Best Online News From Nepal

प्रतिमान बहस (भाग(३)

14947501_558808157659024_2658308297943675070_nनुम नाथ प्याकुरेल____
समाजका सबै लाभका क्षेत्रहरुमा दलीय भागवण्डा र कामिसनका आधारमा नियुिक्त बढुवा, सरुवा, पुरस्कृत तथा दण्डित गर्ने संस्कार र संस्कृति संस्थागत गरेर एक थरी विद्वानहरू राजनीतिक दलका प्रवक्ता बनेका छन्। कोही, राजनीतिक आवरणमा नागरिक समाज, एन जि ओ, आइ एन जिओ लागायतमा गजवको आर्थिक लाभ गरिरहेका छन्। अर्काथरी पद, प्रतिष्ठा र प्रलोभनको झिंनो आसामा पार्टीका झोले कार्यकर्ता भएर पर्चा पम्पप्लेट टाँस्दै, झण्डा(ब्यानर बोक्दै हिडेका छन्। धेरै आफ्ना नेतृत्वको कमजोरी, अख्तियार दुरुपयोग, सैद्वान्तिक विचलन तथा सङ्किर्ण मानसिकताको ढाकछोप गर्दै जिन्दावाद र अरुको हलेदो कोट्याउँदै मुर्दाबाद भन्दै घृणाको राजनीति संस्थागत गरिरहेका छन्। समग्रमा यो वा त्यो दलको कार्यकर्ता नभई जिन्दगीको एक पाईला नचल्ने गलत प्रतिमान स्थापना गरेर, सार्वजनिक निर्णय क्षमता ह्रास गरेर, एकांकी रुपमा अन्तराष्ट्रिय परनिर्भरता संस्थागत गरेर, एक अर्का दलविरुद्ध छुद्र आलोचना तथा धारेहात लगाएर, आफ्नो निजि, परिवार तथा कुटुम्बको जीवनमा क्रान्ति गरेका नेता र चट्टानी अडान लिएर नेतृत्वको ढाकछोप गर्ने निरिह कार्यकर्ता देख्दा उदेक लागेर आउँछ।
देशमा साना र ठुला गरेर करिब दुई सय दलहरु छन। लोकतन्त्र स्थापना पछि राजनीतिक तापक्रम निरन्तर बढिरहेको छ। पुराना राजनीतिक दलहरुले आफ्ना स्थानीय संरचनाहरु कृयाशील गरेका छन्। पार्टी फुट्ने, जुट्ने क्रम पनि रोकिएको छैन। राजनीतिमै कृयाशील भएर दुनियाँले सम्पति, शक्ति तथा प्रतिष्ठा कमाएको देखेर कति राजनीतिक दलहरु नयाँ दर्तालिएर कृयाशिल छन्। कति नयाँ एजेण्डा र भिजन लिएर राजनितीक दल निर्माणको अभियानमा छन्। समग्रमा राजनीतिक खेती भनौं या व्यापार फस्टाएको छ। यद्यपी धेरैको राजनीति मौकाले टिकेको यथार्त हो। किनकी यतिन्जेल राजनीतिमा असम्भव केहि छैन। राजनीतिक आवरणमा गरिने जघन्य हत्या, हिंसा, भ्रष्टचार, व्यभिचार तथा बदनियतपुर्ण व्यवहारहरु स्वागत छन्। अपराधमा संलग्न भई जेल पर्नु गजबको राजनीतिमा टिकिने र बिकिने प्रमाण पत्र बनेको छ। आदर्श, प्रेरणा, सत्य, नीति, नियम, सिद्धान्त पछिल्तिर छन्। आवश्यक पर्दा मात्रै ति देखाइन्छन्। बेइमानि, झुठ, धोखा, स्वार्थ अघिल्तिर छन्। ति छर्लङ र लाज पचाइएका छन्।
वर्तमान राजनीतिक संरचना भित्रैका विकल्पहरुबाट अब केही सकारात्मक परिवर्तन हुनेवाला छैन। नालायकी पन त त्यहाँबाट सुरुहुन्छ, जतिवेला भोट बैंकका लागि क्रमैसंग परंपरागत सामाजिक संगठनहरु पराईको ईशाराम क्रमै संग उखेल्दै गयौं। न हामीले पुराना दरिला संरचना कायम राख्यौं न नयाँ सृजना गर्न सक्यौं। आधुनिकताका नाममा चाहिने नचाहिने सबै कुरा स्वीकार गर्यौं। न हामी तिनीहरु जस्तो हुन सक्यौं, न हामी हामीजस्तै रहन सक्यौं। सबैकुरा उपयुक्त समयमा मात्रै आउँछ। बर्तमान राजनीतिक अन्योल, नेतृत्वको सृङ्खलावद्ध अकर्यमण्यता तथा राष्ट्रको दुरावस्थाको दोष एकांकी रुपमा एकजना व्यक्ति, राजनीतिक दल अथवा संगठनमा लगाउनु दुर्भाग्यपुर्ण हुन्छ। बहालवाला र भू.पू. कर्मचारी पनि नेपालको यो दुरावस्थाका लागि उत्तिकै दोषी छन् जति निर्णय निर्माणमा पहुँच पुर्याएका बहालवाला राजनीतिक नेतृत्वहरु। नत्र नेपालको यस्तो दुरवस्था हुँदैन थियो। यस्तो स्थिति एकै दिनमा वा एकैक्षणमा भएकै हैन, यो त सृङ्खलापुर्ण विचलित मानसिकता, लोभीपापी मनन, संकृण सोच तथा क्षणिक जस आफूले लिने र दीर्घकालिन अपजस अरुमा थोपर्ने प्रवृतिको परिणाम हो।
कालो बादलमा चाँदीको घेरा भनेझैं, यहि नै उपयुक्त मौका हो, पुर्वीय सभ्यताको पुनरजागरण गर्ने। अर्काको बुइचढेर क्षणिक लम्किएर गहिरो खाल्टोमा जाकिनु भन्दा, आफ्ना खुट्टामा उभिएर घस्रनसक्नु स्रेयस्कर हो। दुनियाँले आमुल परिवर्तन भन्दछन् तर हाम्रै प्राचिन सभ्यताको आधारमा विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक तथा सहृदयताको सम्वन्ध विश्वव्यापी रुपबाट ग्रहण गरी, विद्यमान विधर्मी प्रतिमानहरु रुपान्तरित गरि नेपाललाई विश्वको केन्द्र वनाउने जिम्वेवारी हाम्रै हो। क्रियात्मक बाटो बाट लक्षप्राप्ति सम्भव छ। प्रतिकृयात्मक बाटोबाट त चक्रब्यूमा मात्रै फसिन्छ। कार्य गर्दाको हाम्रो परम्परा संस्थागत स्वामित्व, सामूहिक कर्तृत्व, विशिष्ट नेतृत्वको पद्धतिबाट सञ्चाल गर्ने हो। आधुनिकताका नाममा अराजकता र अशहिसुणता भित्राएका छौं। आफ्नो नेतृत्वको गलत प्रवृति लम्पसार परेर संरक्षण गर्ने तर अर्काको सानो गल्ती देख्ने बित्तिकै तिन भित्ता जुरुक्क उफ्रने गलत प्रतिमानले हाम्रो सृजनशीलतालाई अझै कमजोड बनाउदै छ। हिंसा त्यागी प्रेम, सद्भाव तथा सहृदयताको मार्गबाट पूरै प्रतिमान परिवर्तन गर्ने जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको दिग्विजयबिना नेपालीजनको अर्को पुस्ता पनि अहिलेजस्तै वा अहिलेभन्दा पनि खराब परिस्थितिमा जकडिनु पर्नेछ।
हरेक घटनाका सकारात्मक तथा नकारात्मक दृष्टिकोण हुन्छन्। नागरिकले सयौं राजनीतिक दल तथा नेतृत्व मध्येबाट कुनै एक छान्न पाउने स्वतन्त्रता सकारात्मक हो तर दलीय गुटबन्दी, ध्रुवीकरण र हिंसात्मक राजनीति संस्थागत हुनु नकारात्मक हो। हरेक नागरिक कुनै न कुनै दल विशेषका शुभचिन्तक, समर्थक, कार्यकर्ता, नेता तथा नेतृत्वमा छन्। स्थानीय निकायको निर्वाचनले गाउँ तथा सहरको राजनीति तातेको छ। स्थानीय क्षेत्रमा सल्बलाएको राजनितिले विभिन्न राजनीतिक दलका लाखौं स्थानिय संगठित कार्यकर्तालाई कृयासिल गराएको छ। बर्तमानको निर्वाचनको परिणामले कसैलाई हौसियाएको छ त कसैलाई निरास तुल्याएको छ। हार जित जेभए पनि हरेक राजनितिक दल र अधिकांश नेतृत्वलाई केही न केही पाठ भने सिकाएको छ।
दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनको नतिजा आउने क्रम जारि भएको र अन्य ४ प्रदेशमा निर्वाचन नै हुन बांकि रहेको अवस्थामा अन्तिम निर्णयमा पुग्न हतार हुन्छ। अझै मतगणना जारी छ यद्यपी आवधिक स्थानीय निर्वाचनको यसपटकको परिणाम आफैमा स्थायि हैन। त्यहि भएर मूलधारका तथा परिधिका सबै राजनीतिक दलहरुले गम्भिर भएर आत्मा समिक्षा गर्नै पर्ने अवस्था चाहिँ हो यो। प्रारम्भिक मत परिणाम अनुसार एमालेको अग्रता देखिन्छ, दोश्रो र तेस्रो स्थानमा क्रमश नेपाली कांग्रेस तथा माओवादी केन्द्र छन्। मतपरिणामको यो स्थितिको विश्लेषण दलिय आधारमा आआफ्ना होलान, सापेक्ष ती विश्लेषण पनि स्वीकार्य नै छन्।
राजनितिक दलले आत्मसात गरेका नीति तथा सिद्धान्तका आधारमा यसपटकको मतपरिणाम हो भनौ भने, मुलधारका हुन या परिधिका राजनितिक दलहरुका नीति तथा सिद्धान्त एकातर्फ तर अभ्यास र कर्म ठिक विपरीत स्थितिमा देखिएको यो पटकको स्थानिय निर्वाचनको संघारमा मात्रै हैन, नेपाली राजनीतिको लोकतान्त्रिक कालको स्थापन देखिकै हो। सिद्धान्त र नितिका आधारमा हेर्ने हो भने मूलधार तथा परिधिका सबै दलहरु साधारणतया कम्युनिस्ट र पुँजिवाद, एकै नीति तथा सिद्धान्तको रचनात्मक प्रयोग र अभ्यासमा छन्। अलि विशिष्ट आधारमा नेपाली राजनीति खास तीन सैद्धान्तिक धार देखिन्छन, ती हुन प्रजातान्त्रिक, साम्यवादी तथा दक्षिण पन्थी। ती सैद्धान्तिक धारको बिकल्पको खोजी त निरन्तर हुन्छ नै यद्यपि तिनीहरुको बिकल्प नेपाली राजनितिक पर्यावरणमा स्पष्ट र प्रभावकारी देखिएको छैन यतिन्जेल।
निर्वाचनै होलाकी नहोला भन्ने पृष्ठभुमिमा पहिलो चरणको स्थानिय निकायको निर्वाचन छीटफुट घटना बाहेक निष्पक्ष तथा शान्तिपुर्ण ढंगमा समाप्त भयो। सरकार, राजनीतिक दल तथा आम नागरिक धन्यवादका पात्र रहेका छन्। सर्वसाधारण जनता उत्साहपुर्वक निर्वाचनमा भाग लिएर आफ्नो कर्तव्य र गोप्य मताधिकारको प्रयोग गरे। अब निर्वा्चित प्रतिनिधिहरुले आआफ्नो कर्तव्य पुरागर्ने समय हो यो। सङ्किणर््ा राजनीति त्यागि, नेपाली समाज र संस्कृतिलाई केन्द्रविन्दुमा राखेर राजनिती गर्छन कि गर्दैनन्।
अति भो फेसबुक तथा टुईटरका वालमा छुद्र वाक्य लेखेको र धार्ने हात लगाएर अरु दलको निन्दा गरेको। अरु ले जेसुकै गरुन्, कम्तिमा हामी जो सकृय राजनीतिक दलमा आवद्ध छैनौं, राजनीति आफ्नो पेसा तथा व्यवसाय बनाएका पनि छैनाँै तर सामाजिक उत्तरदायित्व सम्झेर समाजमा सद्भाव तथा सहृदयता राखेर समाजमा स्थापित विध्यमान गलत प्रतिमानको विरुद्ध हाम्रै समाज र सभ्यतामा आधारित, समय, सन्दर्भ तथा समाज सापेक्ष प्रतिमानहरुको सहृदय छलफल र बहस किन नगर्ने?
समाजमा सबै किसिमका राजनितिक विकल्पहरुको बहस र छलफल हुँदैछ। कोहि क्षणिक राजनितिक तथा आर्थिक लाभका लागि शताव्दियौँ पहिला देखि संस्थागत भएको हाम्रो गौरवको पुर्विय प्रतिमान राज्यराष्ट्र व्यवस्था अस्वीकार गरेर दुनियाँ र विश्वकै टाउको दुखाइको युरोपियन प्रतिमान राष्ट्रराज्य व्यवस्था वलपुर्वक लाद्न खोजेको स्थिती देख्दा उदेक लगेर आउँछ। मिलेर वस्न अर्काको अस्तित्वको सम्मान गर्नुपर्दछ तर यहाँ फुटाउ र राज गर भन्ने बिधर्मी राष्ट्र राज्यको वहस लादेर घृणा, प्रतिशोध, हिंसा सिकाइदै छ। पहिचान र अधिकारका नाममा अन्य समुदाय विरुद्ध कतिपय विद्वान महोदय, जात, जनजात, भाषा, प्रदेश तथा छालाको रंगको आधारमा कृतिम वर्गीकरण गरेर आफ्नै दाजुभाइ, इष्ट्मित्र, शुभचिन्तक, बन्धु बान्धवहरु मध्ये बिचार र स्वार्थ मिल्नेको एउटा राष्ट्रवाद र आफ्नो स्वार्थ सिद्ध गर्न बाधा पु¥याउने अर्को राष्ट्रवादको भ्रम फैल्याएर जवरजस्ती दुई राष्ट्रवादको बहस गरिरहेका छन्। दुई राष्ट्रवादको वहस ठिकै लागेर पक्षपोषण गर्ने सर्वसाधारण र राजनितिमा नवप्रवेशिलाई श्रीलंकाको एलटिटिको युद्ध र सर्वनास सम्झन आग्रह गर्दछु। बहु राष्टवादकै कारण सोभियत संघ विघठन भएको, युगोस्लाभीया, इजरायलरप्यालेस्टाइन तथा नजिकैको छिमेकी राष्ट्र भारतका विभिन्न राज्यमा भैरहेका स्वपहिचान तथा स्वराजका आन्दोलन स्मरण गराउन चाहन्छु। भारतले अँगिकृत नेपाली नागरिक, मुलधारका तथाकथित लोकतन्त्रवादी तथा परिधिका पहिचान वादी राजनितिक दलका लोभीपापी तथा स्वार्थी नेतृत्वको प्रयोग गरि देश टुक्राउनलाई प्रयोग गर्दछ भन्ने कुरामा यो पंक्तिकार विश्वास गर्दैन किनकी त्यस्तो कार्य उसका लागि पनि प्रतिउत्पादक हुने निश्चित छ। भारतीय हस्तक्षेप तथा सिन्डिकेट राज्य टुक्राउने वा भारतमा गाभ्ने नभइ राज्यको निर्णय क्षमता शून्य तुल्याएर, नेपाललाई पूर्णत अधिनस्त राष्ट्रको दर्जामा पु¥याउने कुटिल कदम चाहिँ सत्य हो। अर्को शव्दमा भन्ने हो भने नेपालमा भारतको सिक्किमीकरण हैन भुटानीकरणको चाहिँ उच्च सम्भावना हो र छ। हरेक राजनितिक दलको केन्द्रिय पदाधीकारिसम्म पु¥याएको को पहुंच तथा नेतृत्वमा पु¥याएको प्रभावबाट त्यस तथ्यलाई अस्वीकार गर्न सकिदैन। जहाँ समस्या छ त्यहाँ समाधान पनि छ। कतिपय विद्वानको सजिलो समाधान भारतीय हस्तक्षेपको विकल्प चिनियाँ सामिप्यता सम्झेका छन् त्यो पनि गलत हो। सहि चाहिँ स्रेयस्कर नेतृत्व, विशिष्ट निर्णय क्षमता, आत्मसम्मान पूर्ण मानसिकता, कृयात्मक उद्यमशीलता तथा संस्कृति र सभ्यतामा आधारित विकास नै हो। सङ्क्रमणकालिन वर्तमान परिप्रेक्षमा आयात गरिने राष्ट्र, वस्तु तथा सेवाको व्यापार बिभिदता अनिवार्य हो। आफ्नो उत्पादकत्व क्षमता वृद्धि गर्न नसकुन्जेल स्थिती विसको उन्नाइस भएपनि दिर्घकालिन समाधान चाहिँ स्थानीय मौलिक रैथाने उत्पादन र उत्पादकत्व क्षमता अभिवृद्धि गर्नै पर्दछ। अब सम्पुर्ण सङ्किर्णता त्यागि, निर्विकल्प सहृदयतावाद तथा राज्यराष्ट्रवादको विषयमा छलफल गरौं किनकि बिभिदतापुर्ण तथा जटिल समाजमा प्रेम, सद्भाव तथा सहृदयतापुर्वक मिलेरै वस्नुको बिकल्प छैन।

हामिले अभ्यास गरेका प्रजातान्त्रिक समाजवाद या जनताको वहुदलिय जनवाद या नौलो जनवाद या कुनै सिद्धान्त विनाका आयावाद, गयावाद वा लाजपचाएर खाएवाद जे सुकै हुन, के सिद्धान्त ले कामगरेका छन्? के हरेक राजनीतिक दलका केन्द्रिय पदाधिकारी देखि स्थानिय स्तरसम्मका संगठित कार्यकर्ताले नीति र सिद्वान्त बमोजिमका विचार र कार्य गरिरहेका छन्? यहाँ राजनीतिक दलमा संगठित तथा असंगठित ठुलो जमात छ जो सडक, सदन तथा सामाजिक संजालमा अति प्रतिकृयात्मक छ। आफ्नो दलको एउटा राम्रोकाम हैन अरुका दलको सृंखलाबद्धरुपमा नकारात्मक टिप्पणी गरी, अपव्याख्या गरी निच्चा देखाउने र बाँकी चिया पसलमा स्पष्टिकरण दिदै, अझै तुच्छ प्रतिकृया दिएर आत्मरती लिदैछन्। यी दुबै अतिवाद समाज, संस्कृति तथा व्यक्तिको व्यक्तित्व विकासमा पुर्णतया प्रतिउत्पादक छन्।
सोझो काठ पाउन रुख नै सोझो हुनु पर्दछ। बांगो रुखबाट सोझो काठको अपेक्षा राख्नु बेकार छ। वर्तमानका मुलधार र तथाकथित पहिचानवादी राजनीतिक दल आफैमा बाङ्गो रुखहरु हुन्। धेरै परिक्षण देखियो, भोगियो आयातित बिधर्मी राजनीतिक, समाजिक, आर्थिक, संस्कृतिक तथा धार्मिक गलत प्रतिमान तातो मुत जस्तै क्षणिक न्यानोपना दिएपनि अन्ततोगत्वा रोग साधक, दुर्घिन्धत, बिकासको बाधक, विभाजनकारी तथा हिंसालाई प्रोत्साहन गर्ने किसिमका नै हुन र क्रमश ती प्रमाणित हुदै छन्। जब प्रतिमान परिवर्तन जस्तो महान अभियानको कुरा गर्दछौं, भने साधारण जीवनका आफ्नै मौलिक रैथाने तथा वैदिक सभ्यता र परम्परामा व्यवस्थित ढंगले व्याख्या र अभ्यास गरिएका कतिपय प्रचलित अवधारणा र परिवर्त्यहरुको कृयात्मक परिभाषा र तिनको प्रयोग किन नगर्ने?

कतिपय विद्वान महोदय, भाषिक, सांस्कृतिक, प्रादेशीक, नाकको आकार, छालाको रंग, आंखाको स्वरुप नमिलेको आधारमा छुट्टीएर अग्रणी हुने, क्रािन्त गर्ने तथा सम्वृद्ध बन्ने भनेर, एकअर्का विरुद्ध बीष पान गराइ रहेका छन्। हिंसाको आँखा हँुदैन मेरो र तेरो हेर्नलाई, कान हुँदैन यसको र त्यसको सुन्नलाई। हाम्रा नेतृत्व दृष्टिबिहिन छन् की? श्रवण क्षमता गुमाएका छन्? किन गर्दैनन् प्रेम, सद्भाव, सहृदयता तथा शान्तिपुर्वक मिलेरै वस्नुको बिकल्प छैन भनेर? घृणा तथा हिंसाको यात्रा धेरै लामो हुँदैन। दुनियाँमा असफल भएका नीति तथा सिद्वान्त प्रभुका ईसारामा मौलिक रैथाने विधि र प्रकृयालाई भित्तामा प¥ुयाउदै आम जनताको भावनामा खेलवाड गरेर गरिने गैर राजनीतिक, आदर्श हिन, कर्तवयबाट च्युत, जिम्वेवारी तथा जवाफदेहिता रहित लोकतन्त्रिक गणतन्त्र पुनसमिक्षा गर्नु पर्दैन?
हाम्रो समाज हरेक दृष्टिकोणमा बिभिदतापुर्ण छ। धर्मका आधारमा हिन्दु धर्म तथा यसका साखाहरु, बुद्ध धर्म र यसका साखाहरु, किराँत धर्म, बोन धर्म तथा अन्य कतिपय अल्पमतिय समुदायहरुले अभ्यास गर्ने आफ्नै मौलिक रैथाने तथा वैदिक सभ्यता र परम्परामा व्यवस्थित ढंगले व्याख्या र अभ्यास गरिएका कतिपय प्रचलित अवधारणा र परिवर्त्यहरुको कृयात्मक परिभाषा तत्ततत्त सन्दर्भमा गरिने र परिवर्तनको सिद्वान्तलाई आत्मसात गरिने हो भने ति सिद्वान्तहरु बढि प्रभावकारी हुन्छन। पश्चिमि सामाजिक सिद्वान्त तिनका लागि बढि सान्दर्भिक हुन्। तिनै सिद्वान्तका आधारमा तिनिहरुले समाजमा राम्रो सुधार पनि गरेका छन् यद्यपी ती सिद्वान्तहरु हाम्रालागि विधर्मी हुन। किनकी ति सिद्वान्तहरुको जरो र किलो न यो समाजमा छ न पर्यावरणमा। हाम्रो सभ्यताको आधार हाम्रै माटो र पर्यावरणमा आधारित हुनुपर्दछ, यद्यपि राम्रा, अशल तथा कल्याणकारी गुण विश्वब्यापी रुपमा ग्रहण गरी आफ्नोपनमा ढाल्न कुनै अवरोध हुनु हुँदैन।
नाक हाम्रो अलि चुच्चो छ, तिम्रो अलि थेप्चे छ, हाम्रो छुट्टै राष्ट्रियता। आँखा हाम्रो अलि चिम्सो छ, तिम्रो अलि खुलेको छ, हाम्रो छुट्टै राष्ट्रियता। हाम्रो जस्तो भाषा, संस्कृति तथा भेषभुषा तिम्रो समान छैन हाम्रो छुट्टै राष्ट्रियता। असमानतामा समानता खोज्ने की समानतामा असमानता खोज्ने? हाम्रो संस्कृतिको आधार के हो? टिक्ने राजनीति गरौंन। किन बिक्ने राजनीति गर्ने? हाम्रो संस्कृति, परम्परा, संस्कार र सभ्यतामा आधारित राज्य राष्ट्रवादको कुरा नगरेर बिखण्डनवादी, बिभाजनकारी तथा हिंसामा आधारित दुई राष्ट्रवाद तथा वहुराष्ट्रवादको सस्तो र बिखण्डनवादी कुरा गर्छन्। आफ्नो व्यक्तिगत स्वार्थमा अलिकति समग्रको स्वार्थ पनि जोडेर, आफू जस्तै अरुको हृदय पनि छाम्ने कोशिस गर्दै वसुधैव कुटुम्बकम्को उत्कृष्ट भावनाले उद्यमशील संस्कृतिको मार्गमा अघि नबढेर किन नगर्ने सहृदयी र भावनात्मक एकतामुलक राज्यराष्ट्रवादको कुरा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *