ऋषि वेदव्यासले लेखेको नेपाल !!
Govinda Upadhyaya..
ऋषि वेदव्यासले लेखेको नेपाल !!
स्कन्द पुराण अन्तर्गतको हिमवतखण्डको सङ्कलन नेपालका राष्ट्रसन्त योगी नरहरिनाथको नेतृत्वमा देशभरीका करिव ८६ संस्कृतका विद्वानहरूले वि.स. २००४ देखि आरम्भ गरेका थिए | वि.स. २०१३ सालमा यो वनारसको श्रीराम प्रेस बुरानलावाट छापिएको थियो |
हिमवत्खण्डलाई "नेपाल महात्म्य" पनि भनिन्छ | किनभने एसमा नेपाल र नेपालको उत्पत्ति, नेपालका राजबंशहरू र यहाँका तीर्थस्थलहरू र तिनको उत्पत्तिका विषयहरू प्रकाश पारिएको छ |
हिमवत्खण्डमा १८९ अध्याय र १२५१२ श्लोकहरू छन् | बनारसबाट प्रकाशित गरिएको यो किताव काठमाडौँ उपत्यकाका विभिन्न हस्तलिखित प्रतिहरूबाट मिलान गरेर तयार पारिएको थियो | नेवारी, मैथिली, देवनागरी र तमिल लिपिमा यो पुस्तक उपलब्ध थियो |
नेपाल महात्म्यका हस्तलिखित प्राचीन पुस्तकहरू कि नेपालमा र कि भारतको तमिलनाडु राज्यमा मात्र प्राप्त भएको जानकारी मैले वेभस