Best Online News From Nepal

प्राधिकरणले घटायो विद्युत्भार कटौती (तालिकासहित)

नेपाल विद्युत् प्राधीकरणले लोडसेडिङ घटाएको छ । नजिकिँदै गरेको प्रवेशिका परीक्षालाई मध्यनजर गर्दै दैनिक एक घण्टा लोडसेडिङ घटाइएको प्रधिकरणले जनाएको छ ।  यसअघि दैनिक १३ घण्टा विद्युत्भार कटौती हुँदै आएकोमा अब दैनिक १२ घण्टा मात्रै हुने भएको हो । प्राधीकरणले आइतबार नयाँ तालिका निकालेको छ । प्राधीकरणका अनुसार, सोमबादेखि नयाँ तालिका लागू हुनेछ ।

यस्तै नदीहरुमा जलस्तर केही बढेको र भारतबाट पनि थप विद्युत आयात भएकाले लोडसेडिङ घटाउन सम्भव भएको प्राधिकरणले उल्लेख गरेको छ । पछिल्लोपटक निजी क्षेत्रलाई दिइएको डेडिकेटेड लाइनहरु काटेपछि बिजुलीको बचत पनि केही बढेको छ ।

new-loadsedingSource: BusinessSansar

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *