१७ जेठ, काठमाडौं । युवा पुस्तालाई मध्यनजर गरेर ताम्राकार मोबाइल ल्याब एन्ड रिसर्च सेन्टरले न्यूनतम शुल्कमा विभिन्न हार्डवेयर सम्बन्धी सीपमुलक तालिम दिन सुरु गरेको छ रोजगारी नपाएर विदेश जाने युवाहरुका लागि स्वदेशमै स्वरोजगारमुखी तालिम दिन सुरु गरेको हो । सेन्टरका प्रबन्ध निर्देशक रघुनाथ लामिछाने विभिन्न सिपमुलक तालिम लिए स्वदेशमै मनग्य आम्दानी हुने र विदेश नै जानु नपर्ने भएकोले यस्तो तालिम सुरु गरिएको बताए । अहिले सेन्टरले मोबाइल्को हाडवयर तथा सफ्टवयर र चिप्लेबल लगायतका ( Display Referbish , Glass
Replacement ) तालिम दिने गरेको छ । बिगि्रएका उक्त सामग्रीहरुलाई हार्डवेयर, चिप, मोदरबोर्ड तथा सर्किट बोर्ड बनाउन सक्ने गरी चरणबद्धरुपमा तालिमहरु प्रदान गर्ने गरेको छ । ‘हाम्रो मूख्य उद्धेश्य भनेको जागिर नपाएर बसेका युवालाई सिपमुलक तालिम प्रदान गरेर स्वदेशमै उद्यमी बनाउनु हो । एक चोटी तालिम लिएकाहरुले जीवनमा पुन वेरोजगार बस्नु नपर्ने लामिछाने भन्नु हुन्छ।
बर्षौ देखि काम गरिरहेका र अनुभबी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) बाट ट्रेनिंग प्राप्त प्रशिक्षक हरु बाट यस सेन्टरले साढे ३ देखि ६ महिनासम्मका तालिम दिने गरेको छ । यी मध्ये कुनै पनि तालिम लिएमा जागिर सहजै पाउने तथा तालिमकर्ताले आफू स्वयमले व्यवसाय गर्नं सक्ने दाबी वहाको छ ।
‘हामीसँग तालिम लिएका प्राय विद्यार्थीहरु कोही आफै पसल खोलेर बसेका छन् त कोहि अन्य ब्राण्ड का सर्विस सेन्टर मा काम गरि रहेका छन् तथा अन्य धेरै स्थानमा जागिरे छन् । अन्य धेरैले आफैं व्यवसाय सुरु गरेर राम्रो आम्दानी पनि गरिरहेका छन’, लामिछाने भन्नु हुन्छ जागिर खाइरहेकाले ३० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको भन्दै व्यवसायमा लाग्नेहरुले एक लाखसम्म मासिक कमाइ गरिरहेको बताउछन। त्यस्तै उनले यो व्यवसाय थोरै लगानीमा गरेर पनि मनग्य आम्दानी गर्न सकिने बताउनु हुन्छ । २०७५ जेठ १७ गते प्रकाशित