Best Online News From Nepal

दुर्घटना

काभ्रेपलान्चोकमा डिआइजि र पत्रकार सहित 3 को मृत्यु

काभ्रेपलान्चोकमा डिआइजि र पत्रकार सहित 3 को मृत्यु

दुर्घटना, बिबिध
मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जनाको धुलिखेलमा उपचार भइरहेको छ ।पाँचखालमा सचालित मापदण्ड विपरीतका इटाभट्टा र प्लाइ कारखाना विरुद्ध समाचार सम्प्रेषण गरेका एभीन्युजका पत्रकार  जीवन पराजुलीको मृत्युको खबरले हामी पाचखालवासि स्तब्ध भएका छौ ।