले, माओवादी र कथित नयाँ शक्तिलाई शुभकामना र तिनीहरुको गठबन्धनको जरोकिलो विश्लेषण :

Uncategorized
हामी एकता, बृहत्तर समन्वय एवं अधिकतम् सहकार्यका पक्षपाती भएको हुनाले जो कोहीले पनि यदि संकीर्ण कित्ताकाट छोडी पार्टी एकता गर्छ भने तेस्तो कार्यलाई सकारात्मक मानी शुभ कामना दिने गरेका छौँ । यही दृष्टिकोण अनुसार विगतमा विभिन्न पार्टीहरु मिलेर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी बनेको बेलामा पनि हामीले शुभ कामना दिएका थियौँ । आज पनि सोही दृष्टिकोणबाट हेर्दा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र कथित नयाँ शक्ति पार्टीको गठबन्धन वा एकता हुनुलाई हामी सकारात्मक घटना नै मान्छौँ । वास्तवमा विदेशी विधर्मी प्रतिमानमा आधारित एउटै "कपू"-तन्त्रका अनेकौँ गुटहरुमध्ये नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र कथित नयाँ शक्ति पार्टीले छुट्टाछुट्टै बस्नु भन्दा एउटै पार्टी बनाउनु नै स्वाभाविक हो । अझ, "कपू"-तन्त्रकै घटकका रुपमा रहेका नेपाली कांग्रेस र अन्य पार्टीहरु पनि एकीकरणमा सामेल भएर एउटै "कप
अन्तर्राष्ट्रिय सम्बन्धका परिप्रेक्ष्यमा नेपालीजनले भुल्नै हुँदैन कि :

अन्तर्राष्ट्रिय सम्बन्धका परिप्रेक्ष्यमा नेपालीजनले भुल्नै हुँदैन कि :

Uncategorized
Dr.Nirmala Mani Adhikary---- अन्तर्राष्ट्रिय सम्बन्धका परिप्रेक्ष्यमा नेपालीजनले भुल्नै हुँदैन कि : (१) एउटा देश र अर्को देशको बीचमा जहिले पनि स्वार्थको सम्बन्ध हुन्छ । स्वार्थको प्रकृति र प्रवृत्ति परिवर्तनशील हुन्छन् । दक्षिणको छिमेकीले माया गर्छ कि उत्तरको छिमेकीले माया गर्छ भनेर आफू आफू गलफत्ती गर्नु, कित्ताकाट गर्नु, विदेशीका लागि आफू आफू नमिली बस्नु मूर्खता मात्र हो । कसरी उत्तर र दक्षिण दुवैतिरका छिमेकीलाई उपयुक्त तरिकाले उनीहरुका यथास्थानमा सन्तुलनमा राखी नेपालको आफ्नो हित साध्ने भन्ने नै हाम्रो मुख्य कुरा हुनु पर्छ । यथास्थानको तात्पर्य बुझ्न पानीढलोको सिद्धान्त पनि बुझ्नु पर्छ । (२) रणनीतिक स्वार्थवश एक देशले अर्को देशलाई महत्व दिने हुन् । अन्तर्यमा चाहिँ, बलियो देशले कमजोर देशलाई आफ्नो कठपुतली बनाउन खोज्छ । कमजोर देशले यो वा त्यो बलियो देशको साथ लिएर अर्कोसँग शत्रुता मोल्नु अह
आप्त परिषद् गठन

आप्त परिषद् गठन

Uncategorized
जरो किलो महाअभियानको मिति २०७४ असोज ५ गते, बिहीवार (आश्विन शुक्ल प्रतिपदा, घटस्थापनाको दिन) सम्पन्न संकल्प दिवसको सत्संगमा भएको निर्णयानुसार नेपालका विशिष्ट विद्वान् विदुषीहरु रहनुभएको एक "आप्त परिषद्" गठन गरिएको छ । हाललाई आप्त परिषद्मा रहनुभएका महानुभावहरुको नामावली निम्नानुसार रहेको छ । प्रा. मुकुन्दशरण उपाध्याय प्रा.डा. वीणा पौड्याल प्रा.डा. दामोदर ज्ञवाली  प्रा.डा. आनन्दप्रसाद घिमिरे सहप्रा.डा. माधवप्रसाद पाण्डेय डा. लक्ष्मीप्रसाद खतिवडा तिलकप्रसाद लुइँटेल ज्ञातव्य छ कि "जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति" को सांगठनिक संचरनामा नेपालको मौलिक रैथाने परम्परा अनुसार सभा, समिति र परिषद् रहने निर्णय गरिएको छ । (१) प्रस्थसभा, (२) केन्द्रीय समिति, (३) कार्यकारी परिषद् र आप्त परिषद् । केन्द्रीय समिति अन्तर्गत आवश्यकतानुसार विभिन्न विभाग, आयोग, उपसमिति, कार्यदल आदि रहनेछन् ।
हाम्रो तराईलाई मधेसको नाममा छोटा पाकिस्तान बनाउन चाहनेहरुको भण्डाफोर गरौँ ।

हाम्रो तराईलाई मधेसको नाममा छोटा पाकिस्तान बनाउन चाहनेहरुको भण्डाफोर गरौँ ।

Uncategorized
सीके राउत, जयकृष्ण गोइत, ज्वाला सिंह प्रभृत्तिलाई एत्ति प्रश्न सोधौँ :— एदि नेपालबाट मधेश अलग्गै भएर नयाँ देश बन्ने आधार छ भने त्यो मधेशबाट अलग्गै भएर "छोटा पाकिस्तान" बन्दैन भन्ने आधार के छ ? भारतलाई विखण्डन गरी पाकिस्तान बनाए जस्तै नेपालको मधेश इलाकामा पनि नयाँ इस्लामी जिहादी राज्य "छोटा पाकिस्तान" बनाउने घुमाउरो बाटोको पहिलो घुम्ती हो — सीके राउत, जयकृष्ण गोइत, ज्वाला सिंह प्रभृत्तिलाई गोटी बनाएर उरालिएको अलगाववादी विखण्डनवादी घृणावादी कित्ताकाट । छिमेकको इतिहास पढौँ, सन् १९४७ को तात्पर्य बुझौँ, हाम्रो मधेशमा छोटा पाकिस्तान बनाउन चाहनेहरुको भण्डाफोर गरौँ । नेपाल विश्वकै सर्वप्राचीन देशहरूमध्ये एक हो । यो महाभारतकाल भन्दा पनि पुरानो, रामायणकाल भन्दा पनि पुरानो देश राज्यराष्ट्र (State Nation) हो । यसका सीमामा परिवर्तन भएका छन्, शासकहरू परिवर्तन भएका छन्, तर राज्यराष्ट्रका रूपमा यो अविच्छि