नेपालको मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम हुने जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौं । नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालले आगामी साउन ११ र १२ गते काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । उक्त कार्यक्रममा बढीमा २५० जना सम्मको सहभागिता रहनेछ ।
बाघचाल प्रतियोगितामा सहभागिताका लागि २०७५ साल साउन २ गते साझँ ५ः०० बजे सम्म आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइनेछ । म्याद नाघी आएको आवेदन उपर कुनै कार्वाही हुने छैन । आवेदन शुल्क रु १५० रुपैयाँ तोकिएको छ । उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । विजेताहरुलाई पहिलो पुरस्कार रु ५५००, दोस्रो रु ३५०० र तेस्रो रु २५०० साथै शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
उक्त कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याएका पूर्व खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
सम्मानित हुने खेलाडीहरुमा पूर्व राष्ट्रिय खेलाडीहरु क्रमशंः राम्जीप्रसाद बज्रचार्य ( कराँते, दिपक बिष्ट ( तेकवान्दो, बिनोद दास ( क्रिकेट ,सारादेबी तामाङ ( ब्याडमिन्टन (नेपाल आर्मी ), दिपक महर्जन – बक्सिग, आङ बाबु लामा ( ऊशु ,भरत शाह ( भलिबल (नेपाल पुलिस ) ,ममता चौधरी ( महिला क्रिकेट (सशत्र प्रहरी बल), जित बहादुर केसी ( एथलेटिक्स , तारादेबी पुनमगर ( भारत्तोलन, रन्जना धामी – प्याराओलम्पिक (अपाङ्ग) र सोम बहादुर सुनुवार ( प्याराओलम्पिक (अपाङ्ग) रहनु भएको छ ।