Best Online News From Nepal

तराईमधेस बहस भाग-२

नुम नाथ प्याकुरेल16991802_805658859604126_3458777168402069788_o

तराईमधेस वारेमा जति वहस हुन्छ, त्यहाँका नागरिकमा त्यतिनै चेतना फैलने र समालोचनात्म दृष्टिकोणको विकास हुन गई आफ्ना अधिकार र कर्तव्यको ज्ञात तथा अधिकार प्राप्तिका सकारात्मक र दीर्घकालिन उपायहरूको खोजि गरि समग्र मिश्रित जनसंख्या माझ सद्भाव र सहिष्णुता र सहृदयता स्थापना हुने छ भनि पङ्तिकार विश्वश्त छ। अधिकारका हरेक लडाँई द्वन्द्वात्मक नै हुन्छन् तर द्वन्द्व मात्रै समस्याको समाधान हो भन्ने वुझाई पूर्णत: गलत हो। द्वनद्वको आधार घृणा, मतभेद, बहिष्कार, हिंसा, प्रतिसोध तथा अस्वीकार हुने भएकाले, द्वन्द्व व्यवस्थापन पछिको समय पूर्णत: अविश्वसनीय र संदेहपुर्ण हुने भएकाले द्वन्दवको प्रस्तुति पनि संयमित, संतुलित तथा त्यति निकृष्ट पनि हुनुहुन्न भोलि सहकार्य गर्न दुई पक्ष संगै उभिन नसक्ने स्थिति वनोस।

तराईमधेस भूगोल हो राष्ट्रियता हैन। पहाड जस्तै तराई पनि धर्म, जाति, जनजाति, भाषा, संस्कृति तथा रीतिरिवाजका आधारमा विभीदता पुर्ण समाज हो। एकथरी मानिस भारतवाट र अर्काथरि पहाडवाट बसाईसराई गरि निर्मित वहुलवादी समाज हो तराईमधेस। तराईमधेसका वासिन्दाको वसाईको अवधि हरेकको अलि कमवेसी होला तर दुवै तराईमधेसका वासिन्दाहुन् जसको सामाजिक, सांस्कृतिक तथा राजनैतिक अधिकार समान छ।

तराईमधेसको जब राजनीतिक मुद्दामा बहस शुरुहुन्छ, पहाडबाट वसांई सरि तराईमधेसको भूगोलमा बसोबास गर्ने समुदाय पनि आफू तराईमधेसी नै भएको दावि गर्दछ। जब सामाजिक-संस्कृतिक मुद्दामा बहस शुरुहुन्छ, त्यहि समुदाय सर्लक्कै पल्टिएर आफू बेग्लै सामाजिक-सांस्कृतिक पहिचान सहितको पहाडी भनि तराईमधेसी पहिचान अस्वीकार गर्दछ। त्यसै गरि जव राजनीतिक मुद्धाका बारेमा बहस हुन्छ, तराईमधेस समुदाय वरावर हिस्साको दावी गर्दछ। तराईमधेसले अधिकारमा समान हिस्सा खोज्नु स्वभाविक हो तर जव सामाजिक-सांस्कृतिक मुद्धाको बहस सुरुहुन्छ, सर्लक्क पल्टिएर सीमावर्ती समुदाय प्रति सद्भाव, सह्रदयता राख्दछ र पहाडी समुदाय प्रति अलगाव महासुस गर्दछ। त्यतिनै वेला तराईमधेसको समुदायले विर्सन्छ कि नेपाल र भारत दुई समान सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हुन्। समान सांस्कृतिक अस्तित्व भएको सिमावर्ती समुदायसंग सहृदयता राख्नु अस्वभाविक पनि हैन। तराईमधेसी समुदाय पहडी समुदाय संग पनि उस्तै प्रेम, सद्भाव र सहृदयता राख्नु पर्दछ। त्यस्तै सहृदयता पहाडी समुदायले तराईमधेस समुदाय प्रती पनि राख्नु पार्दछ। पङ्तिकारको ठहर तराईमधेसी समुदाय पहाडी समुदाय एकअर्को समुदायसंग पर्याप्त सामाजिक-सांस्कृतिक अन्तरक्रिया नगरेकै कारण थोरै कृतिम दुरी निर्माण भएको र एकअर्काको स्वतन्त्र पहिचान नस्वीकारेको जस्तो देखिएको मात्रै हो।

