Best Online News From Nepal

Tag: आजको विचार

धर्म त्याग जघन्य अपराध हो। आफुलाई यस धर्तिमा जन्म दिने तथा लालनपोषण गर्ने मातृ तथा मातृभुमीको छातिमा लात्ती हान्नु हो।

धर्म त्याग जघन्य अपराध हो। आफुलाई यस धर्तिमा जन्म दिने तथा लालनपोषण गर्ने मातृ तथा मातृभुमीको छातिमा लात्ती हान्नु हो।

Uncategorized
Numa Nath Pyakurel--------------- धर्म त्याग जघन्य अपराध हो। आफुलाई यस धर्तिमा जन्म दिने तथा लालनपोषण गर्ने मातृ तथा मातृभुमीको छातिमा लात्ती हान्नु हो। धार्मिक आस्थाको आधारमा कसैप्रती घृणा तथा अमानविय व्यवहार गर्नुपनी त्यत्तिकै अपराध हो। उपभोक्ता वादी शोच त्यागेर, शान्ती, प्रेम र सहृदयताको राजमार्ग बाटमात्रै समृद्धि र सम्म्पन्नताको लक्ष हासिल गर्न सकिन्छ। जसले धर्म त्याग्न सक्छ, त्यसले आमा बेच्न सक्छ, सिद्धान्तको दुरुपयोग, घृणा, हिंसा, प्रतिशोध, कुसंस्कारको संस्थागत विकास तथा नियंत्रित संक्रमणकाल लम्ब्याएर आफ्नो स्वार्थी अभिष्ट पूरा गर्न सक्छ। ...हाम्रा पिता पुर्खाले बिभिद, जात, जनजात, धर्म, भाषा, भेष, सम्प्रदाय, संस्कृति अभ्यास गर्न सिकाएका छन् त्यो हाम्रो मौलिकता हो। धर्म मान्ने, नमान्ने, भौतिकवादी, आध्यात्म वादी, एकल राजा, दुई राजा तथा वहुराजा, राजतन्त्र, गणतन्त्र, धर्म सापेक्षता,
एउटा “खाते” केटो ?

एउटा “खाते” केटो ?

Uncategorized
Govinda Upadhyaya--------------- मैले भेट्दा मनोज सांग्रीला होटेलको अगाडीको सडकमा झोक्राएर बसिरहेको थियो | उ एउटा बोरामा आडेस लागेर बसेको थियो | उसको उमेर अन्दाजी १३ वर्षको होला | उसका वरिपरी फोहोरको थुप्रो थियो | नजिकै उ भन्दा कही ठूलो उमेरका केटाहरू "ग्लू" तानिरहेका थिए | मैले एकैछिन त्यसलाई उभिएर हेरें | मैले अन्य भन्दा ऊ फरक होला कि भनेर अनुमान गरें | उसका लुगा हेर्दा त्यस ठाउँका लागि ऊ नया देखिन्थ्यो | त्यहाँ उ रम्न सकिरहेको थिएन | मैले ऊसंग कुरा गर्ने निर्णय गरें | म एक्लो केटातिर गएको देखेर अन्य केटाहरू पनि चनाखो भए | ती मध्ये एकजनाले त मुखै फुटालेर भन्यो "अव यसले पनि खान बोलाउने होला" | मैले वास्ता गरिन | त्यो केटा करिव १२ वर्ष जातिको थियो | उसको शरीरको विकास सामान्य नै देखिन्थ्यो | म नजिक एभिएको देखे पनि उसले पटक्कै वास्ता गरेन | "बाबु, बाबु" भनेर तीन पटकसंग बोलाउँदा पनि उसले आ
बजारमा आयका  मेहेन्दि  रासायनिक ज्यादा क्यान्सर हुनसक्छ होस गर्नुहोस?

बजारमा आयका मेहेन्दि रासायनिक ज्यादा क्यान्सर हुनसक्छ होस गर्नुहोस?

Uncategorized
सागर भट्ट्/------------- नारी सुन्दरता कि प्रतिक हुन् त्यसमा दुई मत छैन तर यही सुन्दरतालाई निखार्ने नाममा हातभरी मेहेन्दी सजाउने जुन परम्परा बसालियको छ यो सांस्कृतिक भन्दा पनि बढी देखासिकीसंग जोडियको छ,प्राकृतिक बाहेक सबै किसिमको सस्तो मेहेन्दीले ढिलो चांडो cancer सम्म लाई निम्तो दिन्छ भन्ने कुरा थाह छैन होला धेरैलाइ जुन वैज्ञानिक तथ्य हो...सुन्दरताका खानि चेलीबेटी र महिलामित्रहरुलाई उहाँहरुको जन्मजात सुन्दरता नै काफी छ, यो आयातित रोगको घर हातमा दल्नु जरुरि छैन,
यही हो हामी नर्कमा हुनुको प्रमाण ।

यही हो हामी नर्कमा हुनुको प्रमाण ।

Uncategorized
३ दिन अघि कृष्ण टावर र एभ्रेष्ट होटलको बिच भागमा पोलमा आगो लागि भयो, नेट बिजुलिका, केबुलका तार हरु जल्य , केहि बेरमा कम्पनिका गाडिहरु आय तार जोड्य गय , तर टुक्रियका तार र जोड्न ल्याका फोहोरहरु त्यहि छोड्य गय न महानगरले त्यो फोहोर उठायो न कम्पनिले। दायित्व कसको? कि हामि बटुबाको? यो गुण्डा राज कहिले सम्म? प्लास्टीकको चामल, सिन्थेटिक दुध, एन्टीबायोटिक्स सुई हानिएका कुखुरा र खशी, सुई हानेर रातारात हर्लक्क बढाइका काँक्रा, फर्सी र लौका, विषादी हालिएका तरकारी, प्रिजर्भेटीभ्स कोटेड प्याकेटका फुडहरु, अजीनो मोटो र प्रिजर्भेटीभ्सको मात्रा अत्याधिक भएका चाउचाउ, चिप्स, कुरकुरे र दालमोटहरु, क्यान्सरदेखि किडनीसम्म फेल गराउने विषाक्त रसायन हालिएका कोल्ड ड्रिंक्सहरु, विषाक्त निकलले भरीपूर्ण चकलेटहरु, क्याफीनको मात्रा अत्याधिक भएको रेडबुल, कुनै पनि बेला हर्ट या ब्रेनमा सडेन अट्याक गराउनसक्ने केमीकल मिसाइएक
निर्वाचन सकिएका नगर र गाउँपालिकामा निम्न प्रयास हुदैछ्न अरे होस गरौं।

निर्वाचन सकिएका नगर र गाउँपालिकामा निम्न प्रयास हुदैछ्न अरे होस गरौं।

Uncategorized
Dr.Yubaraj Sangroula  १. न्यायिक कामकार्बाहीमा सहयोगको नाममा दातृ संस्थाहरू प्रवेश गर्दैछ्न। जसरी हिजो गैरसरकारी संस्थाले स्थानीय निकायलाई पङ्गु बनाए अहिले फेरि तेहि प्रयास हुदैछ। अब फेरि स्थानीय तहका पधाधिकरीको बिदेश यात्रा सुरु हुन्छ। सुसासनका नाममा बिदेशी घुसपैठ सुरु हुनेछ। निर्वाचित प्रतिनिधिलाई लम्पसाबादि बनाइने छ। २. अब फेरि गाउँ गाउँमा जातीय बिभाजनको खेती सुरु हुनेछ। एउटा अन्तरास्ट्रिय संस्था ठूलो रकम लिएर आको छ अरे। ३. हिजो बाम्पन्थीहरुलाई यिनै गैरसरकारी संस्थाले सिध्याए। निर्वाचित प्रतिनिधिहरु मध्य कतिपय गैरसरकारी संस्थाकै लगानीमा जितेका छ। यिनिहरुको प्रयोग बिदेशिले आफ्नो जालो गाउँमा पुरयाउन गर्ने छ्न।
श्री ५ पृथ्वीनारायण शाहले किर्तिपुरेको नाक काटेको भन्ने कुरा पादरीको मनगढन्त कथन !

श्री ५ पृथ्वीनारायण शाहले किर्तिपुरेको नाक काटेको भन्ने कुरा पादरीको मनगढन्त कथन !

Uncategorized
'किर्तिपुरका जनताले आत्मसमर्पण गरेपछि श्री ५ पृथ्वीनारायण शाहले शुरप्रताप शाहलाई, १) बस्तीमा केहि मुख्य बासिन्दाहरुलाई मार्नु, २) प्रत्येक व्यक्तिको नाक र ओठ काट्नु, ३) नाक ओठ काटिएका मानिसको गन्ती गर्नलाई काटिएका नाक ओठ जम्मा गरिराख्नु र ४) बस्तीको नाम बदलेर नसकटापुर राख्नु भन्ने आज्ञा पठाएर यस आज्ञाको निर्दयतापूर्वक पालना गरियो भनेर पादरी जोसेप्पीले लेखेका छन् । तर यसै बस्तीमा श्री ५ पृथ्वी नारायण शाह आएर यस बस्तीलाई सजाएर आफूसमेत केहि महिना यहीँ बसेका हुनाले सबै नकटा नरनारी भएका नकटापुरलाई सजाउनु र त्यहाँ आफु निवास गरिरहनु एकदम असम्भव छ । त्यहाँ बसेर श्री ५ पृथ्वी नारायण शाहले र श्री ५ युवराज प्रतापसिंह शाहले लेखेका पत्रहरुमा मुकाम किर्तिपुर लेखिएको छ, नकटापुर लेखिएको छैन । यो कुरा साँचो भएको भए समयान्तरमा यस बस्तीको नाम पुरानै कायम हुन गए तापनि यस बस्तीको नाम बदल्ने श्री ५ पृथ्वी ना
छेपारा र रंगहरु

छेपारा र रंगहरु

Uncategorized
नुमनाथ प्याकुरेल---------------------- नेपाल वीर गोर्खालीहरुको वीरता र पौरखले निर्माण गरेको अखण्ड राज्य राष्ट्र हो। गोरखाका तत्कालिन राजा पृथ्वीनारायण शाहले, महारानी चन्द्रप्रभावती तथा आम नागरिक, विसे नगर्चीको प्रेरणा पाएर, राज्य एकिकरण सुरु गरे जसको परिणाम स्वरुप आज संसारमा गर्वका साथ हामी नेपाली भनि परिचय दिन सक्ने भएका छौं। विधर्मी आयातित सिद्वान्त तथा प्रतिमानका बाहकहरुको भ्रममा परेर हाम्रा गौरव तथा कृति ओझेल पारेका पक्कै हुन् तर काम नलाग्ने र खिया लागेका पक्कै छैनन्। भारतवर्षमा कहलिएक हिन्दु सम्राटहरुमा अग्रणी स्थानमा पर्ने, हामीले सगौरव स्वामित्व लिन सक्ने, इतिहासको यस्तो गौरवशाली व्यक्तित्व तथा कृतित्वलाई केहि दलविशेषका संकिर्ण विधर्मी आयातित प्रतिमानका बाहक कथित विद्वानहरु तथा स्वार्थी राजनीतिक नेतृत्व जसले यि र यस्ता पात्र तथा घटनालाई सम्मान र ग्रहण गरे वर्तमान नियन्त्रित संकृमणक
अन्तिम आलेख – अभागी भीष्म पितामह |

अन्तिम आलेख – अभागी भीष्म पितामह |

Uncategorized
प्रवीण अधिकारी ========================== भीष्म पितामह कुरू राजा शन्तनुका गङ्गा पट्टिका छोरा थिए जो प्रख्यात राजनीतिक एवं रणनीतिक शास्त्रज्ञ मानिन्थे | यिनी अष्टवसुहरु मध्ये आठौँ वसु द्दौको अंशबाट जन्मिएका थिए भनेर वर्णन पाइन्छ [म.आ.९०.५०] | यिनको मूल नाउँ ‘देवव्रत’ मानिन्थ्यो | गंगाको छोरो भएका कारण इनलाई ‘गांगेय’ ‘जाह्रवीपुत्र,’ ‘भागीरथीपुत्र’ आदिपनि भन्ने गरिएको थियो | शव्दकोष अनुसार भीष्मको शाब्दिक अर्थ ‘भयंकर’ भन्ने जनिन्छ | यसको अर्थ इनले आफ्ना बाबु शन्तनुको सुखभोगकोलागि आजंम अविवाहित रहने निर्णयगरी राज्याधिकार नलिने प्रण गर्नसकेको कारण इनलाई ‘भीष्म’ भनिएको हो भन्नेकुरामा सबैको मतैक्यता रहेको पाइन्छ | यिनी राजकुमारपनि हुन | यिनलाई युवराज घोषणा गरिएपनि इनी आफ्नो जीवनमा लगभग १८६ बर्ष बाँचेरपनि कहिल्यै राजा हुन सकेनन , परिस्थितिले त्यो मौका आउन दिएन | यसवाहेक जुन कुरुवंशकोलागि उनी आज
शुभ प्रभात ,आउनोस एकछिन गरौँ माथापच्ची ||| पशुको गणना गर्दै आजको चुनाउ

शुभ प्रभात ,आउनोस एकछिन गरौँ माथापच्ची ||| पशुको गणना गर्दै आजको चुनाउ

Uncategorized
प्रवीण अधिकारी ----------------------------------- मैले सिर गन्ति गर्दागर्दै सरदार चुनिन पुग्यो भनें भने तपाइलाई चित्त नबुझ्ला , होइन यो मान्छे " के रङ्ग न तालको कुरा गर्छ ?" भन्नु होला तर, यो कुरा त्यतिनै सत्य हो जति सूर्य | नेपालमा आजको दिनमा चुनाउकोलागि poll शब्द प्रचलनमा छ ,र , नेपालमा पोल, पोलिङ्ग र ओपिनियन जस्ता शब्दहरु हाम्रो चुनावी संदर्भलाई जनाउन प्रयोग गरिन्छ | त्यो पोल शब्दको उत्पत्ति कसरी हुन पुग्यो ? हामीलाई थाहा छैन |आउनोस यो प्रभातकालीन समयमा अलिखेर यसैमा रुमल्लिउ | अंग्रेजी शब्दकोषमा उल्लेखित भएको त्यो पोल ( poll ) शब्द प्राचीन डच भाषाको नासो हो , जसको अर्थ हुने गर्दछ सिर अर्थात मान्छेको शरीरको उपल्लो भाग | खासगरी त्यो भाग जहाँ केश उम्रिएको हुन्छ र अत्यधिक दवाब पर्दा वा वंशानुगत रुपमा खुइलिएर नि जान्छ | प्राचीनकालमा हाम्रा पुर्खा र तिनीहरु हुर्किने समाज पशुपालक थियो | त्
सनातन हिन्दू धर्मका पर्याय महर्षि व्यास

सनातन हिन्दू धर्मका पर्याय महर्षि व्यास

Uncategorized
प्रवीण अधिकारी--- ========================== नेपाली समाजमा इनलाई नचिन्ने निकै थोरै होलान |यिनी एक प्रख्यात ऋषि हुन जसले वैदिक संहिताहरुलाई छुट्याउने , वैदिक शाखाप्रवर्तकहरुको विभाजन गर्ने , ब्रह्मसूत्र ग्रन्थहरुको प्रमाणिकता किटानी गर्ने , महाभारत पुराणादि ग्रंथहरुका रचयिता र वैदिक संस्कृतिका पुनरुज्जीवक तत्त्वज्ञ मानिन्छन |इनी सर्वज्ञ, सत्यवादी, सांख्य, योग, धर्म आदि शास्त्रहरुका ज्ञाता थिए | इनमा दिव्यदृष्टि थियो [महाभारत स्वर्गारोहण पर्व . ५. ३१-३३] | वैदिक, पौराणिक एवं तत्त्वज्ञान संबंधमा इनले जुन योगदान दिए त्यसैका कारण यिनी आजसम्म लोकप्रिय रहन सकेका छन | प्राचीन ऋषिहरुको व्याख्या गर्दा इनले असामान्य प्रतिभा , क्रांतिदर्शी द्रष्टापन, जीवन विषयको वैरागी दृष्टिकोण, अगाद्य विद्वत्ता, एवं अप्रतीम संगठन कुशलता देखाएकाकारण इनको उपस्थिति ततकालिन समाजमा जो सुकैले आवश्यक ठान्दथ्यो | यसैकारण,