वीरगञ्ज नाकाबाट डेढ करोडको फूल आयात
अर्जुन भुसाल , भारतबाट सयपत्री, गोदावरी लगायतका फूल व्यापारीहरुले आयात गर्ने गरेका छन् । बजारमा प्लाष्टिकका फुल पनि देखिन थालेको छ ।देशकै प्रमुख भन्सार नाका वीरगञ्जबाट चाडपर्वलाई लक्षित गरेर झण्डै डेढ करोड मूल्य बराबरको फूल आयात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म २ लाख ७८ हजार किलो फूल आयात भएको हो । जसको १ करोड ४० लाख मूल्याङकन गरिएको छ । फूलबाट वीरगञ्ज भन्सार कार्यालयले ७ लाख १२ हजार रुपैयाँ राजश्वसमेत संकलन गरेको छ ।७३ लाख मूल्य बराबरको फूल आयातबाट कार्यालयले ३ लाख ५० हजार राजश्व संकलन गरेको थियो ।
यस वर्षमा आयात अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ । सूचना अधिकारी यादवका अनुसार आयात बढेका कारण फूलबाट राजश्व पनि सोही अनुसारकै संकलन भइरहेको छ । ‘फूल आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ, सँगै ५ प्रतिशत अग्रिम