सिमावर्ति समुदाय र तराईमधेस समुदाय बीच सामाजिक-सांस्कृतिक समानता छ। स्वतन्त्र सिमा वारपारको कुटनैतिक प्रावधान भएका कारण यताका जनता उता र उताका जनता यता स्थायी/अस्थायी बसांईसराई गर्नेकार्य हिजोआज मात्रै हैन, सताव्दी अघिदेखि चलिआएको परंपरा हो र यो प्रकृया निरन्तर चलिरहन्छ। नेपाल र भारतको आआफ्नो एकीकरण अधी न तराईमधेसको भूभाग नेपालमा न भारतमा थियो। संयोगले तराईमधेसको भूभाग थोरै नेपालमा र धेरै भारातामा पर्नगएको आजको वास्तविकता हो। सामाजिक-सांस्कृतिक विषयलाई सहज ढंगले रोटीवेटीको उदारवादी सम्बन्ध भनि यता र उताका सर्वसाधारण जनताले सम्झेका र बुझेका छन्। त्यहाँ स्वार्थ छैन, छलकपट छैन, रणनीति छैन, छ त प्रेम, सद्भाव, सहिष्णुता र सहृदयता। नेपाल-भारत राजनीतिक सिमाना छुट्याएको इतिहास धेरै लामो छैन, त्यस कारण सिमा विवाद र सिमानावाट सृजित विवाद पनि धेरै पुराना छैनन्।

वर्तमानको तराईमधेसको राजनीतिक समस्या थोरै प्राकृतिक र धेरै कृतिम छ। प्राकृतिक यसकारण हो कि राज्यको पुनसंरचना हुँदा राज्यका साना ठूला सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जाति  तथा जनजाति समूहले राज्यको निर्णय तहमा सहभागिताको अपेक्षा राख्नु र सहभागिताको ग्यारेन्टि गरिनु। अधिकार प्राप्तिको लोकतान्त्रिक, कानूनी तथा संवैधानिक प्रक्रिया र पद्वतिको सर्वत्र स्वीकार गरिन्छ र तराईमधेसको प्रशंगमा नगरिने भन्ने प्रश्नै उठ्दैन। यसो भनि रहँदा आधा मात्र सत्य हुन्छ त्यो किन भने, आजसम्म मूलधारका राजनैतिक दलहरुले संवैधानिक, संसदीय तथा लोकतान्त्रिक विधि र प्रकृया उलंङघन गरि राजनीतिक सहमतिका आधारमा ठूलाठूला मुद्दा फिर्ता गरिएको, तिनका एजेन्डा सुनुवाइ गरिएको, ठूला अपराध र कानूनको उलङघन गर्दा दन्डित नगरी पुरस्कृत गरिएका नजिरहरु स्थापित भएको निकट भूतका राजनैतिक घटनाक्रमहरूले यिनलाई प्रोत्सहित, उत्तेजित र उक्साहट गर्नु मेरो दृष्टिकोणमा गलत र असान्धर्विक नभए पनि सही र स्वागत योग्य विषय र प्रसंग चाहीँ हुदैहैन।

आजका हुन् या हिजोका, मुलधारका हुन् या परिधिका, लोकतान्त्रिक हुन् या क्षेत्रिय अधिकारका निम्ति गरिएका आन्दोलन नितान्त अपराधिक, घृणायुक्त, प्रतिषोधपूर्ण, हिंसात्तमक घटना तथा संस्थागत भ्रष्टचारलाई प्रोत्साहन गर्ने किसिमका शृङखलावद्ध घटना जनमानसले उम्लाभाचेर भन्न र गन्न सक्ने स्थीति सृजना गरेर कसरि लोकतन्त्रको सम्वर्धन हुन्छ? आरोप प्रत्यारोप गरेर पुगिने कहीँ हैन, कमजोरी यता पनि छन्, उता पनि छन्। समस्या यता पनि छन्, उता पनि छन्। यताको कमजोरी देखाएर उताको र उताको कमजोरी देखाएर यताको मान प्रतिष्ठा र इज्जत वढ्ने हैन, बरू कलंकको टिको दुवैलाई लाग्छ। कमजोरीलाई आग्रह पुर्वाग्रहवाट प्रेरित भएर राजनीतिक चलखेल गरे यताका हुन् या उताका ले दुईचार भोट वढि पाउलान्, सदन र सडकमा अलि गतिलो भिड पनि बनाउलान् तर लोकतन्त्रको आधार कमजोर हुने निश्चित छ।

