
नेपाल मेट्न यतिसम्म हुँदा पनि नेपाली मौन
देवप्रकाश त्रिपाठी
माओवादीका नाममा एक समय देशमा आँधी–बेहरी चल्दा प्रधानमन्त्रीजस्तो गरिमामय पदीय जिम्मेवारी हात पार्न सफल प्रचण्ड र बाबुराम भट्टराईहरू नेपालले विकास र समृद्धि हासिल गर्न नसक्नुको मुख्य कारण हाम्रो देशको धर्म, संस्कृति र परम्परा हो भन्ने गर्दछन् । इसाई मसिनरीद्वारा सञ्चालित गोर्खाको एक विद्यालयको उत्पादन बाबुराम भट्टराईले त नेपाल पछाडि पर्नुको मुख्य कारण नै सनातन हिन्दू धर्म, परम्परा र संस्कृति भएको घोषणा पटक–पटक गर्दै आएका छन् । त्यसैले के कुनै देशको मौलिक धर्म, परम्परा र संस्कृति नै देश पछाडि पर्नुको कारण बन्ने गर्छ त ? के आफ्नो धर्म–संस्कृति परित्याग गर्दैमा, विदेशी धर्म–संस्कृति अपनाउँदैमा वा धर्मनिरपेक्षतासहितको सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति अवलम्बन गर्दैमा कुनै मुलुक विकसित र समृद्ध बन्न सक्छ त, भन्नेजस्ता प्रश्नहरूमा गम्भीरतापूर्वक विचार–विमर्श गर्न