Best Online News From Nepal

Author: gsmktm

निजामती कर्मचारी अस्पतालमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 115 जना सहभागी(तस्विर र भिडियो सहित)

निजामती कर्मचारी अस्पतालमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 115 जना सहभागी(तस्विर र भिडियो सहित)

राष्ट्रिय
अर्जुन भुषाल--- काठमाडौमा चार्डपर्वको समयमा अत्याधिक मात्रामा  रगतको  अभाव हुने गरेको छ । निजामती अस्पताल प्रशासन र अस्पतालको कर्मचारी यूनियनको संयुक्त आयोजनामा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय पन्ध्र बढिले रक्तदान गरेको अस्पतालको कर्मचारी यूनियनले जनाएको छ । विहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म चलेको थियो । अस्पतालको परिसरमा भएको उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेश कुमार थपलिया थिए । विगत १० बर्षदेखि अस्पतालले प्रत्येक बर्ष बडादशैं, दीपावली र छठका अबसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । विशेषगरी चाडपर्वका बेला रगतको अभाव पर्ने भएका कारण प्रत्येक बर्ष चाडपर्वको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको अस्पताल कर्मचारी यूनियनका अध्यक्ष स
कात्तिक १६ गते बिहान १० बजे सिभिल सर्भिस हस्पिटल मिनभवन जाऔ रक्तदान कार्यक्रममा सरीक बनौ

कात्तिक १६ गते बिहान १० बजे सिभिल सर्भिस हस्पिटल मिनभवन जाऔ रक्तदान कार्यक्रममा सरीक बनौ

शिक्षा/स्वास्थ्य
काठमाडौमा रगतको अभाव भएपछि निजामति कर्मचारी अस्पतालका कर्मचारीहरु एकजुट भैइ यहि कात्तिक १६ गते निजामती कर्मचारी अस्पताल(civilservicehospital)  मा आधिकारीक ट्रेडयुनियन निजामति कर्मचारी अस्पताल संघ र निजामति अस्पतालको सयुंक्त आयोजनामा रक्तदान कार्यक्रममा  गर्ने लागेको  जानकारी आज सघ द्वारा जारी विज्ञप्तिमा भनियको छ।   आयोजक आधीकारिक ट्रेडयुनियन निजामति कर्मचारी अस्पताल सघं र निजामती कर्मचारी अस्पताल परिवार, मिनभव, काठमाडौ
छिट्टै अस्पतालबाट फर्किने छु-प्रधानमन्त्री

छिट्टै अस्पतालबाट फर्किने छु-प्रधानमन्त्री

Uncategorized
काठमाडौं- दुई दिनदेखि अस्पतालको सिसियुमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा भ्रममा नपर्न सार्वजनिक सन्देश जारी गरेका छन्। उनले विभिन्न सामाजिक सञ्जाल र केही कुत्सित मनासय बोकेका डिजिटल मिडियाले आफ्नो स्वास्थ्यका बारेमा आधारहिन प्रचार गरेको भन्दै प्रभावित नहुन पनि भनेका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४:३० बजे  त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। उनको उपचारमा  डा अरुण सायमीको संयोजकत्वमा डा‍. दिव्या सिंह र डा. सन्तकुमार दास  संलग्न छन्। यस्तो छ उनले सार्वजनिक गरेको सन्देश
काभ्रेमा जुफा कप फुटबल प्रतियोगिता शुरु, काभ्रेली फुटबलमा रम्दै

काभ्रेमा जुफा कप फुटबल प्रतियोगिता शुरु, काभ्रेली फुटबलमा रम्दै

Uncategorized
काभ्रेको ज्याम्दीमा दोस्रो जुफा कप फुटबल प्रतियोगिता शुरु भएको छ । गत शुक्रबार देखि शुरु भएको प्रतियोगितामा चौध टिम प्रतिष्पर्दामा उत्रेका छन् । ज्याम्दी युनाइटेड फुटबल एशोसिएसन जुफा ले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर हरेक वर्ष जुफा कप फुटबल प्रतियोगिता आयोजना गदै आइरहेको छ । यस वर्षको प्रतियोगिता भने कार्तिक ९ गते देखि १९ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि यूवा संघ नेपालका कोषाध्यक्ष अमित लामाले गरेका थिए । प्रतियोगिताको उद्घाटन गदै लामाले देश विकासको मेरुदण्ड भनेकै यूवा वर्ग भएकाले सबै यूवाहरु परिवर्तनको अभियानमा लाग्नुपर्ने बताएका छन् । यसैगरी कार्यक्रममा जिसस काभेका सदस्य प्रेम लामा, नेकपा काभ्रेका सदस्य एवं यूवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा नेकपा ज्याम्दीका यूवा नेता भिम लामाले समाज परिवर्तनमा यूवाहरुले खेल्नुपर्ने भुमिकाका विषयमा मन्तव्य राखेका
मान्छे उमार्ने प्रविधि : रक्तबीज

मान्छे उमार्ने प्रविधि : रक्तबीज

Uncategorized
रक्तबीज : रगतबाट मान्छे उमार्ने प्रविधि !! "चण्डी" भनिने संस्कृतको पुस्तक संभवत: धेरै नेपालीहरू पाठ गर्ने धार्मिक पुस्तक मध्ये पर्छ | केहीले केवल श्रद्धा र भक्तिले पढ्नुहुन्छ अर्थ बुझ्नु हुन्न भने केहीले अर्थ पनि बुझ्नुहुन्छ र पाठ पनि गर्नुहुन्छ | एसै चण्डी को आठौं अध्यायमा रक्तबीज नामको असुरसंग देवीको युद्ध हुन्छ | रक्तबीज बलियो त थियो नै उसमा एउटा अनौठो विशेषता पनि थियो | देवी महापुराणकाअनुसार उसले एस्तो विशेषता महादेवबाट वरदानमा प्राप्त गरेको थियो | अव प्रश्न उठ्छ - के थियो तेस्तो विशेषता ? आजभोली कुनै पशुको शरीरबाट एउटा सानो टिस्यु निकालेर तेसबाट दुरुस्तै तेही जनावर जन्माउन सकिने प्रविधिलाई "क्लोनिग" भन्ने गरिन्छ | डोली नामको भेडा एसको उदाहरण छ | यो विधिले प्रतिकृति बनाउनु निकै खर्चिलो हुन्छ | चण्डीमा उल्लेखित रक्तबीजको रगत यो क्लोनिक भन्दा धेरै उन्नत छ | रक्तबीजको शरीरमा रहेको हरे
चाँदीका किरा र मेरो ऋग्वेद  हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए |

चाँदीका किरा र मेरो ऋग्वेद हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए |

Uncategorized
हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए | कटुस, सिमी, घोडताप्रे, सिमली र पन्ग्रेको मसी बनाए | बासको कलम बनाए | लाखौलाख श्लोक भएका ग्रन्थहरू वर्षौं लगाएर छाला, भोजपत्र र लोक्ताको कागजमा सारे | तेस्तो दुख नगरेको भए आज छापामा आएर सजिलो भएक वेद, उपनिषद, पुराण, आयुर्वेद, ज्योतिषआदि कुनै विद्या पनि जोगिने थिएनन् | उहाँहरूले २७८ वर्ष पहिला गरेको एस्तै परिश्रमको पोको मेरो हजुरवुवा, बुवा हुँदै मसंग पनि छ | यो ऋग्वेदको हस्तलिखित किताव हो | हप्ता-हप्ता दिनमा पोको निकालेर किरा (चाँदीजस्ता टल्कने किरा) झार्छु | हरेक दिन तिनको परिश्रम मकिन्दै छ | हरेक पल हाम्रो इतिहासलाई किराले चरचर काटिरहेका छन् | आँखा रसाएर आउँछन् | आफैप्रति विरक्ति जाग्छ | अर्कोतिर देशमा विदेशी प्रतिमान राजनीति हावीहुँदै गर्दा आफ्नो धर्म, संस्कृति, इतिहास तथा मौलिकता नै जर्जर हुँदैछ | लौन केही गरौँ भनेर जुर्मुरायो भने अनेक
प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, अझै तीन दिन अस्पतालमै राखिने

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, अझै तीन दिन अस्पतालमै राखिने

Uncategorized
काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रम ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकहरुले प्रेस नोट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले अस्पतालमै कम्तिमा दुई-तीन दिन राखेर ‘आराम’ गराइने बताए । उनका अनुसार प्रम ओलीको अवस्था सुधारोन्मुख र स्थिर रहेको छ। प्रेस नोट जारी गर्दै चिकित्सकहरुले छातीमा संक्रमणले श्वास फेर्न समस्या हुनुका साथै रगतमा सुगरको मात्रा बढेकाले बिहान साढे ४ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा भर्ना गरिएको बताएका छन् । चिकित्सकहरुले प्रम ओलीको मिर्गौला प्रत्यारोपण गरिएकाले साधारण रुघाखोकी लाग्दा पनि इन्फेक्सन हुने भएकाले निगरानीमा राख
काभ्रेपलान्चोकमा डिआइजि र पत्रकार सहित 3 को मृत्यु

काभ्रेपलान्चोकमा डिआइजि र पत्रकार सहित 3 को मृत्यु

दुर्घटना, बिबिध
मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जनाको धुलिखेलमा उपचार भइरहेको छ ।पाँचखालमा सचालित मापदण्ड विपरीतका इटाभट्टा र प्लाइ कारखाना विरुद्ध समाचार सम्प्रेषण गरेका एभीन्युजका पत्रकार  जीवन पराजुलीको मृत्युको खबरले हामी पाचखालवासि स्तब्ध भएका छौ ।
विश्वविद्यालमा किन पढाइदैन : ‘गीता’

विश्वविद्यालमा किन पढाइदैन : ‘गीता’

बिबिध
Sushil Gautam--- ठुला ठुला शोध अनुसन्धानमा साना साना  कुराले उत्प्रेरकको भूमिका खेलेका हुँदा रहेछन। आइज्याक न्युटनको दिमागमा पनि ८६ अर्ब स्नायु तन्तु थिए, रुखबाट स्याउ खस्नु उत्प्रेरक बन्यो। जसबाट उनले गुरुत्वाकर्षण सम्बन्धि अध्ययन गरे, आज तीन सय बर्षपछि पनि उनैले स्थापित गरेको सिद्दान्तको आधारमा हिसाब गरिरहेका छौँ। त्यस्तै उत्प्रेरक बन्यो अल्बर्ट आइन्स्टाइनलाई आफ्नो पिताले किनिदिएको सानो कम्पास। जन्मलाई भन्दा कर्मलाई प्राथमिकता दिने र संसारका सबै मानिस दाजुभाई हुन (बसुधैव कुटुम्बकम) भन्ने वेद बचनलाई चटक्क बिर्सेर जन्मैको आधारमा एउटा बच्चा तल्लो जातको हुने अर्को बच्चा माथिल्लो जातको हुन्छ भनेर उछितो काढ्नु कतिसम्मको तर्कपूर्ण छ? कथित उपल्ला जातका मानिसले डा. काले राई (स्वामीप्रपन्नाचार्य) को चरणस्पर्श गर्नु र नेवार परिवारले पालेको, सालनाल सहित बाटोमा भेटिएका भनिएका डा. योगी विकासानन्दको च