राजनीतिक आग्रह पुर्वाग्रहबाट प्रेरित भएर, प्रेम गरिनु पर्ने मानिसलाई पटक पटक घृणा गार्न सिकाइयो। एउटै भूगोलमा दशकौंदेखि संगै बसेका जाति, जनजाति, भाषिक तथा धार्मिक समूह बीच सामाजिक सांस्कृतिक अन्तरक्रिया हुन र गर्न रोकियो। बाह्य स्वार्थ हावी हुँदा, हामी जनता संर्किण मानसिकाता लिएर, तिनको योजनामा सफल तल्याउन पटक पटक प्रयोग भैरहेका छौं। हरेक आन्दोलनलाई अधिकारको आन्दोलन र वाध्यताको उपज भनिएको छ। अब कसले अधिकार पाए र कसको बाध्यता हो लेखाजोखा गर्ने उपयुक्त समय हो। निष्पक्ष भएर भन्ने हो भने हरेक राजनीतिक दलहरुको आक्रमणको मुख्य तारो राज्यलाई बनाइयो। कमजोर राज्यवाट कसले प्राप्त गर्ने के हो? राष्ट्र बलियो भएमात्र हाम्रो स्वाभिमान उँचो हुन्छ, अधिकार प्राप्त गर्न सकिन्छ, आत्म सम्मान बढ्छ, समानता स्थापित हुन्छ, विभेद र शोषणको अन्त्य हुन्छ।

सामाजिक-सांस्कृतिक वहुलता नेपालको मात्रै विषेशता हैन, विश्वव्यापी मान्यतालाई स्वीकार गर्न अनिवार्य छ। जब राष्ट्र र राष्ट्रियताको प्रशंग अगाडि आउँछ, राष्ट्रियता कहिलै पहिलो प्रारथमिकता हुन सक्दैँन। गतिशिल नेपाली समाजको खास विशेषता भनेको पनि शताव्दीयौँदेखि मिलिजुलि सहृदयपुर्ण ढंगले एकअर्कामा प्रेम, सद्भाव, सहृदयता, सहिष्णुता, सहनशिलता र आत्मसम्मानका साथ संगै बसेका सम्पूर्ण जाति, जनजाति, भाषिक, सांस्कृतिक तथा भौगोलिक सम्प्रदाय प्रति संक्रिण स्वार्थयुक्त, रणनीतिक, विभाजनकारी, घृणायुक्त, हिंसात्मक र सानो समुह र झुण्डको लाभका लागि आफ्नो स्वाभिमान, आत्मसम्मान, राष्ट्रियता र स्वपहिचान सिन्कीको मोलमा किन वेच्न तयार छ आजको पुस्ता?

हिजोआज तराईमधेसमा राजनीति केन्द्रित गरेका दल, मुलधारका राजनीतिक दलहरुलाई लल्कार्दै छन् र मूलधारका राजनीतिक दलहरु मधेसबादी दलहरुलाई लल्कार्दैछन्। कोहि अलि सहानुभूतिपुर्ण अभिव्यक्ति दिएर भोटवैंक विस्तार गर्न खोज्दैछन्। कोही धर्मलाई, कोही नाकको आकारलाई, कोही आँखाको स्वरुपलाई र वाँकि छालाको रंगलाई राजनीतिक एजेन्डा बनाएर चुनावमा सहभागिता जनाउँदै छन्। कैले नाकचुच्चा, कैले नाकथेप्चा, कैले आँखा चिम्सा, कैले आँखा कोप्चा, कैले कालो छाला र कैले अलि कम कालो छाला भएकाहरुको अधिकारको रक्षार्थ सोझासाझा जनतालाई उक्साएर गरिएका, गरिदै गरिएका तथा भविष्यमा गरिने तथाकथित क्रान्तिका निर्देशक महोदयहरु तथा समय समयका प्रजातान्त्रिक तथा लोकतान्त्रिक गणतन्त्र स्थापनाका ठेकेदर महोदयहरु फगत नियन्त्रित संक्रमणकाल लम्ब्याएर आफ्नो स्वार्थी अभिष्ट पुरागर्न तल्लिन दल तथा गुटका नाइकेहरु जातिय/नश्लिय नरसंहार तथा अराजक गृहयुद्ध र तिनका परिणामहरु प्रती पनि ध्यान पुर्याउनुहोला। नाकको आकार, आँखाको स्वरुप तथा छालाको रंगको समावेसिता मात्रैले विथोलिएको सद्भाव र घृणाको घाउ पुरिदैन सोचाइ, प्रवृत्ति तथा ब्यवहारका प्रतिमानहरु बदलिन अनिवार्य छ।

समाजिक वहुलवादको वास्तविकता वदल्न, उलटफेर गर्न नसक्ने निश्चित भएको वर्तमान परिप्रेक्षमा समस्यको दिगो व्यवस्थापनका लागि एकअर्का समुदाय प्रति प्रेम, सद्भाव, सहिष्णुता, सहनशिलता, सहृदयता र आत्मसम्मान अभिवृद्धी गर्न सम्भव भएसम्मको प्रयत्न गर्न अनिवार्य छ। अलगावको राजनीति ले दुनियाँ कहिलै तार्किक निश्कर्षमा पुगेको छैन। विचार नमिल्नेसंग अलग्गिदै जाने हो भने, कोही वाँकि रहँदैन। विचार र सिद्वान्त नमिलेकै कारण हो राष्ट्र, समाज र परिवार टुक्रने। विधर्मिका सिद्वान्त पनि होलान, विचार र सिद्वान्त नमिले क्रमैसंग छुट्टिदै अलग्गिँदै जाने तर हाम्रो ऐतिहासिक दर्शन त दुनियाँ लाई श्रेष्ठ, सभ्य र विशिष्ट बनाउदै प्रेम, सहिष्णुता, सद्भाव र सहृदयताको एकै शुत्रमा वाध्ने, राख्ने हो अनि किन हामि हाम्रो जरो र किलोको खोजी नगर्ने?

जब जरो र किलोबाट बिमुख भइन्छ तव संसार बिसंगतिपूर्ण देखिन्छ। सिक्न र ग्रहण गर्न लायाकका धेरै कुरा छोडिन्छन् र नसिक्नु पर्ने र ग्रहण गर्नु नपर्ने थुप्रै कुरा ग्रहण गरिन्छन्। टाढा जानै पर्दैन, हाम्रो उत्तर दिशामा रहेको छिमेकी देशमा माओले सांस्कृतिक क्रान्ति भनेर पुराना परम्परा, संस्कृति, आदत एवं विचारलाई ध्वस्त पार्न आदेश दिएका थिए। उनको आदेशानुसार चलेको कथित सांस्कृतिक क्रान्तिलाई कालान्तरमा उनकै पार्टीले अस्वीकार गर्यो। आज सी जिनपिङको नेतृत्वमा चीन सांस्कृतिक पुनर्जागरणको दिशामा अगाडि बढिरहेको छ। हाम्रो दक्षिण दिशामा रहेको छिमेकी देशमा जवाहरलाल नेहरु र उनकी छोरी इन्दिरा गान्धीले समाजवाद र सेकुलरिज्मको नशामा प्राचीन भारतको गौरवलाई अस्वीकार गर्दै साम्प्रदायिकरण, मुस्लिम र क्रिस्चियनको तुष्टीकरण तथा मौलिक सांस्कृतिक बिरासतको ध्वंशलाई मलजल गरेका थिए । उनीहरुले गरेका गल्तीलाई सच्याउन नसकेको उनीहरुको पार्टी अहिले राजनीतिक प्रतिस्पर्धामा ऐतिहासिक हारमाथि हार खाइरहेछ। आज नरेन्द्र मोदीको नेतृत्वमा भारत सांस्कृतिक पुनर्जागरणको दिशामा अगाडि बढिरहेको वास्तविकता हो। हाम्रो राष्ट्रमा अन्यत्रका लागि सृजना गरिएका कम्युनीष्ट-पूंजिबाद (कपू) सिद्वान्तको सृजनात्मक प्रयोग गर्नका लागि विभीन्न नामका राजनीतिक दल क्रियाशील छन् जसको ब्राण्ड यौटै छ, थोरै जिब्रोको स्वाद अलग होला। यहीँ वास्तविकताका कारण नेपाली समाजका ज्यजल्यवान प्रतिमानहरु परिवर्तन गर्न अनिवार्य छ।

विधिको शासन कि सासनको विधि? समाज गम्भीर मोडमा पुगेको छ। संसारमा जुनसुकै समस्याको समाधान भनेको वार्ता नै हो। विश्वयुद्धदेखि गृहयुद्धसम्मको अन्तिम समाधान भनेको वार्ता नै हो। फरक यति हो, वार्ता टाउको फोरेर गर्ने कि टाउको नफोरी, बन्दुक चलाएर वार्ता गर्ने कि नचलाई, त्यो चाहिँ हाम्रो पुस्ताले निर्णय गर्नुपर्छ। आफ्नै दाजुभाइको रगत बगाएर समाधान खोजिनु विवेकयुक्त छैन। अहंकारले पतनको बाटो रोज्छ। त्यो बाटो रोक्नु हाम्रै दायित्व हो। अब पतनको बाटो रोक्न मूलधारको नेतृत्व लिनुपर्छ र सद्भावको बाटो मधेसी नेतृत्व लिनुपर्छ। आन्दोलन र भिडद्वारा लडेरै अधिकार प्राप्त हुने थिती बसे, योग्यबाट हैन योग्यहरु शासित हुने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *