Best Online News From Nepal

Author: gsmktm

विकासको जग हाल्दैछ सरकार : सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा

विकासको जग हाल्दैछ सरकार : सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा

Uncategorized
काभे्रपलाञ्चोक, १९ कात्तिक  : सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको जग हालिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकासको जग पूरा हुन लागको बताउनुभयो । अव विकासको प्रगति पनि देखन पाईन्छ । बाँस्कोटाले विकासको मुख्य हकदार स्थानीय तह विकासको महान् अभियानमा दत्तचित्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिदैं “आफ्नो ठाउँमा के के गर्नुपर्ने हो, छलफल गरी स्थानीय सरकारसँग समन्वय गरी सहयोग गर्नुस्”, भन्नुभयो । सङ्घीय सरकारले प्रदेश हुँदै स्थानीय तहमा विकासका बजेट पठाउने तथा स्थानीय तहका आन्तरिक बजेटबाट संयुक्तरुपमा विकास काम हुन्छ, उहाँले भन्नभुयो, “विद्युत् उत्पादन, विमानस्थल, पानी जहाज, मोनो र मेट्रो रे

माजुदेग पुनर्निर्माण सुरु

Uncategorized
काठमाडौँ — हनुमानढोका दरबार क्षेत्रको मुख्य सम्पदा माजुदेग पुनर्निर्माण सुरु गरिएको छ । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे  । काठमाडौंको हनुमानढोका परिसरको माजुदेग मन्दिर । तस्बिर : कान्तिपुर मन्दिर महानगरको खर्चमा पुनर्निर्माण गर्न लागिएको हो । यसको लागत ५ करोड ८८ हजार रुपैयाँ हुने महानगरले जनाएको छ । यसको निर्माणको ठेक्का प्राकृतिक सानु सुवा जेभीले पाएको छ । मेयर शाक्य र उपमेयर खड्गीले मन्दिरको माथिल्लो भागमा रहेको शिवलिंगमा पूजा गरेर सुरु गरेका थिए । १० वटा सिँढी चढेपछि मात्रै मन्दिरको जग सुरु हुन्छ । मेयर शाक्यले ‘मन्दिर पुनर्निर्माण गर्न लाग्ने पैसा महानगर आफैंले व्यहोर्ने बताए । उनले भने, ‘साना मन्दिर बनाउन अरूसँग हारगुहार गर्दैनौं ।’ शाक्यले भूकम्पल
हिन्दुका बिदा किन काटिए ?

हिन्दुका बिदा किन काटिए ?

Uncategorized
डा. विदुर चौलागाईँले एकपटक लेखेका थिए- हिन्दु नारी तीजमा एकदिन निराहार व्रत बस्दा विभिन्न कारणहरु देखाउँदै हिन्दु धर्मको नकारात्मक पक्ष भनी विश्लेषण गरिन्छ तर मुसलमानहरुको महिना दिनसम्म चल्ने रमदान या इद वा अन्य कुनै जातजातीको यस्तै पर्वका बारेमा कहिल्यै कुनै प्रश्न किन उठाइँदैन ।यसको उत्तर सजिलो छ, किनकि अरु धर्ममाथि प्रश्न उठाइयो भने त्यस धर्मका धर्मावलम्बीहरुले प्रतिकार गर्छन् तर हिन्दू माथि जति आक्रमण गरे पनि कुनै प्रतिरोध हुँदैन। अरु धर्मावलम्बीको विरोध गर्ने उद्देश्यमा यो लेख केन्द्रित छैन, न अरुले प्राप्त गरेको सुविधामा डाह उत्पन्न भएर नै लेखिएको हो। सबैले राज्यबाट समान अवसर प्राप्त गर्नु पर्दछ, जो नेपाल र नेपालीका आधिकारिक हुन् । खाली हिन्दुहरुको पर्वहरु माथिको आक्रमण रोकियोस् भन्ने मात्र आशय हो । नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बखत क्रिसमसका
ऋषि वेदव्यासले लेखेको नेपाल !!

ऋषि वेदव्यासले लेखेको नेपाल !!

धर्म, भाषा /सँस्कृति
Govinda Upadhyaya.. ऋषि वेदव्यासले लेखेको नेपाल !! स्कन्द पुराण अन्तर्गतको हिमवतखण्डको सङ्कलन नेपालका राष्ट्रसन्त योगी नरहरिनाथको नेतृत्वमा देशभरीका करिव ८६ संस्कृतका विद्वानहरूले वि.स. २००४ देखि आरम्भ गरेका थिए | वि.स. २०१३ सालमा यो वनारसको श्रीराम प्रेस बुरानलावाट छापिएको थियो | हिमवत्खण्डलाई "नेपाल महात्म्य" पनि भनिन्छ | किनभने एसमा नेपाल र नेपालको उत्पत्ति, नेपालका राजबंशहरू र यहाँका तीर्थस्थलहरू र तिनको उत्पत्तिका विषयहरू प्रकाश पारिएको छ | हिमवत्खण्डमा १८९ अध्याय र १२५१२ श्लोकहरू छन् | बनारसबाट प्रकाशित गरिएको यो किताव काठमाडौँ उपत्यकाका विभिन्न हस्तलिखित प्रतिहरूबाट मिलान गरेर तयार पारिएको थियो | नेवारी, मैथिली, देवनागरी र तमिल लिपिमा यो पुस्तक उपलब्ध थियो | नेपाल महात्म्यका हस्तलिखित प्राचीन पुस्तकहरू कि नेपालमा र कि भारतको तमिलनाडु राज्यमा मात्र प्राप्त भएको जानकारी मैले वेभस
वीरगञ्ज नाकाबाट डेढ करोडको फूल आयात

वीरगञ्ज नाकाबाट डेढ करोडको फूल आयात

अर्थ व्यापार
अर्जुन भुसाल , भारतबाट सयपत्री, गोदावरी लगायतका फूल व्यापारीहरुले आयात गर्ने गरेका छन् ।  बजारमा प्लाष्टिकका फुल पनि देखिन थालेको छ ।देशकै प्रमुख भन्सार नाका वीरगञ्जबाट चाडपर्वलाई लक्षित गरेर झण्डै डेढ करोड मूल्य बराबरको फूल आयात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म २ लाख ७८ हजार किलो फूल आयात भएको हो । जसको १ करोड ४० लाख मूल्याङकन गरिएको छ । फूलबाट वीरगञ्ज भन्सार कार्यालयले ७ लाख १२ हजार रुपैयाँ राजश्वसमेत संकलन गरेको छ ।७३ लाख मूल्य बराबरको फूल आयातबाट कार्यालयले ३ लाख ५० हजार राजश्व संकलन गरेको थियो । यस वर्षमा आयात अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ ।  सूचना अधिकारी यादवका अनुसार आयात बढेका कारण फूलबाट राजश्व पनि सोही अनुसारकै संकलन भइरहेको छ । ‘फूल आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ, सँगै ५ प्रतिशत अग्रिम

भरतपुरमा २० करोड उठाउने लक्ष्य साथ महायज्ञ

Uncategorized
अर्जुन भुसाल , भरतपुर महानगरपालिका-११ मा सथीत धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गरिने भएको छ । पत्रकार सम्मेलन गरी  आयोजकले ‘गणेश धाम’ निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ लागिएको जानकारी दिइएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा एक हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो । महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ । महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको छ । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माणको काममा करिव १४ लाखको लागतमा डीपीआर निर्माण भइरहेको छ ।  

कागले एउटै मात्र जीवन साथि किन बनाउछ?

आजको विचार
आज काग तिहार । आजको दिन कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ । एकातिर हामी कागलाई पूजा गर्छौं भने अर्कोतिर काग कराउनुलाई अशुभ संकेत मान्ने चलन पनि छ । काग, जसलाई हामीले उति महत्व र संरक्षण दिएका छैनौं । हुन त यो पंक्षी अहिले लोपोन्मुख अवस्थामा छैन । न दुर्लभ नै । विश्वको हरेकजसो कुनामा काग पाइन्छ भनिन्छ । वास्तवमा कागलाई पर्यावरणसँग पनि जोडेर हेरिन्छ । यो सर्वभक्षी पंक्षीले पर्यावरण रक्षामा राम्रो भूमिका खेल्ने बताइन्छ । अतः यहाँ कागसँग जोडिएका रोचक तथ्य पेश गरेका छौं । करिव चालिस प्रकारको काग पाइन्छ । यिनीहरुको आकारप्रकार भिन्न भिन्नै हुने गर्छ । –  रेवन एक प्रकारको काग हो, जो सामान्य कागको तुलनामा ठूलो हुन्छ । यसको आव
‘उपभोक्ता ठग्ने होसियार ! तीन लाख जरिवानामा परिएला’

‘उपभोक्ता ठग्ने होसियार ! तीन लाख जरिवानामा परिएला’

अर्थ व्यापार
कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । हालैमात्र जारी ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध गरेको छ । उपभोक्ता संरक्षण ऐनको दफा १६ ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्ने व्यापारीलाई पनि कानूनले कठघारामा ल्याउनेछ । बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्
अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ ।

अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ ।

अर्थ व्यापार
बाराको करैयामाई गाउँपालिका वार्ड नं.१ मा रहेको ज्योति मत्स्य ह्याचरी कृषि फर्मको चालिस कठ्ठाको पोखरीमा गएराति अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ । मधुवन निवासी नेपाल मत्स्य व्यवसायी संघ बाराका कोषाध्यक्ष दिपक पासवानको पोखरीमा रहेको करिव २५ हजार माछाका भुरा र ठूला माछा मरेको नेपाल मत्स्य व्यवसायी सघं बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए । दिपकले ३० कठ्ठामा ठूला माछा र १० कठ्ठा क्षेत्रफलमा माछाका भुरा नर्सरी सञ्चालन गरेका थिए । नयाँ व्यवसायी भएकाले उहाँ ले माछाको बिमा समेत गराएका थिएनन् । संघ बाराले आज एक विज्ञप्ति जारी गर्दै मत्स्य व्यवसायी र माछापालन व्यवसायमा भएको घटनाको छानबिन गरी वास्तविक दोषीलाई कारबाहीको माग गरेको छ ।
प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

राष्ट्रिय
छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरले जानकारी दिएको छ। आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए। कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले भेटघाट गरे। शुक्रबार स्वास्थ्य परीक्षणको रिपोर्ट हेरेर चिकित्सकले डिस्चार्ज गरेका हुन्। ओलीको उपचारको नेतृत्व डा. अरुण सायमीले गरेका थिए। चिकित्सकको टोलीमा निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सन्तकुमार दास सहभागी थिए। प्रधानमन्त्री ओली अहिले केहीबेरमै टिचिङ अस्पतालबाट बालुवार फर्किन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।