अवैध र गैरकानूनी रूपमा मापदण्ड बिपरित सञ्चालित इट्टा भट्टा र प्लाई उद्योग
Uncategorized
Swaraj Khadka पाचखालका बासिन्दाको यो
कदम ढिलै भए पनी अति स्रहानिय छ।
कृषीको उर्वर भुमी पाचखाललाई मरूभुमी बनाउन लागी परेका केही व्यवशायी र दलाल विचौलियाका बिचको समन्वयमा अवैध र गैरकानूनी रूपमा मापदण्ड बिपरित सञ्चालित इट्टा भट्टा र प्लाई उद्योगले दैनिक फाल्ने हजारौ टन खरानीको धुलो र धुवाका कारण आमजनताहरू दिर्घरोगका शिकार भैरहेका छन भने पशु चौपायाहरूमा पनी रोग देखा परेका छन।कृषि उत्पादनहरूको उत्पादन दिन प्रतिदिन घट्दै गैरहेको छ भने भुमिगत पानिका स्रोत समेत दोहन भैरहेको छ ।विद्यालयको छेउ,स्वास्थ्य संस्थाको छेउ र घनामानवबस्तिको बिच सञ्चालित यस्ता उद्योगले गर्दा केही वर्षपछी पाचखालका निरोगी मान्छे वा चौपाया पाउन मुस्किल पर्ने निश्चित छ। यती हुदा हुदै पनी आमजनताका प्रतिनिधि हौ भन्नेहरू तिनै उद्योगीका बचाउनमा लाग्ने र आफ्ना आसेपासे झुण्ड प्रयोग गरेर भट्टाका विरूध्द आवाज उठाउनेहरूलाई धम्याउने तर्