Best Online News From Nepal

Tag: आजको विचार

कागले एउटै मात्र जीवन साथि किन बनाउछ?

आजको विचार
आज काग तिहार । आजको दिन कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ । एकातिर हामी कागलाई पूजा गर्छौं भने अर्कोतिर काग कराउनुलाई अशुभ संकेत मान्ने चलन पनि छ । काग, जसलाई हामीले उति महत्व र संरक्षण दिएका छैनौं । हुन त यो पंक्षी अहिले लोपोन्मुख अवस्थामा छैन । न दुर्लभ नै । विश्वको हरेकजसो कुनामा काग पाइन्छ भनिन्छ । वास्तवमा कागलाई पर्यावरणसँग पनि जोडेर हेरिन्छ । यो सर्वभक्षी पंक्षीले पर्यावरण रक्षामा राम्रो भूमिका खेल्ने बताइन्छ । अतः यहाँ कागसँग जोडिएका रोचक तथ्य पेश गरेका छौं । करिव चालिस प्रकारको काग पाइन्छ । यिनीहरुको आकारप्रकार भिन्न भिन्नै हुने गर्छ । –  रेवन एक प्रकारको काग हो, जो सामान्य कागको तुलनामा ठूलो हुन्छ । यसको आव
चाँदीका किरा र मेरो ऋग्वेद  हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए |

चाँदीका किरा र मेरो ऋग्वेद हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए |

Uncategorized
हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए | कटुस, सिमी, घोडताप्रे, सिमली र पन्ग्रेको मसी बनाए | बासको कलम बनाए | लाखौलाख श्लोक भएका ग्रन्थहरू वर्षौं लगाएर छाला, भोजपत्र र लोक्ताको कागजमा सारे | तेस्तो दुख नगरेको भए आज छापामा आएर सजिलो भएक वेद, उपनिषद, पुराण, आयुर्वेद, ज्योतिषआदि कुनै विद्या पनि जोगिने थिएनन् | उहाँहरूले २७८ वर्ष पहिला गरेको एस्तै परिश्रमको पोको मेरो हजुरवुवा, बुवा हुँदै मसंग पनि छ | यो ऋग्वेदको हस्तलिखित किताव हो | हप्ता-हप्ता दिनमा पोको निकालेर किरा (चाँदीजस्ता टल्कने किरा) झार्छु | हरेक दिन तिनको परिश्रम मकिन्दै छ | हरेक पल हाम्रो इतिहासलाई किराले चरचर काटिरहेका छन् | आँखा रसाएर आउँछन् | आफैप्रति विरक्ति जाग्छ | अर्कोतिर देशमा विदेशी प्रतिमान राजनीति हावीहुँदै गर्दा आफ्नो धर्म, संस्कृति, इतिहास तथा मौलिकता नै जर्जर हुँदैछ | लौन केही गरौँ भनेर जुर्मुरायो भने अनेक
ब्राह्मणवाद नमो नमः।

ब्राह्मणवाद नमो नमः।

आजको विचार, राष्ट्रिय
ब्राह्मण नमो नमः। ब्राह्मणवाद नमो नमः। अरे टपरे बाहुनको आह्रिस गर्ने ८०% अहिन्दू मंगोल हो, यस तथ्यमा पनि गौर गरौँ है त। -यो सत्य नै हो, हामीले प्रयोग गर्ने भन्ने हाम्रा आफ्ना भाषाका लिपिहरू जस्तै रञ्जना(नेवारी), खरोष्ठ (खश), अक्खा(मगर), सम्भोटा(तिब्बती/तामाङ्ग), तिरहुतिया/मिथिलाक्षर (मैथिल), सिद्धम्, नागरी, देवनागरी(साझा), सिरिञ्जङ्घा(लिम्बू/किरात), राेङ्ग(लेप्चा) आदि सबैको जननी लिपि भनेकै ब्राह्मी लिपि हो। अझ मगर लिपि त पूर्णतया ब्राह्मी लिपि नै हो भन्दा हुन्छ। -पूर्वमा कोरियाई लिपि र पश्चिममा इथोपियाई लिपि ब्राह्मी लिपिको नै खारिएका परिवर्तित लिपिहरू हुन् भन्ने कुरो मानिएको छ। -यस ब्राह्मी लिपिको सर्वप्रथम प्रयोगमा ल्याउने भनेकै प्राचीन भारत(अहिलेको पाकिस्तान र इण्डिया)का आर्य ब्राह्मणहरू नै थिए। विश्वमा यस ब्राह्मी लिपिमा कुँदिएका पुराना शिलालेखहरू सर्वप्रथम भारत र पाकिस्तानमै पाइन्छन्।

मुम्बईमा कार्यरत दशौहजार नेपाली द्बारा राजतन्त्रको पक्षमा नाराबाजी

Uncategorized
काठमाडौ,२९ असोज । छिमेकी मुलुक भारतको मुम्बईमा राजतन्त्र जिन्दावाद भन्दै पुर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गरिएको छ ।मुम्बईमा आयोजना गरिएको धार्मिक महायज्ञमा विशेष पुजापाठका लागि सरिक भएका पुर्व राजा शाहको हिन्दुवादी र राजतन्त्र समर्थकले भव्य स्वागत गरे । ऊनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्दै शाहको जयजयकार समेत गरे । ऊनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्दै शाहको जयजयकार समेत गरे ।ऊनीहरुले पछिल्लो समय देशमा विखण्डनकारीको सक्रियता बढेको भन्दै हिन्दु धर्म र देशको सुरक्षाका लागि अब ठोस कदम चाल्न शाहसमक्ष्य अपिल समेत गरे । पुर्वराजा शाहको समर्थनमा महायज्ञमा सहभागी हिन्दुवादी भारतीय नागरिकले समेत जयजयकार गरेका थिए । सो समयमा निकै मलिन स्वभावमा रहनु भएका पुर्वराजा शाहले हिन्दुवादी र राजावादीको साथमा मुम्बईको वाधलापाडा
आमानै गुमाइयो ससारमा के नै बाकि छ अब गुमाउन- दामोदर न्यौपाने

आमानै गुमाइयो ससारमा के नै बाकि छ अब गुमाउन- दामोदर न्यौपाने

Uncategorized
यस्तो अनुभूति बारम्बार भै रहन्छ ! सायद यहि होला डिप्रेसन ! हल्का डिप्रेसनमा जानू स्वभाविक होला । किनभने मातृबियोग जति ठूलो बज्रपात अरु ठानिदो रैन्छ । स‌न्सारमा धेरै बाकी छन ! छोराछोरिलाइ दुख नहोस भनेर सबै काम गर्न अघि सर्ने स्मार्ट बुबा हुनुहुन्छ । परिवारको सम्पुर्ण दायित्व आफै लिने कर्तब्यनिष्ठ दाइ हुनुहुन्छ ! 21 बर्ष देखि आमाले भन्दा एक स्टेप माथी हेरचाह गरिरहने भाउजू हुनुहुन्छ । 9 बर्ष देखी दुख सुखमा सहयात्रा गरिरहेकी श्रीमती छन । 5 बर्ष देखि छुनुमुनु गर्दै अनेक शिक्षा दिने छोरो छ । सानोबाबा भन्दै बारम्बार झ्याम्मिने छोरिहरु छन । दाजु भाइ भनेर नजिक भै रहने दिदी बहिनी छन । भतिज भनेर स्नेह दिइरहने काका हरु हुनुहुन्छ । आमा पछिको आमा जस्तो काकी हुनुहुन्छ । थुप्रै आफन्त हुनुहुनुछ ! दाजु भन्दै झ्याम्मिने देशभरका भाइ बहिनी छन ! यो सब थाहा छ मलाइ ! यति हुदा पनि केही नभए जस्तो । केही गुमाए जस्तो
डिजिटलसँगै डाटा सेन्टर : प्रेस काउन्सिल

डिजिटलसँगै डाटा सेन्टर : प्रेस काउन्सिल

Uncategorized
प्रेस काउन्सिल नेपाललाई डिजिटलाईजेसन्सँगै डाटा सेन्टरका रुपमा विकसित गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ काभे्रपलाञ्चोकको संयोजनमा काउन्सिलद्वारा आज बनेपामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहोराले काउन्सिललाई डिजिटलाईजेसनसँगै डाटा सेन्टरका रुपमा विकसित गरी सञ्चारमाध्यममा प्रकाशित प्रसारित सामग्री पाठक वा अनुसन्धानकर्ताले सजिलै पाउन सक्ने बताउनुभयो । बोहोराले हाल ६२ वटा टेलिभिजन र तीन सय एफएम रेडियोका सामग्रीको २४ सैँ घण्टाका सामग्री सुरक्षित गरी अनुगमन भइरहेको बताउनुभयो । काउन्सिलका सदस्य सुभेक्षा विन्दु तुलाधरले सञ्चारमाध्यमबाट महिलाका विषयमा प्रस्तुति हुँदा शब्दशब्दमा हिंसा भइरहेकाले सञ्चारकर्मीले जवाफदेही र उत्तरदायित्व नभुल्न आग्रह गर्नुभयो । यसका लागि लैङ्गिक, अपाङ्गता एवं बालबालिकाका लागि निर्देशिका तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनु
खप्तड बाबा महत्पूर्ण भनाईहरु ‘म र मेरो कर्तव्य’

खप्तड बाबा महत्पूर्ण भनाईहरु ‘म र मेरो कर्तव्य’

Uncategorized
मेरो विचारमा कुनै पनि मानिसले बिर्सन नहुने र अत्यन्तै महत्त्वपूर्ण कुरा यही छ कि सांस्कृतिक स्वाधीनता नै वास्तविक स्वाधीनता हो. -खप्तड बाबा ('म र मेरो कर्तव्य' बाट उद्रितांश) _______________________ जुन जातिले आफ्नो संस्कृति, आफ्ना महापुरुषहरू र आफ्ना सत् साहित्यहरूप्रति अश्रद्धा गर्दछ त्यो जाति प्राय: नष्ट नै हुने गर्दछ. -खप्तड बाबा ('आत्मज्ञान' बाट उद्रितांश) _______________________ मुख्य कुरा यही छ कि अनेक जातिले एकपटक गुमाइसकेको राजनीतिक स्वाधीनता समय र परिस्थितिले साथ दिँदा पुन: फर्काएका छन्. तर एकपटक गुमिसकेको धार्मिक र सांस्कृतिक परम्परा अपरिवर्तित र पूर्ण रूपमा कायम गर्नु पूर्णरूपमा कायम गर्नु कुनै पनि समुदायको जीवनमा प्राय: असम्भव छ. -खप्तड बाबा ( बाट उद्रितांश) ______________________ आज तँ अरूको कर्तव्यमा दृष्टि राख्तछस् र त्यसद्वारा आफ्नो अधिकारलाई सुरक्षित देख्न चाहन्छस्.
विपि का कारण मानसरोबर बेचियो- अरुण कुमार सुवेदी

विपि का कारण मानसरोबर बेचियो- अरुण कुमार सुवेदी

Uncategorized
जनमत संग्रहपछि डाक्टर सिंह भैरहवाबाट राष्ट्रिय पञ्चायतका सदस्य भएँ । एक दिन टंकप्रसादकहाँ आएर भने–‘म पञ्चायत व्यवस्थामा एकचोटि प्रधानमन्त्री हुनुपर्यो ।’  ‘राष्ट्रिय पञ्चायतका दुई तिहाइ सदस्यले समर्थन गरे प्रधानमन्त्री हुन्छ’, भने टंकप्रसादले । डाक्टर केआई सिंहले मलाई सोधे– ‘ए सुवेदी भाइ, सही गराउन हिँड्न सक्छस् ?’ ‘मैले राष्ट्रिय पञ्चायतका ७५ जना सदस्यको सही ल्याइदिन सक्छु’ भनें । तर, मैले सिंहलाई सर्त राखें– ‘तपाईं प्रधानमन्त्री भएपछि मेरो तीनवटा काम गर्नुपर्छ । तर, त्यो अहिले भन्दिनँ । पहिला प्रधानमन्त्री हुनुहोस् ।’ त्यसका साक्षी थिए, टंकप्रसाद । त्यो बेला राष्ट्रिय पञ्चायतमा १ सय ४ जना सदस्य थिए । म दिनरात कुन सांसद कहाँ बसेको छ, तिनको घर—घरमा धाएर ७० प्रतिशत सांसदको समर्थन ल्याएँ । धेरै खुसी भएर उनले ५० चोटि जुँगा मुसारे । प्रधानमन्त्री नोमिनेसनको फाराम लिन सिंहदरबार गयौं । त्यति
हामी कम्युनिस्ट होइनौँ, हाम्रो झन्डा मात्रै कम्युनिस्ट हो

हामी कम्युनिस्ट होइनौँ, हाम्रो झन्डा मात्रै कम्युनिस्ट हो

Uncategorized
युवराज गौतम--- भारतको पश्चिम बंगालमा कम्युनिस्टहरूले ३४ वर्ष शासन गरे तर दरिद्रहरू झन् दरिद्र हुँदै गए । करोडपतिहरू अर्बपति भए । त्यसले मध्यम र निम्नवर्गका जनतामा आक्रोश फैलिँदै गयो । धनी र गरिबको अन्तराल बढ्दै गयो । हजारौँ उद्योग त्यहाँबाट बसाइँ सरे, अन्य राज्यमा । ज्योति बसुको कम्युनिस्ट पार्टीले सीमित नेता, कार्यकर्ता र चन्दादातालाई मात्र धनी बनाए पनि जनताको हित गरेन भन्दै चर्को आलोचना भइरह्यो । सरकारको विरोध गर्ने धेरै पत्रकार र लेखकहरू प्रताडित भए। ज्योति बसुका छोरा चन्दनका बारेमा सुमित मित्रले इन्डिया ‘टुडे’मा लेखेका थिए, “उनी कमरेड बाबुका पुँजीपति छोरा हुन् ।” (२०१३ जुलाई ३०) हुन पनि हो, शुभब्रत (बोलाउने नाम चन्दन) पश्चिम बंगालका अर्बपतिमध्येमा गनिन्छन् भनेर कलकत्ताका पत्रकारहरूले लेखेका छन् । सन् १९७७ देखि २३ वर्षसम्म ज्योति बसु मुख्यमन्त्री छँदा उनका आसेपासेहरू मात्र अर्बपति भए ।

केक काट्नु र जन्म दिनमा मैन बत्ती निभाउनु विदेशी सस्कृति हो, खबरदार!

Uncategorized
केही समययता हामी नेपालीमा ‘केक’ मोह निकै धेरै देखिएको छ। सर्वसाधारण, फिल्मकर्मी र नेतासम्मले आफ्ना अवसरहरू केकले रंगाएको देखिन्छ। केही दिनअघि नयाँ शक्ति पार्टीले झन्डै ९१ किलोको बडेमान केक काटेर आफ्नो वार्षिकोत्सव मनाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेटमा सफलता हासिल गरेको बधाइ दिन कप्तान पारस खड्का र उनको समूहलाई केक नै खुवाए। यता सामाजिक सञ्जालमा छाएका तस्बिर हेर्दा लाग्छ, केक कतै टुट्दैन, हामी केकमय भयौं। एक वर्षे बच्चादेखि हजुरआमा–हजुरबासम्मको जन्मदिनमा केक काट्दै खाइरहेका तस्बिर देखिन्छन्। संस्थाको वार्षिकोत्सव होस्, वा अरू केही सफलता, केक नै हुन्छ। अचेल त आमा–बुबाको मुख हेर्ने दिनमा पनि केक नै देखिन्छ। केक र नेपाली उत्सव पर्यायवाची बनेका छन्। केटाकेटीलाई त जन्मदिन भनेकै केक काट्ने भन्ने परेको छ। ठूला मान्छे पनि त्यही मनस्थितिमा छन्। तर, हामीले कहिल्यै विचार गरेका छ