Best Online News From Nepal

नेपाल ऋषिहरूको तपोभूमी हो, चार वर्ण सबैको फूलवारी हो

नेपाल ऋषिहरूको तपोभूमी हो, चार वर्ण सबैको फूलवारी हो, सवै किरातीहरू(यो “मंगोल” भंने शब्द हामी नेपालीहरूको शब्दकोषमा नै छैन) सहित ब्राम्हण, क्षेत्रीय, वैश्य, शूद्र सबैको साझा भूमी हो
**************

१. चार वेदका रचनाकार महर्षी वेद व-यासको जन्म तनहुमा भएको हो। तनहु गएर हेर्दा हुन्छ प्राचिन कुटि र अन्य थुप्रो इतिहास फेला पार्न सकिन्छ। के उनि मङ्गोल हुन्?

२. महर्षी पराशरको नामबाट चिनिने अहिलेको पर्सा जिल्ला हो। बोलिको अतिभ्रशं शब्दमा पर्सा भएको हो । काली गण्डकी तीरमा बसेर वहाँले बिष्णु पुराण, श्रीमद्भागवत महापुराण, ज्योतिष-शास्त्र आदि मैत्रीय मुनिलाइ सुनाउनु भएको थियो। के उनि मङ्गोल हुन्?

३. १०८ कुण्ड नेपालमै छ जुन पुराणहरुमा धेरै राम्रो व्याख्या र महिमा छ। कुन चै मङ्गोलले पत्ता लगाएको रहेछ??

४. हरीहर धाम(हालको मुस्ताङ्ग) यहि पर्छ जसको व्याख्या पद्म पुराणले गर्छ । कुन मङ्गोलले लेख्यो पद्म पुराण आज भन्दा ६,००० बर्ष अगाडी?

५. #न्ये नाम गरेका ऋषिको नामबाट नेपाल रहन गयो । कुन मङ्गोल हुन् ती ऋषि ?

६. ऋषि मुनिको थलो नै नेपाल हो(इतिहास राम्ररी पढ्ने गर्नु)। उनीहरुकै नामबाट हाम्रो गोत्र बनेको हो । के उनीहरु मङ्गोल थिए?

७. हामी भारती भए हाम्रो हजुरबा हजुरआमाले हिन्दी बोल्नै जान्दैन थे । केहि लक्षण त देखिनु पर्ने हो नि। हैन र? किन जान्नु भएन उहाँहरुले?

८. जम्बुद्विपको हिम्बत्सर खण्ड भनेर चिनिने यहि भुमी नेपाल नै हो। कुन मङ्गोलले भन्यो हिम्बत्सर खण्ड भनेर?

९. विश्वमा भएको जति पनि भाषाहरू छन ती सबै भाषाहरूको मुल नै संस्कृत हो भनेर विश्व बिज्ञानले स्वीकारी सक्यो । कुन मङ्गोलको भाषा हो संस्कृत?

१०. १०८ कुण्डहरु, पशुपतीनाथ जस्तो पवित्र मन्दिर जस्को व्याख्या पुराण भरी छ तेस्तो पवित्र स्थान यहि छ।

११. भारतवर्ष ज़ुन राजा भरतको नामबाट रहयो को केन्द्र नै अहिलेको भरतपुर हो। कुन चाही मंगोलले भारतवर्षको कुन चाही क्षेत्रको कहिले ईतिहासमा प्रतिनिधित्व गर्यो?

अनि चेतना रहोस, वैदिक सनातन हिन्दु धर्म भनेको वेद, पुराण, उपनिषद, गीता, संहिता, स्मृति आदि ग्रन्थहरूको निर्देशनहरूको सामाजिक प्रयोग हो। हिन्दु धर्म भनेको समाजमा चलेको चलन हैन। कृपया समाजमा चलेका कू-चलनहरूलाई औंल्याउदै हिन्दु धर्मको व्याख्या गर्ने दुष्प्रयास नगर्नुहोस।

वेद-शास्त्रले त सधै जन्म-थरको आधारबाट हैन मनुष्यको कर्म-गुणले नै ब्राम्हण, क्षेत्रिय, वैश्य, शूद्र हुंछ भनेर भनेको छ चाहे त्यो अमेरिकी होस या मुसलमान वा नास्तिक। वेद शास्त्रले त मनुष्यहरूलाई सधै पूर्ण अहिंसक(मासु खानु पूर्ण निषेध, समस्त जीवात्मा के कुकुर के विरालो के धनी के ग़रीब के ज्ञानी के फटाहा सबैप्रति मन, वचन, कायाले प्रेम), गाईलाई विशेष श्रद्धा गर आदि भनेर ब्राम्हणीय चेतनामा रहन नै आग्रह गर्दछ। वेद-शास्ले त सती-प्रथा र बली प्रथा कलियुगका लागि पूर्ण: वर्जित नै गरेको छ। वेद शास्त्रले ज़िन्दगी भर गाईको दुध खाने अनि बुढी भएपछि त्याग्नेहरूलाई त अक्षम्य अपराधिको संज्ञा दिदै त्यस्ताहरूलाई घोर नरकको व्यबस्था नै गरेको छ।

वेद-शास्त्रको कुन चाही श्लोकले थरको आधारमा मंदिर प्रवेश निषेध गरेको छ? अनि फेरी किरातहरूको दिव्य ग्रन्थ मुन्धुम आदिमा कुन चाही श्लोकमा गाई खानु वा गोरू-रक्सी चढ़ाउनु भनेर लेखेको छ? भगवान बुद्धको नवसाधकहरूको लागी पहिलो खुड्किलोले अर्थात पंचशिल शिद्धांतले अहिंसामा प्रमुख जोड़ दिदै झुठो नबोल्नु, न चोर्नु, व्यभिचार नगर्नु र मादक पदार्थ सेवन नगर्नु नै भन्दछ भने यी मंगोल नामक तत्वहरूले कसरी “गाईको मासु खानु हाम्रो धर्म हो”, “गोरूको मासु-रक्सी चढ़ाउनु हाम्रो पूजा हो” भनेर भंछन?

कृपया बुद्धि-विवेक प्रयोग गरौ, शान्त-विशाल हृदयले सोचौ।

जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *