श्रीमदभागवत कथा ७ दिन को किन हुन्छ किन ८ दिनको हुदैन?
श्रीमद्भागवत कथा सात दिनमा सुन्ने नियम किन?कारण ?
यस्को पछाडी धेरै कारण हरु छन जसमध्ये यी चार मुख्य कारण हरु छन-
१) मनुष्य को जन्म तथा मृत्यु सात दिनमै हुने हुनाले। ” आइतबार देखि शनिबार सात दिन हुन्छ आठ दिन हुदैन।
२) सात दिनको कथाको मतलब हो जिवनमा जति सात दिन निस्की सकेकोछ त्यस्को असुधी दुर होस,अनि अगाडी आउने बाकी को सात दिन निर्मल र पबित्र बनोस।
३) मनुष्य को शरीर भित्र सप्त ग्रन्थी हरु हुन्छन -१ )अबिध्या २) अस्मिता ३) राग ४) द्वेष ५) अभिनिमेश ६) अहन्ता ७) र ममता
७ दिनको श्रीमद्भागवत कथामा एक एक दिनको कथा श्रवण ले यी एक एक ग्रन्थि हरु खुल्दै जाओस, अनि जुन दिन सात वटै ग्रन्थी हरु खुल्नेछ मनुष्य ले त्यही क्षण मुक्ति प्राप्ती गरोस भनेर ।यस्को जवलन्त प्रमाण हो महाराज परिक्षित र धुन्धकारी।
४) र श्रीमद्भागवत कथा सात दिनमै हुने महाराज परिक्षित लाई सात दिनमा मर्ने श्राप लाग्नु को कारण पनि हो।
गुरुमहारज हरुको मुखारबिनबाट सुने अनुसार-
हरे कृष्ण ….
Vedic Sanatana Dharma(वैदिक सनातन धर्म)