Best Online News From Nepal

Tag: अन्तरवार्ता

को हुन काभ्रेपलाञ्चोकका सिबि लामा?

को हुन काभ्रेपलाञ्चोकका सिबि लामा?

Uncategorized
सिबि लामा तामाङ सफल व्यवसायी, समाजसेवी र राजनीतिज्ञको नाम हो । बुबा सानु माइला तामाङ र आमा ज्योमो तामाङको कोखबाट वि.स. २०३२ साल असार १३ गते काभ्रेको तिमाल गाउँपालिकामा जन्मिएका उनी बाल्यकालदेखि नै मिहिनेति थिए । स्थानीय नारायणथान प्राथमिक बिद्यालयबाट प्राथमिक शिक्षा हासिल गरेका उनले माध्यमिक शिक्षा कानपुर माध्यमिक विद्यालयबाट लिएका हुन् । २०४८ सालमा तृतीय श्रेणीमा प्रवेशिका परिक्षा (एसएलसी) उतीर्ण गरेका उनले काठमाडौँस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट मानविकी संकायअन्तर्गत आमसञ्चारमा स्नातक गरेका छन् । लामा अध्ययन गर्ने विद्यालयका शिक्षक उनकै घरमा बस्थे । त्यसैले पनि होला, उनको पढाई अन्य विद्यार्थीको भन्दा राम्रो थियो । नारायणस्थान प्राविदेखि शैक्षिक जीवनमा प्रथम स्थान ओगटेका उनले त्यो क्रमलाई कानपुर माध्यमिक बिद्यालयसम्म जारी राखे । विद्यार्थी जीवनमा उनले गृहकार्य नगरेकै कारण पटक–

जिल्लालाई विकास निर्माणमा अघि बढाउन मेरो उम्मेदवारी हो -सुन्दरमणी आचार्य

Uncategorized
भुकम्प पिडितलाई छाप्रोबाट घरमा बसाउने काम हुनेछ :  प्रदेश २ का उम्मेदवार सुन्दरमणी आचार्य   युवा उम्मेदवार सुन्दरमणी आचार्य काभ्रेली राजनीतिमा अझ युवा माझमा लोकप्रिय नाम हो । सानो उमेर देखि नै अझ भन्नु पर्दा विद्यार्थी राजनीतिदेखि यो अबस्थासम्म आईपुग्नुमा उहाँको लगन, जोश हो । राजनीतिमा सबैलाई मिलाएर लैजानु पर्छ भन्ने मान्यता राख्नुहुने युवाका ढुकढुकी आचार्य सँग गरेको संक्षिप्त कुराकानी चुनावी प्रचार कस्तो चल्दैछ ? चुनावको मिति नजिकिदै जाँदा चुनावी प्रचारप्रसार जोडतोडले चलिरहेको छ । दोलालघाट पारी भुम्लु गाउँपालिकाको ८ वटा वडाहरु भ्रमण गरेर आयौं । अब हामी मण्डनको कार्यक्रममा छौं । हाम्रो क्रियाशील सदस्यहरुको भेला छ, अन्य कार्यक्रमहरु पनि छन् । समग्रमा भन्नु पर्दा हामीलाई चुनाव जोडतोडले लागेको छ । सुन्दरमणिको उपस्थिति कस्तो रहेको छ मतदाता माझ ? चुनावमा मात्र हैन हर समय मतदाता माझ मे
प्रबिण बस्नेत सचिब नेपाल क्योकुशिन सेइशिन -काइकन कराते संघ सगको अन्तर्वार्ता

प्रबिण बस्नेत सचिब नेपाल क्योकुशिन सेइशिन -काइकन कराते संघ सगको अन्तर्वार्ता

Uncategorized
(१) तपाईंको जन्म कहाँ कहिले भएको हो ? मेरो जन्म मिती २०४० साल चैत्र २४ गते बुवा गणेश बहादुर बस्नेत र आमा भक्त कुमारी बस्नेतको कोखबाट सिन्धुपाल्चोक जिल्ला पिपलडाँडा गा. बि. स. वडा नम्बर ३ मा भयको हो | (२) खेल्कुदमा लाग्ने प्रेणा कसरी प्राप्त गर्नु भयो ? ४८/ ४९ सालको कुरा हो मेरो घरमा बेलुका ८ बझेको समाचार रेडियोमा सुन्दै थिय खेल्कुद समाचारमा मेरो गाऊको दाई मान बहादुर भण्डारी बक्सिङबाट साफ गेम खेल्न श्रीलन्का जादै हुनु हुन्छ भन्ने सुने तेही दिन देखी म पनि एउटा राम्रो खेलाडी भयर आफ्नो र राष्ट्रको नाम संसारमा चिनाउने एउटा छाप मनमा गढेको थियो र एक दिन त्यो पुरा गरेर छोड्ने सन्कल्प गरे | (३) खेल्कुदमा तपाईं कहिले देखी लाग्नु भयो र कुन बेल्ट हुनुहुन्छ ? गाऊमा जन्मेकोले सोच्ने बितिकै पुरा हुने स्थिती थिएन तेसैले २०५६ साल मा एस एल सि दियपछी काठमाडौं आय र बिहान कराते दिउसो काम र बेलुका कलेज् पढ