Best Online News From Nepal

राष्ट्रिय

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

राष्ट्रिय
छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरले जानकारी दिएको छ। आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए। कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले भेटघाट गरे। शुक्रबार स्वास्थ्य परीक्षणको रिपोर्ट हेरेर चिकित्सकले डिस्चार्ज गरेका हुन्। ओलीको उपचारको नेतृत्व डा. अरुण सायमीले गरेका थिए। चिकित्सकको टोलीमा निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सन्तकुमार दास सहभागी थिए। प्रधानमन्त्री ओली अहिले केहीबेरमै टिचिङ अस्पतालबाट बालुवार फर्किन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
निजामती कर्मचारी अस्पतालमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 115 जना सहभागी(तस्विर र भिडियो सहित)

निजामती कर्मचारी अस्पतालमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 115 जना सहभागी(तस्विर र भिडियो सहित)

राष्ट्रिय
अर्जुन भुषाल--- काठमाडौमा चार्डपर्वको समयमा अत्याधिक मात्रामा  रगतको  अभाव हुने गरेको छ । निजामती अस्पताल प्रशासन र अस्पतालको कर्मचारी यूनियनको संयुक्त आयोजनामा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय पन्ध्र बढिले रक्तदान गरेको अस्पतालको कर्मचारी यूनियनले जनाएको छ । विहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म चलेको थियो । अस्पतालको परिसरमा भएको उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेश कुमार थपलिया थिए । विगत १० बर्षदेखि अस्पतालले प्रत्येक बर्ष बडादशैं, दीपावली र छठका अबसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । विशेषगरी चाडपर्वका बेला रगतको अभाव पर्ने भएका कारण प्रत्येक बर्ष चाडपर्वको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको अस्पताल कर्मचारी यूनियनका अध्यक्ष स
ब्राह्मणवाद नमो नमः।

ब्राह्मणवाद नमो नमः।

आजको विचार, राष्ट्रिय
ब्राह्मण नमो नमः। ब्राह्मणवाद नमो नमः। अरे टपरे बाहुनको आह्रिस गर्ने ८०% अहिन्दू मंगोल हो, यस तथ्यमा पनि गौर गरौँ है त। -यो सत्य नै हो, हामीले प्रयोग गर्ने भन्ने हाम्रा आफ्ना भाषाका लिपिहरू जस्तै रञ्जना(नेवारी), खरोष्ठ (खश), अक्खा(मगर), सम्भोटा(तिब्बती/तामाङ्ग), तिरहुतिया/मिथिलाक्षर (मैथिल), सिद्धम्, नागरी, देवनागरी(साझा), सिरिञ्जङ्घा(लिम्बू/किरात), राेङ्ग(लेप्चा) आदि सबैको जननी लिपि भनेकै ब्राह्मी लिपि हो। अझ मगर लिपि त पूर्णतया ब्राह्मी लिपि नै हो भन्दा हुन्छ। -पूर्वमा कोरियाई लिपि र पश्चिममा इथोपियाई लिपि ब्राह्मी लिपिको नै खारिएका परिवर्तित लिपिहरू हुन् भन्ने कुरो मानिएको छ। -यस ब्राह्मी लिपिको सर्वप्रथम प्रयोगमा ल्याउने भनेकै प्राचीन भारत(अहिलेको पाकिस्तान र इण्डिया)का आर्य ब्राह्मणहरू नै थिए। विश्वमा यस ब्राह्मी लिपिमा कुँदिएका पुराना शिलालेखहरू सर्वप्रथम भारत र पाकिस्तानमै पाइन्छन्।