Best Online News From Nepal

९ खर्ब बराबरको बजेट १५ गते आउने

गएका वर्षहरु भन्दा बजेट यसवर्ष छिट्टै आउने भएको छ । विभिन्न राजनीतिक उतारचढावले बजेट समयमा नआउने समस्या  नेपालको लागि नयाँ होइन । यस आर्थिक वर्षमा भने अर्लि बजेट आउने लगभग पक्का भएको छ । यहि जेठ १५ गते संसदमा बजेट पेश हुने भएपछि यसपाली बजेट छिट्टै आउने भएको हो । यहि जेठ १५ गते बजेट पेश भए  चालु आर्थिक वर्षभित्रै बजेट पारित  प्रक्रिया शुरु हुने छ  र यसको सकारात्मक प्रभाव प्रत्यक्ष रुपमा  विकाश निर्माणमा देखिने छ । धेरै जसो असार मसान्तमा बजेट पेश हुदां पारित हुने बेलामा दशैतिहारको विदा पर्ने हुदां पारितको प्रक्रिया पुस–माघमा पुग्ने गर्दथ्यो,जसका कारण विनियोजीत बजेट कार्यान्वयनमा  समय पुगेको अवस्था थियो ।
बर्तमान सरकारले अर्लि बजेट ल्याउन लागेका कारण यसवर्ष तोकिएका शीर्षकका बजेट खर्च हुने आशा पलाएको छ । आउने आर्थिक वर्षका  लागि  ९ खर्ब ४० अर्ब रुपैयाँको बजेट सीमा तोकिएको छ । यसमा ५ खर्ब १४ अर्ब रुपैयाँ राजस्व असुली गर्ने अनुमान गरिएको छ । बाँकी आन्तरीक  रिण परिचालन गरिने छ । गएको वर्ष भुकम्प र नाकाबन्दीका कारण सन्तोषजनक रहेको राजस्व असुली यसवर्ष राम्रो हुने अपेक्षा गर्न सकिन्छ । बजेट पेश पछि वर्तमान सरकार परिवर्तन हुने सम्भावना बढिरहेकाले पनि सरकारले लोकप्रिय कार्यक्रमललाई प्राथमिकता दिने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *