Best Online News From Nepal

कुकुर तिहारको मंगलमय शुभकामना

Kanakdhara Swami Swadeshanand

कुक्कुर तिहारको मंगलमय शुभकामना……

भारतका केही अनेपाली व्यापारीहरू नेपाली संस्कृतिको मालिक हुनखोजेर भारत र नेपाल लगायत विश्वकै नेपालीहरूलाई दिग्भ्रमित गरिरहेका छन् भने भारत र नेपालका केही गुलामी मानसिकताका नेपाली अनुहारहरू अनेपाली नै नेपाली संस्कृतिको मालिक हुनुपर्छ। काँसी गया र अयोध्या नै नेपाली संस्कृतिको मुहान हो भन्दै नेपालीहरूको सार्वभौम आस्थालाई भारतीयकरण गर्ने षड्यन्त्र गरिरहेका छन्। अनेपालीले नेपालीलाई संस्कृति सिकाउनुपर्दैन। अनेपालीहरू भन्दा नेपालीहरू आफ्नो संस्कृतिको जगेरा गर्न जान्दछन्। अनेपालीहरूले हामीलाई तीज, तिहार, दशैं, देउसी, भैली, साकेवा, उँधौली, उँभौली सहित नेपालीहरूको विविध जात जातिको चाड़ मनाउन सिकाएको हैन। हामी हाम्रो चाड़बाड़ मनाउन जान्दछौं। समाजमा बसिसके पछि विविध जातिबीचको सह अस्तित्व मान्नुपर्छ तर म नेपाली भएर बिहारी संस्कृति सिकाउन बिहारीहरूलाई बटुल्दिनँ।

यदि कुनै अनेपाली जाति समूहको मान्छे हाम्रो संस्कृतिको अन्तर्राष्ट्रिय नाइके बन्दछ अनि भारत र नेपालका नेपालीलाई भेला पारेर चीनको विरोधमा बोल्न लगाउँछ भने पक्कै पनि नेपाली संस्कृतिको विकास हैन, नेपाली जातिकै विनाश हो। नेपाली संस्कृति छिमेकी विरोधी हैन। छिमेकीलाई सम्मान गर्छ नेपाली। छिमेकीलाई सताउने वा छिमेकीसित वैरभाव राख्ने काम भारतीय संस्कृतिको हुनसक्छ, नेपाली संस्कृतिको कदापि हुनसक्दैन। भारत र नेपालका नेपालीलाई अनेपाली भारतीय व्यापारीहरूले संस्कृति सिकाउनु अथवा नेपालीको नाउँमा कुनै पनि संगठन खोलेर त्यसको नेतृत्वको मालिक अनेपाली हुन्छ भने कुनै पनि स्वाभिमानी नेपाली मात्रलाई स्वीकार्य छैन। केही फ्याउराहरूको हाँच कराउँदै आजदेखि त बाघ पनि फ्याउरै भयो भन्दैमा बाघ फ्याउरो हुँदैन।

भारतका नेपालीलाई चाहिएको अधिकार हो। भारतका नेपालीलाई वर्तमानमा चाहिएको हो अधिकारपूर्ण सुरक्षा। बारम्बार जातीय भेदभाव र नश्लभेदी सरकारी आचरणबाट उत्पीड़ित भारतीय नेपालीलाई अहिले चाहिएको कुरो हो गोर्खालैंड़। गोर्खालैंड़को समर्थन नगर्ने, गोर्खाहरूमाथि भइरहेको सरकारी दमनको विरुद्ध नबोल्ने कुनै पनि मानिसले नेपाली संस्कृतिको नाउँमा भारतीय नेपालीलाई गुमराह गर्ने अधिकार छैन। नेपालका नेपालीहरूलाई चाहिएको हो भारतको अहस्तक्षेप। भारत र नेपालका नेपालीको मूलभूत कुरालाई प्राथमिकता नदिईकन यदि कुनै अनेपाली मान्छेले नेपाली संस्कृतिको नाउँमा संगठन खोलेर चलाउँछ भने सरासर नेपालीहरूलाई भारतीय अन्य जातिहरूको गुलाम बनाउने षड्यन्त्र मात्र हो। भारतका नेपाली र अनेपाली समान रूपमा भारतीय हुन्। सबैको सह अस्तित्वलाई सबैले सम्मान गर्नुपर्छ। हाम्रा चाड़बाड़ र हाम्रो संस्कृतिको हामी स्वयं मालिक हौं।

सनातन धर्मका देवी देवता,खोला,नाला र पहाड़ प्रकृतिको पूजा गर्ने नेपालीहरू हिन्दू,मुसलमान र इसाई हैनन्, मात्र नेपाली हुन्। नेपाली शक्तिलाई ह्रास गर्ने केही गुलामी मानसिकताका चाटुकारहरूको शव्दजालमा परेर वैश्विक नेपाली संस्कृति र शक्तिको विनाश नगरौं। कुक्कुर जस्तो आपसमा भुकाभुक नगरौं, कुक्कुर जस्तो स्वामीभक्त बनौं। कुक्कुरमा एउटा कला छ जो कि विदेशी कुक्कर अथवा आफ्नो नश्लभन्दा भिन्नको अर्को कुक्कुर देख्यो भने भुक्छ तर नेपाली भिन्न नश्लसित झुक्छ। कुक्कुरको भिन्नसित नझुक्ने र भुक्ने भनेको खै-खबरी लिने कला विश्वकै नेपालीमा आवोस् भन्ने चाहनासहित कुक्कुर तिहारको मंगलमय शुभकामना……

Leave a Reply

Your email address will not be published. Required fields are marked *