Best Online News From Nepal

Blog

केटिएम मोबाइल सेन्टर द्वारा ओप्पो  मोबाईलको एक्सचेन्ज मेला सुरु

केटिएम मोबाइल सेन्टर द्वारा ओप्पो मोबाईलको एक्सचेन्ज मेला सुरु

सुचना/प्रविधि
काठमाडौं । केटिएम मोबाइल सेन्टरले नेपालमा नै पहिलो पटक ‘ओपो मोबाइल ग्रेट एक्सचेन्ज’ मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्देश्यकासाथ एक्सचेन्ज मेला आयोजना गरेको हो । यो अफर ताम्राकार कमप्लेस 3rd Floor Shop No 31 मा रहेको छ ,  Contact Us 9813532776 आइतवारदेखि सुरु भएको ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सकिने आयोजकले जानकारी दिएको छ । मेलामा विशेष गरि कम्पनीले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ । त्यस्तै ओपो ए ३ एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा एक्सचेन्ज गर्न सकिने आयोजकले जानकारी दिएको छ । मोबाइल एक्सचेन्ज मेला माघ ६ गतेसम्म संचालन हुनेछ । हाल मात्र ओप्पो को नया फोन
गोपाल खनाल गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा

गोपाल खनाल गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा

मुख्य समाचार
गोपाल खनाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को पुष19 गतेको बैठक बाट गोरखापत्र सस्थानको सल्लाहकार सम्पादकमा नियुक्त हुनु भएको हो
गोरखापत्र संस्थानको  कानुनि सल्लाहकारमा  अधिवक्ता कुमार भट्टराई

गोरखापत्र संस्थानको कानुनि सल्लाहकारमा अधिवक्ता कुमार भट्टराई

Uncategorized
गोरखापत्र संस्थानको कानुनि सल्लाहकारमा अधिवक्ता कुमार भट्टराई नियुत हुनु भएको छ उहाको सफल कार्यकाल को सुभकामना
नेपाल मेट्न यतिसम्म हुँदा पनि नेपाली मौन

नेपाल मेट्न यतिसम्म हुँदा पनि नेपाली मौन

राजनिती
 देवप्रकाश त्रिपाठी माओवादीका नाममा एक समय देशमा आँधी–बेहरी चल्दा प्रधानमन्त्रीजस्तो गरिमामय पदीय जिम्मेवारी हात पार्न सफल प्रचण्ड र बाबुराम भट्टराईहरू नेपालले विकास र समृद्धि हासिल गर्न नसक्नुको मुख्य कारण हाम्रो देशको धर्म, संस्कृति र परम्परा हो भन्ने गर्दछन् । इसाई मसिनरीद्वारा सञ्चालित गोर्खाको एक विद्यालयको उत्पादन बाबुराम भट्टराईले त नेपाल पछाडि पर्नुको मुख्य कारण नै सनातन हिन्दू धर्म, परम्परा र संस्कृति भएको घोषणा पटक–पटक गर्दै आएका छन् । त्यसैले के कुनै देशको मौलिक धर्म, परम्परा र संस्कृति नै देश पछाडि पर्नुको कारण बन्ने गर्छ त ? के आफ्नो धर्म–संस्कृति परित्याग गर्दैमा, विदेशी धर्म–संस्कृति अपनाउँदैमा वा धर्मनिरपेक्षतासहितको सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति अवलम्बन गर्दैमा कुनै मुलुक विकसित र समृद्ध बन्न सक्छ त, भन्नेजस्ता प्रश्नहरूमा गम्भीरतापूर्वक विचार–विमर्श गर्न
क्याबिनेटको निर्णय फेसबुकबाट लाइभ

क्याबिनेटको निर्णय फेसबुकबाट लाइभ

Uncategorized
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब क्याबिनेट बैठकका निर्णयहरु फेसबुक र ट्विटरबाट लाइभ गरिने बताएका छन् । सरकारले सूचना लुकाएको बारे अनलाइनखबरले सोधेको प्रश्नमा मन्त्री बास्कोटाले भने– ‘जंगेले बोल्यो भनेपछि बोल्यो बोल्यो’ भन्ने छैन ! अपवादका घटना भए भने सूचना कसरी दिने भन्नेमा कुनै हार्ड एण्ड फास्ट नीति छैन ।’ मन्त्रालयमा विहीबार पत्रकार सम्मेलन गरेर क्याबिनेट बैठकका २२ वटा निर्णय सार्वजनिक गरेका मन्त्री बास्कोटाले शुक्रबार बिहान पत्रपत्रिकामा बलि बढी नै नजर दौडाए । क्याबिनेटका निर्णय लुकाएको आरोप खेपिरहेका बास्कोटाको चासो के रहेछ भने आफूले अल्लिो दिन दिएका सूचना पत्रपत्रिका मार्फत जनतामा कति प्रतिशत पुगे, कति लुके ? शुक्रबार दिउँसो अनलाइनखबरकर्मी मन्त्री बास्कोटाको च्याम्बरमा पुग्नासाथ उनले अघिल्लो दिनको २२ बुँदे प्रेस विज्ञप्ति देखाउँदै भने– ‘यहाँ
सुदूरपश्चिममा जात्राको रौनक सुरु

सुदूरपश्चिममा जात्राको रौनक सुरु

Uncategorized
बैतडी : नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको सुरुवात भएसँगै जात्राको रौनक सुरु भएको हो। कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ।   कात्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डीस्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ। दार्चुलामा रहेको नेपालकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्दछ। त्रिपुरासुन्दरी भगवत

राजाका गीतमा स्वर भर्दै बूढापाका

Uncategorized
  Shivahari Ghimire : तबेला, धिमेबाजा र बासुरको सुमधुर धुन । धुनसँगै जोसिलो स्वर भर्दैछन्, अनुहार चाउरिएका पाका पुस्ता। बूढापाकाको स्वरले युवा र विदेशी पर्यटकको ध्यान विस्तारै खिँच्दै छ । उनीहरू स्वर सुन्न त्यहाँ झुम्मिँदै छन्। सबैले चाखलाग्दो पारामा बूढापाकालाई नियाल्दै छन् । कोही उनीहरूसँगै स्वरमा डुब्न खोज्दैछन्। गएको मंगलबार पाटन दरबार क्षेत्रमा पर्ने कात्तिक डबलीमा यस्तै दृश्य देखियो । मल्ल वंशको शासन समाप्त भएको साढे दुई सय वर्षपछि पनि पाटनमा मल्ल राजाका गीत गाइन्छ । ज्या पुन्ही (जेठ पूर्णिमा ) को उपलक्ष्यमा हरेक वर्ष यसरी नै सिद्धिनरसिंहका गीतमा पाटन क्षेत्रका बूढापाकाले स्वर भर्ने गर्छन् । पुराना रागसहितको गीतले दरबार क्षेत्र गुन्जित हुन्छ । यी गीतमा पाका केही पुस्ताले स्वर भर्छन् । गाउन अप्ठेरो र पुरानो रागलाई समात्न नयाँ पुस्ताले नसकेको पाटनका सहमान बज्राचार्यले बताए । उनले
नेपाली फिल्मि क्षेत्रका महान व्यक्तित्व गेहेन्द्र धिमालको निधन

नेपाली फिल्मि क्षेत्रका महान व्यक्तित्व गेहेन्द्र धिमालको निधन

Uncategorized
नेपाली चलचित्र क्षेत्रका महान व्यक्तित्व तथा माइतीघ चलचित्रका सहनिर्देशक  गहेन्द्र प्रसाद धिमालको मृत्युको खबरले स्तब्ध बानायाको छ, मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारणाको कामना गर्दछौ! नेपाल चलचित्र प्राविधिक संघका सल्लाहकार, समाजसेवी, फिल्म एण्ड एडफिल्मसका अध्यक्ष विशिष्ठ चलचित्र प्राविधिक श्री गेहेन्द्र धिमालकाे श्रद्धाञ्जली । भावपुर्ण श्रद्धाञ्जली !
११ बजेर ५५ मिनेटसाइत,आज भाइटीका

११ बजेर ५५ मिनेटसाइत,आज भाइटीका

Uncategorized
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको  छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।