Best Online News From Nepal

बिबिध

काभ्रेपलान्चोकमा डिआइजि र पत्रकार सहित 3 को मृत्यु

काभ्रेपलान्चोकमा डिआइजि र पत्रकार सहित 3 को मृत्यु

दुर्घटना, बिबिध
मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जनाको धुलिखेलमा उपचार भइरहेको छ ।पाँचखालमा सचालित मापदण्ड विपरीतका इटाभट्टा र प्लाइ कारखाना विरुद्ध समाचार सम्प्रेषण गरेका एभीन्युजका पत्रकार  जीवन पराजुलीको मृत्युको खबरले हामी पाचखालवासि स्तब्ध भएका छौ ।
विश्वविद्यालमा किन पढाइदैन : ‘गीता’

विश्वविद्यालमा किन पढाइदैन : ‘गीता’

बिबिध
Sushil Gautam--- ठुला ठुला शोध अनुसन्धानमा साना साना  कुराले उत्प्रेरकको भूमिका खेलेका हुँदा रहेछन। आइज्याक न्युटनको दिमागमा पनि ८६ अर्ब स्नायु तन्तु थिए, रुखबाट स्याउ खस्नु उत्प्रेरक बन्यो। जसबाट उनले गुरुत्वाकर्षण सम्बन्धि अध्ययन गरे, आज तीन सय बर्षपछि पनि उनैले स्थापित गरेको सिद्दान्तको आधारमा हिसाब गरिरहेका छौँ। त्यस्तै उत्प्रेरक बन्यो अल्बर्ट आइन्स्टाइनलाई आफ्नो पिताले किनिदिएको सानो कम्पास। जन्मलाई भन्दा कर्मलाई प्राथमिकता दिने र संसारका सबै मानिस दाजुभाई हुन (बसुधैव कुटुम्बकम) भन्ने वेद बचनलाई चटक्क बिर्सेर जन्मैको आधारमा एउटा बच्चा तल्लो जातको हुने अर्को बच्चा माथिल्लो जातको हुन्छ भनेर उछितो काढ्नु कतिसम्मको तर्कपूर्ण छ? कथित उपल्ला जातका मानिसले डा. काले राई (स्वामीप्रपन्नाचार्य) को चरणस्पर्श गर्नु र नेवार परिवारले पालेको, सालनाल सहित बाटोमा भेटिएका भनिएका डा. योगी विकासानन्दको च
उषाकिरण भण्डारी र राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

उषाकिरण भण्डारी र राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

बिबिध
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्। काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान ९:३५ बजे भगवती मन्दिर पुगेकी थिइन्। राष्ट्रपति भएपछि उनले यस मन्दिरमा पूजाअर्चना गरेकी यो दोस्रोपटक हो। उनीसँगै नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि सहभागी थिए। राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाको २६ नंबर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गरेका थिए। सो अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत र
अफर छानीछानी नेपाल टेलिकमका ग्राहकले ५ रुपैयाँमा  टिभि’ हेर्न पाउने, २२ वटा सेवाहरु

अफर छानीछानी नेपाल टेलिकमका ग्राहकले ५ रुपैयाँमा  टिभि’ हेर्न पाउने, २२ वटा सेवाहरु

बिबिध
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर असोज २९ देखि लागू भएको छ र अफर आगामी पुष २८ गते सम्म लिन सकिने छ । अटम अफरमा यस्तो छ विशेषता तथा सुविधाहरु १. ह्याप्पी विकेन्ड (Happy Weekend) प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ । २. अल टाइम डाटा प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ । अब थप बोनस समेत गरी अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैया
यौन र तपस्या  : तपोयुक्त: प्रयुन्जीत शिष्टैरनुगतान् विधिन् | ब्राह्मणैश्च सुह्रीद्भिश्च मंगलैरनभिनन्दितान् || (कामसूत्र ७/१/५१) 

यौन र तपस्या  : तपोयुक्त: प्रयुन्जीत शिष्टैरनुगतान् विधिन् | ब्राह्मणैश्च सुह्रीद्भिश्च मंगलैरनभिनन्दितान् || (कामसूत्र ७/१/५१) 

बिबिध
तपोयुक्त: प्रयुन्जीत शिष्टैरनुगतान् विधिन् | ब्राह्मणैश्च सुह्रीद्भिश्च मंगलैरनभिनन्दितान् || (कामसूत्र ७/१/५१) कामाचरण गर्दा केवल शास्त्री, समाज त संस्कृतिले स्वीकार भएका विधिहरूअनुसरण गरिनुपर्छ | एस्तो विधि मङ्गलदायक र शुभ हुन्छन् र कसैले निन्दा पनि गर्दैन | काम पनि तप नै तेसैले एसलाई मर्यादापूर्वक प्रयोग गर्नुपर्छ - भनेर ऋषि बात्स्यायनले स्पस्ट रूपमा भनेकै छन् | विवाहित पतिपत्नी बीच दूबैको सहमतिमा कामाचरण गर्नु तपस्या हो | एस्तो तपस्याले सृष्टिकार्यमा सहयोग गर्छ | धर्मयुक्त यौनब्यबहारले तेस्रो र चौथो आश्रमको लागि तपश्चर्याको जग तयार पार्छ | कामको प्रयोग शारीरिक, मानसिक र अन्त्यमा मोक्ष प्राप्तिको लागि हो | मार्केटिंग गरेर नयापुस्तालाई पथभ्रष्ट गर्न होइन | यौन शारीरिक आवश्यकता हो भन्दैमा एसको लागि विकृत मार्केटिंग गरेर मनोबैज्ञानिक रूपमा युवाशक्तिलाई "यौनाचार"का लागि प्रेरित गर्नु उचित
मुख्यमन्त्री श्री पवन चामलिङले फेरि रचे सर्वोच्च कीर्तिमान

मुख्यमन्त्री श्री पवन चामलिङले फेरि रचे सर्वोच्च कीर्तिमान

बिबिध
कीर्तिमानि मुख्यमन्त्री श्री पवन चामलिङले फेरि रचे सर्वोच्च कीर्तिमान । इटालीको रोममा हिजो साँझ सिक्किमले प्राप्त गर्‍यो फ्युचर पोलिसी अवार्ड । पुरस्कार प्राप्त पछि दुनियाँलाई सम्बोधन गर्दै मुख्यमन्त्री श्री चामलिङले 2050 सम्ममा दुनियाँले केमिकल free भएर पुर्ण जैविक बिश्व बन्नुपर्छ भन्ने सन्देश दिएकाछन । यो सिक्किमको अहिलेसम्मकै सर्वोच्च सम्मान हो । कीर्तिमानि मुख्यमन्त्रीलाई अनेकौं बधाई र शुभकामना व्यक्त गरिन्छ ।
नवरात्रको तेस्रो दिनःचन्द्रघन्टा मा को पूजा

नवरात्रको तेस्रो दिनःचन्द्रघन्टा मा को पूजा

बिबिध
तृतीयं चन्द्रघन्टा – आज तृतीया तिथि है – तीसरा नवरात्र | इस दिन चन्द्रघन्टा देवी की अर्चना की जाती है | चन्द्रः घंटायां यस्याः सा चन्द्रघन्टा – आल्हादकारी चन्द्रमा जिनकी घन्टा में स्थित हो वह देवी चन्द्रघन्टा के नाम से जानी जाती है | इस रूप में देवी के दस हाथ दिखाए गए हैं और वे सिंह पर सवार दिखाई देती हैं | उनके हाथों में कमण्डल, धनुष, बाण, कमलपुष्प, चक्र, जपमाला, त्रिशूल, गदा और तलवार सुशोभित हैं | अर्थात् महिषासुर का वध करने के निमित्त समस्त देवों के द्वारा दिए गए अस्त्र देवी के हाथों में दिखाई देते हैं | यह क्रोध में गुर्राता हुआ भयंकर रूप है जो पिछले रूपों से बिल्कुल भिन्न है और इससे विदित होता है कि यदि देवी को क्रोध दिलाया जाए तो ये अत्यन्त भयानक और विद्रोही भी हो सकती हैं | इन्हें स्वर की देवी भी कहा जाता है | साथ ही दुष्टों का विनाश करने में सदा तत्पर रहने के बाद भी इनका स्वरूप ब

२० गुणा बढी विद्यार्थी भर्ना ल क्याम्पस टहरा पढाउने तयारी गर्दै

बिबिध
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करिब २० गुणा बढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ। करिब ५०० क्षमता भएको उक्त क्याम्पसमा अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन्। गत वर्ष चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए। त्रिवि कानून सङ्कायका डिन डा ताराप्रसाद सापकोटाले क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि पढाउनका लागि कक्षाकोठा खोजिरहेको बताए। ल क्याम्पसमा चार वटा कक्षाकोठा मात्र स्नातक तह प्रथम वर्षमा पढाउनका लागि रहेको छ। उनले कक्षाकोठा उपलब्ध गराइदिन त्रिविका रजिष्ट्रार र रेक्टरसमक्ष पहल गर्न अनुरोध गरिएको बताए। 'चार वटा कोठामा हामीले अहिले कक्षा सञ्चालन गरिरहेका छौं। ती कोठामा विद्यार्थीको भीड छ,' उनले भने, 'प्राध्यापकसँगसँगै उभिएर विद्यार्थी पढिरहेका छन्।' काठमाडौंस्
भारतमा मृगौला पछि औठाछाप काण्ड, पाँचखालका जनता माथि यसरी गरिदैछ षडयन्त्र-भिडियो सहित

भारतमा मृगौला पछि औठाछाप काण्ड, पाँचखालका जनता माथि यसरी गरिदैछ षडयन्त्र-भिडियो सहित

बिबिध
मदन ढुगाना--- रातोपाटि अन्नलाईनले खोज मुलक समाचार प्रकासन गरेको प्रति पाचखालबासिको तर्फबाट बिशेष धन्यवाद प्रकट गर्दछौ। काठमाडौँ । पाँचखाल–७ होक्से, काभ्रेका प्रल्हाद सापकोटा असारदेखि २ पटक भारतको दिल्लीलगायतका विभिन्न स्थानमा पुगिसके । भदौको ११ गते मात्रै उनी दोस्रो पटक दिल्ली पुगेर फर्किएका छन् । प्रल्हाद मात्रै होइन, उनकै गाउँबाट यतिबेला ७ जना महिला र पुरुषलाई भारतको पन्जाब, दिल्ली, यूपीलगायतका स्थानमा लगिएका छन् । गाउँमै रहेका सुरज नाम गरेका एक दलालमार्फत् प्रल्हादलगायतका व्यक्तिहरू भारतको विभिन्न सहरमा पुगेका छन् । तर दलालले किन र के कामका लागि उनीहरूलाई भारत पुर्याइरहेका छन्, न जानेहरूलाई थाहा छ, न त दलालले नै सही कुरा भन्ने गरेका छन् । यस्तो छ दिल्ली कथा पाँचखाल होक्सेका बासिन्दाहरू सामान्यतः आर्थिक रूपमा कमजोर छन् । आर्थिकरूपमा विपन्न भएपछि उनीहरूमाथि चलखेल गर्न सकिन्छ भन्ने दला
सरकारले गर्यो अहिले सम्म कै लोकप्रिय निर्णय,पोर्न साइटमाथि प्रतिबन्ध

सरकारले गर्यो अहिले सम्म कै लोकप्रिय निर्णय,पोर्न साइटमाथि प्रतिबन्ध

बिबिध
श्रीकृष्ण धिमाल /काठमाडौ--- दुई तिहाई बहुमतको शक्तिसालि सरकारको एक पछि अर्को गर्दै आलोचना र घेरा बन्दि भै रहेको समयमा सञ्चार तथा सूचना प्रविधि  मन्त्रि गोकुल बास्कोटाले लोकप्रिय र दुरगामि निर्णय गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन कडा निर्देशन दिनु भयको छ सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर